News Portal

इलामको पाथीभरा मन्दिरको भेटी हिनामिनाको आशंका, छानबिन गर्न ५ सदस्य समिति गठन

छानबिनमा सहयोगसँगै प्रशासनको निष्पक्षता जाँच गर्छौंः गाउँपालिका अध्यक्ष स्याङ्बो

हिमालीसंचार संवाददाता
४७२ पटक

अविन माबो/इलाम – इलामको रोङ गाउँपालिकामा स्थित पाथीभरा मन्दिरमा धर्मावलम्बीहरुले दान गरेको भेटी हिनामिना भएको भन्दै व्यापक जनगुनासो बढेपछि अनुसन्धानका लागि छानबिन समिति गठन गरिएको छ।

इलामका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। सदस्यमा कोष तथा लेखा नियन्त्रण कार्यालय इलामका देवीचरण भण्डारी, शहरी विकास तथा भवन कार्यालयका तर्फबाट पशुपतिकुमार मण्डल, अडिटर किशोरकुमार ताम्राकार रहेका छन्। एक सदस्य भने रोङ गाउँपालिकाले तोक्ने  छ।

जिल्लाको रोङ गाउँपालिका र सर्वदलीय बैठकबाट नै स्थानीय तहबाट अपारदर्शी हिसाब छानबिन गर्न आग्रह गर्दै जिल्ला प्रशासन कार्यालयलाई पत्र पठाइएको थियो। पत्र आएपछि सत्यतथ्य पत्ता लगाउन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले हिमालीसंचारडटकमसंग बताए। उनले सो समितिलाई सबैले सहयोग गर्नुपर्ने उल्लेख समेत गरे।

उनले ‘सत्यतथ्य बाहिर आउनुपर्‍यो, हामीलाई २५ दिनको म्याद माग्नुभएको छ। ‘जे भए पनि एउटा प्रक्रिया अगाडि बढेको छ, अब काम हुन्छ।’ पाथीभरा मन्दिरमा संरक्षण संस्थाले पाँच वर्षमा हिसाब गोलमाल गरेको भन्दै हिसाबको छानबिन गर्न जिल्ला प्रशासन कार्यालय इलामले छानबिन समिति गठन गरेपछि प्रक्रिया अगाडि बढेको छ। समितिले २५ दिनभित्र प्रतिवेदन तयार पार्ने जनाइएको छ।

संस्था दर्ता ऐन, २०३४ बमोजिम मिति २०५५ साल भदौ २५ गते सो संस्था दर्ता भएको जनाइएको छ। जिल्ला प्रशासन कार्यालय इलामले सूचना जारी गर्दै भनेको छ, ‘कोल्बुङ इलामको अपारदर्शी कार्यपद्धतिउपर नगरिकस्तरमा समेत उठेको गुनासो सम्बोधनका लागि संस्था दर्ता ऐन, २०३४ को दफा १० (१) बमोजिम विस्तृत छानबिन गरी कानूनी अस्तित्व, कार्य सञ्चालनको अवस्था र आय–व्यय (नगद, जिन्सी) को अद्यावधिक विवरणसहितको यथार्थ  प्रतिवेदन पेश गर्न सप्रजिअ ध्रुव कोइरालाको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरी कार्यादेश दिइसकिएको सबैमा जानकारी गराउँदै उक्त समितिलाई सरोकारवाला सबैबाट सूचना, समन्वय तथा सहयोग प्राप्त हुने अपेक्षा गर्दछु, उनले भने।

गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले प्रशासनको यो कदम स्वागतयोग्य भएको बताए। यद्यपि, लगातार दबाब दिएपछि मात्रै प्रशासनले सुनुवाई गरेको उनले थप स्पष्ट गरे। 

उनका अनुसार ‘कम्तिमा हामीले प्रशासनलाई जानकारी गराएलगत्तै यो काम भएको भए त्यत्रो महिनाको गाउँपालिकाको आम्दानी त बढ्ने रहेछ । यही निर्णय अगाडि भएको भए रकम हिनामिना कमी हुने रहेछ। बारम्बार पत्र पठाउँदा बल्ल यो काम भएको छ, कतिको राम्रो छानबिन हुन्छ त्यो हामी पनि राम्ररी नियाल्छौँ,’ उनले गठित समितिलाई सहयोगसँगै उनीहरूको निष्पक्षतासमेत जाँच गर्ने समेत बताए।

प्रतिकृया दिनुहोस्

याम्बालिङ हाइड्रोपावरको आईपीओ प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि खुला

काठमाडौं, चैत ८ – याम्बालिङ हाइड्रोपावर कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका...

परीक्षा स्थगितको विरोधमा वीरगञ्जमा विद्यार्थी आन्दोलित, घण्टाघर क्षेत्रको सडक अवरुद्ध

वीरगञ्ज, ८ चैत – वीरगञ्जको हरिखेतान कलेजमा कक्षा १२ को टर्मिनल परीक्षा अचानक स्थगित गरिएको...

माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलको ३४औँ वार्षिकोत्सव सम्पन्न

मोरङ -मोरङको रङ्गेली नगरपालिका–७ मा अवस्थित माउन्ट मकालु इङ्लिस बोर्डिङ स्कुलले आफ्नो ३४औँ वार्षिकोत्सव तथा...

आज २०८२ साल चैत ८ गतेको राशिफल

आज चैत ८, २०८२ ( मार्च २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...