News Portal

  • भिसा प्रक्रिया जीटुजीमै गर्ने मलेसियाको तयारी, मन्त्री कुलासेगरन नेपाल आउनसक्ने

    हिमाली संचार संवाददाता
    ६०५ पटक

    मलेसिया – नेपालबाट मलेसिया जाने कामदारको भिसा प्रक्रिया सरकारी तवर (जीटुजी)बाटै पुरा गर्ने प्रस्ताव मलेसियाको मन्त्रिपरिषदमा पुगेको छ । मलेसियाली मानव संशाधनमन्त्री एम कुलासेगरनले जीटुजीमा आधारित भिसा प्रक्रिया अपनाउने स्वीकृतिका लागि मन्त्रिपरिषदको निर्णय कुरिहरेको बताएका छन् ।

    मलेसिया सरकारले विभिन्न बिचौलिया संयन्त्र खडा गरेर भिसा प्रक्रियाबाट नेपाली कामदार ठगिरहेको थियो । यसको लाभ विभिन्न निजी कम्पनीका दलालहरुले मात्रै लिइरहेका थिए । जसका विरूद्ध नेपालले कारबाही चलाइरहेको छ । नेपाल सरकारले कामदारलाई ठगी हुने भिसा प्रक्रिया बन्द नगरेसम्म नेपाली कामदार नपठाउने निर्णय लिएपछि मलेसियाले बिचौलिया संयन्त्र हटाउन प्रक्रिया थालेको हो ।

    मलेसियन सरकारी सञ्चारमाध्यम बेर्नामाले नेपाली कामदार रोकिएपछि उत्पन्न समस्या समाधानका लागि मलेसियाली मानव संशाधनमन्त्रीले नै नेपाल भ्रमण गर्न सक्ने बताएको छ । मलेसिया सरकारले तत्काल कामदार नपठाउने निर्णय पुनरावलोकन गर्न नेपाललाई आग्रह पनि गरेको छ ।

    मानव संशाधनमन्त्री कुलासेगरनले नेपाली कामदारलाई सहज रुपमा मलेसिया आउने वातावरण बनाउन आग्रह गरेका हुन् । ‘नेपाली कामदारहरु आउने वैकल्पिक संयन्त्र बनाउँछौं । नभए यहाँ कमदारको अभाव हुनेछ’ उनले भनेका छन् ।

    एकपक्षीय रुपमा अवैध संयन्त्रहरु कडा गरेर अतिरिक्त रकम लिएको भन्दै मलेसियामा कामदार पठाउन रोकेको छ । भीएलएन, जीएससी, वान स्टप सेन्टर लगायतका नाममा नेपाली कामदारमाथि झण्डै १९ हजार अतिरिक्त शुल्क लिइन्छ ।

    सरकारले यसलाई अबैध मानेको छ र यो कायम रहेसम्म मलेसियामा कामदार नपठाउने बताएको छ ।  मलेसिया सरकारले भने यो अघिल्लो सरकारको निर्णय भएको र यसबारे अध्ययन भइरहेको बताएका छन् ।

    मानव संशाधनमन्त्री कुलासेगरनले यसबारे मन्त्रिपरिषद्मा छलफल भएको बताए । उनले भने, ‘यसबारे तत्काल एक्सनमा जान आगामी साता कागजातहरु बनाउँछु ।’ तर, आफूले यो सन्देश पठाउँदा पनि नेपालले कामदार आउन रोकेकोमा असन्तुष्टी जनाए ।  नेपालले कामदार नपठाउँदा मलेसियाली कम्पनीहरुमा सुरक्षा गार्डको अभाव भएको छ ।

    नेपाली कामदारहरु बहादुर र इमान्दार हुने र धेरै कम्पनीहरुले उनीहरुलाई राख्न चाहने उनले बताए । ‘हामी आश गर्छौ कि नेपालले यस मामिलामा सजिलो बनाउनेछ र आफ्नो निर्णय पुनर्विचार गर्नेछ’ मन्त्री कुलासेगरनले बताएका छन् ।

    प्रतिकृया दिनुहोस्

    आज बैशाख-१७ गते सोमबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १७ गते सोमबार इश्वी सन २०२४ अप्रिल २९...

    इलाम-२ उपनिर्वाचन ताजा मतगणनाको मतपरिणाम सार्वजनिक एमालेले लियो अग्रता

    बैशाख -१६, आइतबार/इलाम – इलाम-२ मा भएको उपनिर्वाचन अन्तर्गत फाकफोकथुम गाउँपालिकाको वडा नं. १, २,...

    मटिहानीका अग्नि पीडितहरुलाई सशस्त्र प्रहरी परिवार महिला संघद्वारा सहयोग

    बैशाख-१५, आइतबार/मोरङ – महोत्तरी जिल्ला मटिहानी नगरपालिका वडा नं ६, जलहरवामा ६ गते भएको आगलागीबाट...

    नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

    काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको...

    आज बैशाख-१६ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख १६ गते आइतबार इश्वी सन २०२४ अप्रिल २८...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal