News Portal

नियमित मर्निङ वाकले मोटोपना, हृदयरोग जस्ता रोगबाट बचाउँछ

हिमालीसंचार संवाददाता
१२५४ पटक

काठमाडौं। बिहानको ताजा हावामा हिँड्नु भएको छ ? बिहानै उठ्न सबैलाई कष्टकर लाग्छ तर बिहानको चिसो र ताजा हावामा हिँड्दा तपाईंले स्वास्थ्यसम्बन्धी विभिन्न फाइदा पाउनुका साथै गम्भीर रोगबाट बच्न सक्नुहुन्छ।

नियमित मर्निङ वाकले तपाईंलाई मोटोपना, हृदयरोग, पेटको रोग आदि विभिन्न समस्याबाट टाढा राख्छ।

यस्ता छन् बिहान हिँड्नुका १० फाइदा :-

१) हिँड्नु आफैंमा लाभकारी : मानिसहरु स्वस्थ र फिट रहनका लागि विभिन्न तरिका अपनाउँछन्। जस्तै- व्यायाम गर्नु, जिम जानु वा योगा गर्नु। तर मेडिकल साइन्सले शरीरलाई स्वस्थ र फिट राख्नका लागि बिहान र बेलुका हिँड्नु निकै लाभकारी मान्दछ।

२) मधुमेहबाट बचाउँछ : मधुमेह रोगीले नियमित रुपमा हिँड्दा रोगलाई नियन्त्रणमा राख्न सकिन्छ। नियमित रुपमा बिहान हिँड्ने मधुमेह रोगीले आफ्नो रगतमा चिनीको मात्रा कम पाउँछन्। यस्ता बिरामीका लागि इन्सुलिनको साटो मर्निङ वाक राम्रो विकल्प हुन्छ।

३) स्वस्थ हृदय : चढ्दो उमेरमा हरेक दिन कम्तीमा तीन चार किलोमिटर हिँडे मांसपेशीका लागि राम्रो व्यायाम हुन्छ। यस्ता मानिसलाई हृदयघातको खतरा पनि कम हुन्छ। छिटोछिटो हिँड्दा मुटुको धड्कन पनि तीब्र हुन्छ जसले शरिरमा गर्मी पैदा गर्दछ। यो क्रममा शरिरमा अक्सिजनको निकै राम्रो असर हुन्छ जसले तपाईंलाई सधैं चुस्त दुरुस्त राख्न सहयोग गर्दछ।

४) तौल कम गर्छ : तौल घटाउनका लागि दैनिक बिहान छिटोछिटो हिँड्नु निकै फाइदाजनक हुन्छ। आधा घण्टामा तय गरिएको दुरीमा १ सय ५० क्यालोरी ऊर्जा खर्च हुन्छ। यसरी शरिरको तौललाइ नियन्त्रणमा राख्न सकिन्छ।

५) तनाव कम गर्छ : हिँड्दा तपाईंको शरिरको व्यायाम मात्र होइन यसले तपाईंको मुडलाई पनि राम्रो बनाउँछ किनभने यतिबेला स्ट्रेस कम हुन्छ र आन्तरिक शक्तिमा बढोत्तरी हुन्छ। सुरुवातमा मर्निङ वाकले तपाईंलाई थकान महसुस गराउला तर बिस्तारै यसको बानी पर्छ।

६) अर्थराइटिसबाट बचाउँछ : शरिरको जोर्नीलाई बलियो र फिट राख्न नियमित रुपमा हिँड्नु एक अचुक उपाय हो। अर्थराइटिस र हड्डी भाँच्चिएको अवस्थामा मर्निङ वाकले निकै राहत पुर्याउने गर्दछ। महिनावारी सुकिसकेको महिलाले यदि नियमित रुपमा दुई–तीन किलोमिटर हिँडे उनको शरिरको हड्डीको घनत्वमा वृद्धि हुन्छ।

७) लामो उमेरको राज : हरेक दिन तीब्र रुपमा हिँड्दा तपाईंको उमेर बढ्छ। एक नायाँ शोधका अनुसार ७५ मिनेटसम्म तीब्र गतिमा हिँडे तपाईंको उमेर १.८ वर्ष बढ्ने गर्दछ।

८) स्तन क्यान्सरबाट जोगाउँछ : एक नयाँ अनुसन्धान अनुसार महिनावारी सुकिसकेपछि प्रतिदिन एक घण्टा टहल्दा महिलामा स्तन क्यान्सरको आशंका निकै कम हुन्छ। ‘दि अमेरिकन क्यान्सर सोसाइटि’ को समूहका अनुसार यदि महिलाले मर्निङ वकलाई आफ्नो दिनचर्यामा नियमित समावेश गर्छन् भने क्यान्सरको खतराबाट बच्न सकिन्छ।

९) मानिसक स्वास्थ्य : जो मानिस हरेक दिन मर्निङ वाक गर्छन् उनीहरुको स्मरणशक्ति अन्य मानिसको तुलनामा उत्कृष्ट हुन्छ। यसले ध्यान केन्द्रित गर्ने क्षमतालाई पनि बृद्धि गर्छ। प्रकृतिको नजिक हिँड्दा तपाईंको तन–मन रिल्याक्स हुन्छ र सोच्ने क्षमता सजिलै बढ्ने गर्छ। नकारात्मक सोच राख्ने व्यक्तिहरुका लागि मर्निङ वक एक वरदान सरह हो।

१०) कोलेस्ट्रोल कम गर्छ : शरिरमा कोलेस्ट्रोलको स्तर बढ्दा हृदय रोग, रक्तचापको खतरा बढ्छ तर यदि तपाईं दैनिक आधा घण्टा हिँड्नुहन्छ भने शरिरमा गुड कोलेस्ट्रोलको स्तर बढ्छ जुन शरिरका लागि आवश्यक र फाइदाजनक छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १२ गतेको राशिफल

आज फागुन १२, २०८२ ( फेब्रुअरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

झापा–५ मा बालेनको प्रतिबद्धता पत्र सार्वजनिक, दमक भ्यूटावर सञ्चालन पहिलो प्राथमिकतामा

काठमाडौं, ११ फागुन – झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बालेन्द्र...

धादिङ बस दुर्घटनामा १८ को मृत्यु, २३ घाइते काठमाडौंमा उपचाररत

काठमाडौं, ११ फागुन – धादिङको बेनिघाट रोराङ गाउँपालिका–५ भैंसेगौडा क्षेत्रमा आइतबार राति भएको बस दुर्घटनामा...

आज २०८२ साल फागुन ११ गतेको राशिफल

आज फागुन ११, २०८२ ( फेब्रुअरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

धादिङमा बस दुर्घटना: १७ जनाको मृत्यु, २४ घाइते

काठमाडौं – धादिङ जिल्लामा सोमबार बिहान भएको बस दुर्घटनामा १७ जनाको मृत्यु भएको छ भने २४...