आज : २०२६-०६-१०, बुधबार

कूवेतमा संखुवासभा समाज कुबेत गठन,अध्यक्ष विजय लामा

कुबेत -“अनेकतामा एकता संखुवासभा जिल्लाको पहिचान नै हाम्रो सान” भन्ने सुन्दर नारालाई आत्मसात गर्दै,रोजगारीको शिलशिलामा प्रबासी भूमी कुवेतमा रहेर पनि आफु जन्मेको संखुवासभा जिल्लालाई सामाजिक बिकासमा केही टेवा पुर्‍याउने र प्रबासी संखुवासभाली हरुको हर सुख दु:खमा सक्दो साथ दिने र कुवेतको नेपाली समाजमा प्रत्यक्ष या परोक्ष रुपमा सहकार्य गर्ने उद्देश्यका साथ आज अप्रिल २६ तारिक शुक्र्बार २०२४ को दिन कुबेतको साल्मिया स्थित डम्पा रेष्टुरेन्टमा कुवेतवासी संखुसभालीहरुको एक औपचारिक भेलाद्वारा (विजय लामा)अध्यक्षत्मा (१३ सदस्यीय) कार्यकारिणी समिति गठन गरेको छ।

संखुवासभा समाज कुबेतको कार्यकारिणी समिति

अध्यक्ष – बिजय कुमार तमाङ

उपाध्यक्ष – सरोज तमाङ

महिला उपाध्यक्ष – रोसिका गुरुङ

सचिव – बिमल श्रेष्ठ

सहसचिव – दिल कुमार तमाङ

कोषाध्यक्ष – पूजा तमाङ

सह-कोषाध्यक्ष – शंकर घिमिरे

सदस्य – प्रेम जिमी

सदस्य – सन्जय लिम्बु

सदस्य – लाल ब तमाङ

सदस्य – बिस्नु तमाङ

सदस्य – जीवन कुमार लिम्बु

सदस्य – सुरेश गुरुङ

समाजले कुवेतमा रहेका अन्य नेपाली सँघ-संस्थाहरु र नेपाली राजदूतावास सँग समन्वय गरि अघि बढ्ने र अब चाडै नै अधिवेशन गर्ने संखुवा समाज कुवेतको योजना रहेको अध्यक्ष लामाले जानकारी दिए।