News Portal

अन्तर्राष्टिय उडानलाई अब लुम्बिनी र पोखरामा केन्द्रित गर्न प्रयास

७०८ पटक

रविन्द्र घिमिरे
काठमाडौं : सरकारले अब विभिन्न मुलुकसँग हुने हवाई सम्झौता र त्यसको नवीकरणमा गौतमबुद्ध अन्तर्राष्ट्रिय एयरपोर्टलाई प्राथमितामा राख्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ‘स्याचुरेसन’को विन्दुमा पुगेकाले नयाँ एयरलाइन्सहरुलाई उडान अनुमति दिन समस्या छ । थप उडान अनुमति दिन पनि निकै कठीन छ ।

सरकारले विभिन्न देशसँग हवाई सम्झौता र सम्झौताहरुको नवीकरण गर्दा लुम्बिनी र पोखरामा बन्ने अन्तर्राष्ट्रिय एयरपोर्ट अन्तर्राष्ट्रिय उडानहरु गराउने विषयमा बढी केन्द्रीत हुने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सहसचिव सुरेश आचार्यले अनलाइनखबरसँग बताए ।

उनले बौद्ध धर्माबलम्बी बाहुल्य देशबाट हुने अन्तर्राष्ट्रिय उडानलाई लुम्बिनीबाट बढी केन्दि्रत गरिने बताए । अन्तर्राष्ट्रिय जगत लुम्बिनीसँगको सीधा एयर कनेक्टिभिटीमा जोडिँदा बौद्ध धर्माबलम्बी र बुद्धमा आस्था राख्ने समुदायलाई सहज हुने उनको भनाइ छ ।

सहसचिव आचार्यले अब गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि अन्तर्राष्ट्रिय उडान भराउने योजनामा गृहकार्य सुरु भएको भन्दै पहिलो चरणमा थाइल्याण्डसँगको वार्ताबाट यसको पहलकदमी अघि बढ्ने बताए । यसका लागि सरकारले रणनीतिक योजना बनाउने भन्दै मन्त्रालयले अब लुम्बिनीको विमानस्थल सञ्चालनलाई प्राथमितामा राख्ने बताए ।

एक हप्तापछि नेपाल र थाइल्यान्डबीचको द्विपक्षीय हवाई सम्झौता पुनरावलोकन हुँदैछ । १९७१ मा भएको हवाई सम्झौतालाई अब समायानुकल बनाउने गरी वार्ता हुँदैछ । नोभेम्बर १ र २ मा दुई देशमा उड्डयन अधिकारी वार्तामा बस्दैछन् । यसका लागि नेपाली टोली थाइल्याण्ड जानेछ ।

अहिले थाइल्याण्डसम्म १० वटासम्म मात्रै सीधा उडान गर्न मिल्छ । अब यसलाई बढाएर ३ दर्जन बढीसम्म बनाउन प्रस्ताव गर्ने नेपालको तयारी छ ।विशेष गरी सीधा लुम्बिनी आउने पर्याटकलाई लक्षित गरेर उडान थप्न प्रस्ताव गर्ने योजना बनेको छ ।थाइल्याण्ड बुद्धिष्ट बाहुल्य मुलुक हो ।

हाल थाइल्यान्डका थाइ एयरवेज र थाइलायन एयरले नेपालमा उडान गर्दैछन् भने नेपालबाट नेपाल एयरलाइन्सले थाइल्याण्डमा उडान भर्छ । आचार्यले अब गौतमबुद्ध अन्तार्रष्ट्रिय एयरपोर्टमा बढी भन्दा बढी अन्तर्राष्ट्रिय उडान गराउने योजनाअनुसार नै वार्ता हुने बताउँछन् ।

सन् २०१९ को जुनभित्र निर्माण कार्य पूरा गर्नुपर्ने गरी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भइरहेको छ । अहिले विमान पार्किङस्थल कालोपत्रे सकेर टर्मिनल हाउस बनाउने काम भइरहेको छ ।आयोजनाको ५५ प्रतिशतभन्दा बढी काम सकिएकाले अब उपकरण जडानको कामले तीव्रता लिएपछि धेरै काम सकिन समय नलाग्ने विश्वास गरिएको छ ।

धावनमार्गको निर्माणको काम पनि हुँदैछ । टर्मिनल भवनका विभिन्न भागको निर्माण पनि भइरहेको छ । त्यसैले अब यो विमानस्थलमा अन्तार्रष्ट्रिय हवाई सेवा कम्पनीलाई भित्र्याउने योजनामा सरकार लागेको छ ।

सहसचिव आचार्यले हवाई सम्झौताका लागि अष्ट्रेलियासँग पनि छलफल अघि बढेको बताए । उनले नेपाल एयरलाइन्सको वाइडबडीलाई अष्ट्रेलियासम्म उडाउनका लागि हवाई सम्झौताका लागि पहल भइरहेको बताए ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...