News Portal

ओलीको आरोप: ‘भदौ २४ का अराजक लाभग्राहीले नै राज्यसत्ता समाते’

१४४ पटक

काठमाडौं, मंसिर ४ – प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा पेश गरिएको लिखित जवाफमार्फत एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारमाथि गम्भीर आरोप लगाएका छन्। उनका अनुसार भदौ २४ मा देशभर देखिएको अराजक अवस्था सृजना गर्ने समूह नै आज राज्यसत्तामा पुगेको छ।

ओलीले प्रधानमन्त्री सुशिला कार्की र उनका मन्त्रिपरिषद् सदस्यहरूलाई नामै किटेर, अराजकता फैलाएर सत्ता कब्जा गर्ने काम भएको दाबी गरेका छन्। उनका शब्दमा, त्यतिबेलादेखिको घटनाक्रमले यो आरोपलाई स्पष्ट रूपमा देखाएको छ।

जवाफमा उनले अराजक वातावरणबाट लाभ उठाउने शक्तिहरू नै त्यसका वास्तविक सृजक रहेको उल्लेख गरे। संविधानको धारा ५ को हवाला दिँदै उनले राष्ट्रिय हितविपरीत रूपमा सरकार कब्जा गर्न खोजिएको आरोप लगाए।

उनले सरकार परिवर्तनको आधार केवल आवधिक चुनाव भएको जिकिर गर्दै, जनमतविहीन शक्तिले सरकार सञ्चालन गर्नु संविधानविपरीत रहेको टिप्पणी गरे।

प्रतिकृया दिनुहोस्

ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिन्डर बोकेर वितरण केन्द्रमा लाम

काठमाडौं, माघ २० – राजधानी काठमाडौंसहित विभिन्न क्षेत्रमा खाना पकाउने एलपी ग्यासको अभाव देखिन थालेपछि...

प्रदेश संरचनामाथि फैलाइएको भ्रम तोड्दै बालेन, ‘समस्या तलब होइन, भ्रष्टाचार हो’

काठमाडौं, २० माघ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले प्रदेश संरचनालाई...

श्रीमतीको हत्या पछि श्रीमानद्वारा आत्महत्या

मोरङ, – मोरङको रंगेली नगरपालिका–५ स्थित धनपट्टीमा एक दम्पतीको मृत्यु भएको छ। घरेलु विवादका क्रममा...

आज २०८२ साल माघ २० गतेको राशिफल

आज माघ २०, २०८२ ( फेब्रुअरी ३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

नेताहरूको नाम दुरुपयोग गर्दै रकम उठाउने अमेरिकी नागरिक पक्राउ

काठमाडौं, १९ माघ – नेपाली नेताहरूको नाम प्रयोग गरी अन्तर्राष्ट्रिय ‘फण्ड’ उठाउने प्रयासमा एक अमेरिकी नागरिक...