News Portal

रवि–छविको मुद्दा फेरि रोकियो, उच्च अदालत बुटवलमा सुनुवाइ स्थगित

२१० पटक

रुपन्देही, मंसिर ४ – रास्वपा सभापति रवि लामिछाने र छविलाल जोशीसम्बन्धी सुप्रिम सहकारी ठगी मुद्दामा आज उच्च अदालत बुटवलमा तोकिएको सुनुवाइ स्थगित भएको छ। उनका कानुन व्यवसायीले माग गरेपछि तीन नम्बर संयुक्त इजलासमा चढेको पेसी अघि नबढेको अदालतले जनाएको छ।

दुबैलाई सामूहिक ठगी र संगठित अपराध मुद्दामा थुनामा राखिएको छ। बुटवल अदालतमा आज सुनुवाइ तय भए पनि लामिछानेको अर्को मुद्दा पाटन उच्च अदालतमै परेको कारण बहस सार्नुपर्ने माग आएपछि कार्यसूची रोकिन बाध्य भएको अदालतका उपरजिष्टार यज्ञमूर्ति ज्ञवालीले बताए।

यसअघि कात्तिक २७ गते संयुक्त इजलासले सुप्रिम सहकारी प्रकरणसँग सम्बन्धित मूल मिसिल सर्वोच्च अदालतबाट झिकाउन आदेश दिएको थियो। मिसिल समयमै नआएकाले मुद्दा पटक–पटक सारिँदै आएको छ। जिल्ला अदालतबाट प्रतिलिपि आएपछि आजको पेसी राखिएको भए पनि बहस अगाडि बढ्न सकेन।

अदालतले यसअघि नै रवि र जोशीको मुद्दा एउटै प्रकृतिको भएकाले एकैसाथ चल्ने व्यवस्था मिलाएको छ। रविले बिगो बुझाएर थुनामैबाट मुद्दा लड्न पाउने व्यवस्था माग गर्दै निवेदन दर्ता गराएका छन्। सोही क्रममा अदालतले जोशीको फाइल समेत पेश गर्न निर्देशन दिएको थियो।

सहकारी ठगी प्रकरणमा १० करोड ९९ लाख रुपैयाँभन्दा बढीको सामूहिक बिगो तोकिएको छ। चार भागमा विभाजन गरिएको बिगोमध्ये रवि र जोशी दुवैले झण्डै २ करोड ७५ लाख रुपैयाँ बराबरको जमानत रकम पेस गरिसके पनि व्यक्तिगत बिगो टुंगिन बाँकी रहेकाले दुवैलाई रिहा नगरिएको अदालतले जनाएको छ।

हाल लामिछाने नख्खु कारागारमा छन् भने जोशी भैरहवा कारागारमै रहेका छन्।

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...