News Portal

  • राति सुत्नुअघि नियमित ल्वाङ खानुका यस्ता छन् अचुक फाईदाहरु

    हिमालीसंचार संवाददाता
    १०९४ पटक

    काठमाडौ। आयुर्वेदिक औषधि एवं उपायले एन्टिफंगल, जीवाणुरोधी, एन्टिसेप्टिक, एवं एनाल्जेसिकका रूपमा काम गर्दछ। यिनैमध्ये एक हो ल्वाङ, जुन फ्याटी एसिड, फाइबर, भिटामिन, ओमेगा–३ एवं खनिजको राम्रो स्रोत हो। यसले हाम्रो शरीरको प्रतिरक्षा प्रणालीलाई बढाउने काम गर्छ।

    दैनिक खानपानमा मसलाको रूपमा प्रयोग गरिने ल्वाङलाई आयुर्वेदमा औषधिको रूपमा महत्व दिइन्छ। राति सुत्नुअघि नियमित ल्वाङ सेवन गर्दा १० दिनभित्रै यसको फाइदा महसुस गर्न सकिन्छ। सुत्ने बेलामा ल्वाङ खाँदा शरीरमा आश्चर्यजनक फाइदा देखा पर्छ।

    थुप्रै प्राकृतिक औषधि ल्वाङबाट बनाइन्छन्। यसको तेल निकालेपछि पसलेहरू यसलाई बेच्नका लागि बजारमा ल्याउँछन्। जब कि तेलबिनाको ल्वाङ कामलाग्दो हुँदैन।

    तपाईंले ल्वाङमा चाउरी परेको वा चिरा परेकोजस्तो पाउनुभयो, पुष्ट पाउनुभएन भने सम्झनुस् कि त्यसबाट तेल निकालिएको छ। त्यसलाई किनेर काम छैन किनभने त्यस्ले कुनै काम गर्दैन। ल्वाङको सबैभन्दा महत्वपूर्ण कुरा नै यसको तेल हो । तसर्थ तेलयुक्त ल्वाङबाट मात्रै इच्छित स्वास्थ्यलाभ लिन सकिन्छ।

    दाँत दुखाइमा आराम:
    तपाईंको दाँत दुखेको खण्डमा ५ ग्राम कागतीको रसमा ३ वटा ल्वाङ पिसेर जहाँनेर दुखेको छ ठीक त्यहीँ लगाउनुहोस्। तुरुन्तै आराम मिल्छ। अथवा बजारबाट ल्वाङको तेल ल्याएर कपास भिजाएर दुखेको ठाउँमा लगाउँदा पनि राहत हुन्छ। यति पनि नभए ल्वाङलाई नै दुखेको ठाउँमै पारेर च्यापिराख्दा पनि केही बेरमा आराम हुनथाल्छ। ल्वाङले दाँतका सबैखाले संक्रमण हटाउँछ।

    घाउको उपचार:
    ल्वाङ निकै कडा रसयुक्त हुन्छ। कुनै पनि प्रकारको घाउ छ भने जैतुनको तेलमा थोरै ल्वाङको तेल मिसाएर घाउमा लगाउँदा घाउ छिटै निको हुन्छ। काटेको वा अन्य चोटपटक लागेको अवस्थामा ल्वाङलाई पिसेर त्यसमा बेसार मिसाई लगाउँदा चोट चाँडै निको हुन्छ। त्यो पाक्ने सम्भावना रहँदैन।

    घाँटीको खसखस:
    मौसमी परिवर्तन वा बाहिरी खानपानका कारण घाँटी बस्ने, खसखस हुनेजस्ता समस्या देखापरे १–२ घण्टाको अन्तरालमा एउटा ल्वाङ चपाउने वा त्यसलाई जिब्रोमा राखिराख्नाले घाँटी खसखस हुने वा दुख्ने समस्या हट्छ।

    पेट सफा राख्न:
    दिनमा २–४ वटा ल्वाङ चपाएर खानाले पूरै दिन ताजापन महसुस हुनाका साथै पेट पनि सफा रहन्छ। नियमित ल्वाङको सेवनले हरेक दिन पेट खलास हुन्छ।

    इम्युन सिस्टम वृद्धि:
    ल्वाङमा इम्युन बुस्टर हुन्छ जसले शरीरको रोग प्रतिरोधक क्षमता बढाउन सहयोग गर्छ। ल्वाङको नियमित सेवनले कमजोरी हट्छ।

    हातगोडा काम्दैन:
    कतिपयमा हातगोडा काम्ने समस्या हुन्छ। यस्तो समस्या छ भने हरेक रात सुत्नुअघि १–२ वटा ल्वाङ चपाएर खानुपर्छ। केही दिनपछि हातगोडा काम्ने समस्या निर्मूल हुन्छ।

    अन्य समस्यामा:
    टाउको दुखेको छ घरमा अन्य औषधि छैन, भनेपछि के गर्ने ? यस्तोमा २–३ वटा ल्वाङ पिसेर मनतातो पानीसँग स्वाट्ट पिइदिनुपर्छ। केही बेरपछि नै राहत महसुस हुन्छ। कतिपय मानिसको आँखाको सेतो भागमा समस्या हुन्छ जसका कारण उनीहरूको दृष्टि कमजोर हुन्छ।

    यस्तो अवस्थामा तामाको भाँडामा ल्वाङ पिसेर त्यसमा थोरै मह मिसाई खानुपर्छ। फाइदा गर्छ। यति धेरै गुण भएर पनि ल्वाङको बढी सेवन हानिकारक हुन्छ। यसको प्रकृति गर्मी खालको हुन्छ। तसर्थ यसको सेवन गर्नुअघि आयुर्वेदिक विशेषज्ञसँग परामर्श लिनु राम्रो हुन्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज २७ गतेको राशिफल

    आज असोज २७, २०८२ (अक्टोबर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    कुवेतमा घरेलु कामदारको नाममा फस्टाउँदै मानव बेचबिखन, नेपाली दुतावास मौन !

    हिमालीसंचार कुवेत। नेपालमा पर्याप्त रोजगारी नपाएपछि वैदेशिक रोजगारमा जान बाध्य हुन्छन्। वैदेशिक रोजगारमा अहिले पछिल्लो...

    टीओबीको टिसर्टमा देखिएका पेस्तोलधारी प्रहरीमा उपस्थित, सुटिङको दृश्य भएको दाबी

    काठमाडौ, असोज २६ — सामाजिक सञ्जालमा टीओबी लेखिएको टिसर्ट लगाएर पेस्तोल बोकेको भिडियो सार्वजनिक भएपछि...

    जेन–जी आन्दोलनमा टीओबी सदस्यले पेस्तोल बोकेको दाबी, प्रहरीको अनुसन्धान सुरु

    काठमाडौं, असोज २६ – राजधानीमा जारी जेन–जी आन्दोलनका क्रममा टीओबी समूहका एक सदस्यले पेस्तोल बोकेको...

    ६ घण्टादेखि एमाले सचिवालय बैठक गुण्डुमा जारी

    काठमाडौं, असोज २६ – नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक आइतबार बिहानदेखि भक्तपुरको गुण्डुस्थित अध्यक्ष...