News Portal

धरानमा उत्पादन भयो वायु उर्जा, मेयर साम्पाङद्वारा उत्धाटन (भिडियो सहित)

मेयर साम्पाङको भिजनमा २ सय वार्टको वायु उर्जा उत्पादन शुरु

हिमालीसंचार संवाददाता
३७३ पटक

धरान – धरान उपमहानगरपालिका धरान-२० स्थित माछामारा वडाकार्यालय परिसरमा २ सय वार्डको वायु उर्जा उत्पादन गरी उद्धाटन गरिएको छ।

धरान-२० स्थित माछामारा वडाकार्यालय परिसरमा इन्जिनियर तर्कबहादुर मगरको नेतृत्वमा तयार गरिएको २ सय वार्डको करिब ९ मिटर अग्लो फलामको खम्बामा उत्पादित वायु उर्जा मेयर साम्पाङले उद्धाटन गरेका हुन्। विराटनगरमा तयार गरिएको वायु उर्जाको सेट सामाजिक अभियन्ता तथा इन्जिनियर मगरको नेतृत्वले करिब १६ दिनको लगाएर (नमूना) प्रोटोटाइपको वायु उर्जा २ जनाले तयार गरेको इन्जिनियर मगरले बताए। 

प्रोजेक्टका लागि करिव ७ लाखको बजेट रहेको वायु उर्जा ३ लाख ५५ हजारमा सम्पन्न भएको हो। इन्जिनियर मगरका अनुसार “यो टर्वाइन वेदर प्रुभ भएकाले वायुसंगै अटो धुमी रहन्छ। हावाको गति अधिक्तम भएमा अटो लक भएर मेसिन रोकिन्छ। वायु उर्जाबाट अत्याधिक उर्जा उत्पादन भएमा ठुलो पावरको बल्भले खपत गरेर उर्जा शक्ति नियन्त्रण गर्ने हुन्छ। 

प्रोजेक्ट संयोजक तथा इन्जिनियर मगरका अनुसार सार्वजनिक स्थल चौतारा, वडाकार्यालयको अगाडी, खानेपानी कार्यालय र स्वास्थ्यचौकी प्रसुतिगृहका विभिन्न अत्यआवश्यक स्थानहरुमा वायु उर्जाबाट उत्पादित विजुली जडान गरिएको समेत जानकारी दिए। 

आयोजित उद्धाटन कार्याक्रममा मेयर साम्पाङले (परिक्षण) नमूनाको रुपमा उत्पादन गरिएको उर्जा निकट भविष्यमा धरानको सबैभन्दा अग्लो कन्यटार डाडामा उर्जा उत्पादन गरेर आत्मनिर्भर हुने धारणा व्यक्त गरे। त्यस्तै, वडाध्यक्ष पदम लिम्बुले वडाकार्यालयसंगै रहेको स्वास्थ्यचौकीमा विजुली अभाव टरेको भन्दै खुशी व्यक्त गरे। वडाध्यक्ष लिम्बुले वायु उर्जामा थप समस्य आएमा मेयर साम्पाङसंग आवश्याक सल्लाह गरेर संरक्षण गर्ने र वडाले विशेष ध्यान दिने समेत बताए। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १६ गतेको राशिफल

आज चैत १६, २०८२ ( मार्च ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...