आज : २०२६-१०-०१, बिहीबार

रंगेलीमा वडा संगठन विस्तार तीव्र, संयोजक तोकिए

मोरङ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लक्षित गर्दै रंगेली नगरपालिकामा देउवा समूहले संगठन विस्तार तथा वडा अधिवेशनको तयारीलाई तीव्रता दिएको छ।

समूहले विभिन्न वडामा वडा संयोजक तोक्दै टोल–टोलमा संगठन निर्माण, कार्यकर्ता परिचालन तथा अधिवेशनको तयारी अघि बढाएको हो। वडा अधिवेशनलाई व्यवस्थित बनाउन हालसम्म विभिन्न वडामा संयोजक तोकिएको रंगेली निर्वाचन क्षेत्रका संयोजक नरेश कुमार साहले जानकारी दिए।

साहका अनुसार वडा नं. २ मा मोहन कुमार श्रेष्ठ, वडा नं. ३ मा राजन शिवाकोटी, वडा नं. ५ मा विनोद कुमार मण्डल केवट, वडा नं. ६ मा मुकेश कुमार मण्डल (डायमण्ड), वडा नं. ७ मा मचिन्द्रबहादुर कटुवाल र वडा नं. ९ मा राजेन्द्र खड्कालाई वडा संयोजकको जिम्मेवारी दिइएको छ।

तोकिएका संयोजकहरूलाई आ–आफ्नो वडाका टोल तथा बस्तीमा पुगेर कांग्रेसको संगठनात्मक अवस्था बुझ्ने, कार्यकर्तासँग समन्वय गर्ने तथा संगठन विस्तारलाई प्राथमिकता दिन निर्देशन दिइएको बताइएको छ।

आगामी वडा अधिवेशनलाई लक्षित गर्दै कांग्रेसभित्र विभिन्न समूहले आ–आफ्नो संगठनात्मक गतिविधि बढाइरहेका बेला देउवा समूहले पनि रंगेलीमा वडा तहबाटै संगठन परिचालनलाई तीव्रता दिएको हो।

संगठन विस्तारलाई प्रभावकारी बनाउँदै वडा तहसम्म कार्यकर्ता परिचालन र समन्वय बढाउने उद्देश्यले संयोजकहरूलाई जिम्मेवारी दिइएको साहले बताए।