News Portal

प्रिमियर लिग चेल्सी म्यान्चेष्टरसँग बराबरीमा

हिमाली संचार संवाददाता
६१६ पटक

लण्डन – आज भएको प्रिमियर लिगमा अंक तालिकामा दोस्रो स्थानमा रहेको चेल्सी म्यान्चेष्टरसँग बराबरीमा रोकेको छ । अत्यन्त प्रतिस्पर्धात्मक खेलमा चेल्सी म्यान्चेष्टर युनाइटेडबाट २/१ गोलको अन्तरमा पराजित हुनै लाग्दा अतिरिक्त समयको अन्तिम मिनेटमा चेल्सीका खेलाडि बार्कलेले गोल गरेपछि पराजित हुनबाट जोगिएको थियो ।

पहिलो हाफसम्म १ गोलको अन्तरले अगाडि रहेको चेल्सी दोस्रो हाफमा दुई गोल खाएपछि स्तब्ध हुन पुगेको थियो । अत्यन्त तनावकावीच खेल सकिनु अन्तिम मिनेटमा गोल गर्न सफल भएपछि चेल्सी हार तार्न सफल भएको हो । आज बराबरी खेलेपछि अंक तालिकामा २१ अंक जोडेर चेल्सी पुनः पहिलो स्थानमा पुग्न सफल भएको छ ।

यो प्रिमियर लिगमा चेल्सीलाई म्यानचेष्टर सिटी र लिभरपुलले २० अंक जोडेर पछ्याइरहेको छ । आजै म्यान्चेष्टर सिटी र लिभरपुलको पनि खेल भएको हुनाले यी दुई क्लबको जित भएमा चेल्सीको शीर्ष स्थान आजै खोसिन पनि सक्छ ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...