News Portal

बालविवाहमुक्त घोषणा भएकै ठाउँहरुमा बालविवाह !

बालविवाहले पढ्ने सपना अधुरो भयो।

१०६७ पटक

मुना हमाल
सुर्खेत : लेकवेशी नगरपालिकाकी रुपा नेपालीले १४ वर्षको उमेरमा विवाह गर्नुभयो । उहाँ अहिले १९ वर्ष पुग्नुभएको छ । साथमा ५ वर्षको छोरा र ३ वर्षकी छोरी छन् । विवाहपछि उहाँ विद्यालय जान पाउनुभएन । अब उहाँलाई छोराछोरीको भविष्य कसरी बनाउने ? भन्ने चिन्ता छ । ‘सानै उमेरमा विवाह भयो । छोराछोरी भइहाले । विवाहपछि घरव्यवहारले पढाईलाई निरन्तरता दिन पाइएन’ उहाँले भन्नुभयो, ‘पढ्ने मन त अझै पनि छ । तर अब आफूजस्ता छोराछोरी भइहाले । अब यी छोराछोरीलाई कसरी पढाउने भन्ने चिन्ता छ ।’

उहाँलाई आफूले पढ्न नपाएकोमा ठूलो पछुतो छ । आफूले उमेर नपुगी विवाह गर्दा यसले भविष्य अन्धकार हुने उहाँको भनाई छ । त्यसैले उहाँले अरुलाई आफ्नो पढाई पूरा गरेर, आफ्नो खुट्टामा उभिएर मात्र पढ्न सुझाव दिनुहुन्छ ।

‘आफुले सानै उमेरमा विवाह गर्दा पढ्न पाइएन’ उहाँले भन्नुभयो, ‘कसैलाई पनि सानै उमेरमा विवाह नगर्न सुझाव दिन्छु । पढाई पूरा गरेर मात्र विवाह गर्नुहोला ।’
रुपाले जस्तै त्यसै ठाउँकी मिना दर्लामीले पनि सानै उमेरमा विवाह गर्नुभयो । उहाँको उमेर अहिले १८ वर्ष मात्र पुगेको छ । श्रीमानको पनि रोजगारी छैन । साथमा अहिले २ महिनाको छोरा पनि छ । ‘आफ्नो साथमा न रोजगारी छ, न पढाई नै । आफूले कसरी कमाउने अब ?’ उहाँले भन्नुभयो, ‘सबै अरुको भर पर्नुपर्ने हुन्छ ।’

वीरेन्द्रनगर ५ श्रीनगर टोलकी दुर्गा कसाइले कक्षा ७ मा पढ्दै गर्दा विवाह गर्नुभयो ।  मोबाइल र फेसबुकमा चिनजानका आधारमा उहाँले १४ वर्षकै उमेरमा दुई वर्षअघि विवाह गर्नुभएको हो ।

अहिले उहाँको काखमा ६ महिनाकी छोरी छन् । विवाह गर्नुअघि पढाई छोड्नुपर्छ भनेर उहाँले कल्पना पनि गर्नुभएको थिएन् ।  तर विवाहपछि घर व्यवहारले पढ्नै पाउनुभएन । अब दिनदिनै छारीले पढ्ने बेला हुन लाग्यो । श्रीमान मजदुरी गर्छन् । एक जनाको कमाईले उनको परिवार पालिएको छ । अब उनलाई छोरीको भविषयले सताउन थालेको छ । ‘अहिले त किन विवाह गरेछु भन्ने लागेको छ । पढ्न पनि पाइएन । अब छोरीलाई पढाउने बेला हुन्छ’ उहाँले भन्नुभयो, ‘आफ्नो कमाई केही छैन । न केही सीप नै छ ।’

केही वर्ष पहिले सुर्खेतका दर्जनौँ तत्कालिन गाविसहरु बालविवाहमुक्त गाविस घोषणा भए । गैरसरकारी संस्थाबाट बालविवाहको अभियानै चल्यो । तर त्यसले निरन्तरता पाउन सकेन ।

बालविवाहमुक्त घोषणा भएकै ठाउँहरुमा बालविवाह भइरहेका छन् । पहिले बुबाआमाले छोराछोरीको सानै उमेरमा विवाह गरिदिने चलन थियो । तर अहिले केटाकेटी आफै सानै उमेरमा विवाह गर्ने गरेको लेकबेसी नगरपालिकाका १० की स्वयमसेविका भगवती लामिछाने बताउनुहुन्छ ।

‘पढ्दै गरेका केटाकेटी विवाह गरेको भेटिन्छन् । नपढेका त भइहाले । पहिला बुबाआमाले विवाह गरिदिनुहुन्थ्यो भने अहिले आफैँ विवाह गर्ने भेटिन थालेका छन्’ उहाँले भन्नुभयो, ‘यो मोबाइल, फेसबुकले गर्दा पनि बालविवाह बढेको पाइन्छ ।’

उहाँले सानै उमेरमा विवाह गर्दा नागरिकता नहुने, विवाह दर्ता नभएका महिलाहरु गाउँमा धेरै हुने गरेको बताउनुभयो ।बालिकाहरुको विवाह भएपछि आर्थिक, समाजिक, पारिवारिकलगायतका समस्याले पढाई छोड्ने क्रम पनि बढ्दो छ ।

बालविवाह विरुद्ध प्रहरी अभियान
बालविवाहविरुद्ध सुर्खेत प्रहरीले अभियान सञ्चालन गरेको छ । सुर्खेतका २८ वटा प्रहरी इकाईबाट विभिन्न विद्यालयलमा गएर बालबिवाहविरुद्ध अभियान सञ्चालन गरेको हो । प्रहरीले पुस मसान्तसम्म सबै ठाउँमा बालविवाहविरुद्ध अभियान सञ्चालन गर्ने योजना सारेको छ । प्रहरीले प्रत्येक बस्तीहरुमा गएर प्रहरी इकाइबाट जनचेतनमूलक कार्यक्रम  गर्ने कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामसिंह चौधरीले प्रहरीले बालविवाह न्यूनीकरणका लागि जिल्ला प्रहरी कार्यालय मातहतका इकाइहरुबाट टोल बस्तीमा गएर अभिभावक, बालबालिकाहरुलाई सचेत गराउने जनचेतानाूुलक कार्यक्रमहरु गरिएको बताउनुभयो । उज्यालो

प्रतिकृया दिनुहोस्

पासवान परिवारलाई राहत सहयोग

चैत्र १५, मोरङ — मोरङको सुनबर्सी नगरपालिका–६ पटियापाडा स्थित पासवान टोलमा बसोबास गर्दै आइरहेका फुलुवा...

आज २०८२ साल चैत १५ गतेको राशिफल

आज चैत १५, २०८२ ( मार्च २९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

तत्कालीन प्रधानमन्त्री र गृहमन्त्री मात्र होइन, सुरक्षा निकायलाई पनि पक्राउ गर्न माग

काठमाडौं — जेन्जी आन्दोलनका क्रममा भएको दमनप्रति लक्षित गर्दै जेनजी मुभमेन्ट नेपालले तत्कालीन प्रधानमन्त्री र...

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...