News Portal

दार्चुलाले पत्याएन केपी ओलीको चुच्चे नक्साको नारा

हिमालीसंचार संवाददाता
३८५ पटक

रघुनाथ बजगाईं,
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए। प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका थिएनन्।

१८ कात्तिकको खलंगा सभामा गरेको २० मिनेट लामो सम्बोधनमा लगभग पुरै अवधि नेपालको भूमि आफू बाहेक अरुले फिर्ता गराउन नसक्ने बताएका थिए। दार्चुला पछि बैतडी र कञ्चनपुरको सभा पनि त्यसैदिन सम्बोधन गरेका ओलीले राष्ट्रियताको एजेण्डालाई मुख्य एजेण्डा बनाएका थिए।

तर यी तीन वटै जिल्लामा एमालेले जित्न सकेन। दार्चुलामा त ओलीले नेपालको भूमि फिर्ता ल्याउनेसहित जिल्लाको विकास आफ्नो जिम्मा भएको बताएका थिए। ‘यहाँको मुख्य समस्या नदी नियन्त्रणको तटबन्ध निर्माण गर्नु हो। म ग्यारेन्टीका साथ भन्छु। तटबन्ध एमालेले बनाउँछ,’ ओलीले भनेका थिए, ‘महाकाली नदीले दार्चुला र खलंगा बजार भत्काउन र बगाउन पाउने छैन। त्यसको ग्यारेन्टी एमालेले गर्छ म गर्छु।’

ओलीले प्रधनमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमको विकासमा केही गर्न नसक्ने र भूमि फिर्ता ल्याउन नसक्ने नेता भनेर आरोप लगाए। ओलीको चेतावनी लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथमा लिएर प्रधानमन्त्री देउवा दार्चुला पुगे। देउवाले सार्वजनिक मञ्चबाट नेपालको नक्सा प्रकाशित गर्ने भूमिका तत्कालीन नेकपाका नेताहरु प्रचण्ड र माधव नेपालले गरेको मात्रै बताएनन्, प्रतिनिधिसभा विघटन समेत सम्झिए।

पालैपालो भएको सभाबाट नेताहरुले आ–आफ्नो उम्मेदवार जिताएर पठाउन जनतासँग आग्रह गरेका थिए। तर दार्चुलाको अन्तिम मतपरिणाम अनुसार, भने कांग्रेसका दिलेन्द्रप्रसाद बडूले जितेका छन्।

बडूले २८ हजार ५१५ मत ल्याएर जित्दा एमालेका गणेशसिंह ठगुन्ना २६ हजार ३९१ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहे। बडूको यो जित अघिल्लो चुनावको बदला मात्रै नभएर स्थानीय चुनावको नतिजा उल्टिनु समेत हो।

गत ३० वैशाखमा सम्पन्न चुनावमा बडूले जित्न सजिलो थिएन। सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा पनि एमालेले एउटै पनि पालिका प्रमुख जित्न सकेको थिएन। ९ मध्ये एमालेले ५ र माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको थियो।

वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा पनि बडूलाई जित सजिलो थिएन। एमालेले २९ हजार ३९७ मत पाउँदा कांग्रेसको २१ हजार ५५४ र माओवादी केन्द्रको ७ हजार ८८१ मत थियो। दार्चुलाको संसदीय इतिहासले पनि बडूका निम्ति अनुकूल होइन।

२०४८ देखि चुनाव लड्दै आएका बडूले तीन पटक हारिसकेका थिए। ०४८ र ०५६ बाहेकका चुनाव बडुले जित्न सकेका थिएनन्। २०५१ मा एमालेका प्रेमसिंह धामी, २०६४ मा माओवादीका लक्ष्मणदत्त जोशी र २०७० मा एमालेका गणेशसिंह ठगुन्नासँग पराजित बडू २०७४ मा समानुपातिकमा बसेका थिए। तर ठगुन्नाका निम्ति भने दार्चुला तुलनात्मक सहज थियो। ०६४ मा पराजित भए बडू २०७० र २०७४ को चुनाव जितेका थिए। उनी ओली नेतृत्वको तत्कालिन सरकारमा मन्त्री भए।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...