News Portal

  • दार्चुलाले पत्याएन केपी ओलीको चुच्चे नक्साको नारा

    हिमालीसंचार संवाददाता
    २५१ पटक

    रघुनाथ बजगाईं,
    काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक दार्चुला सदरमुकाम खलंगा पुगेर यसपटक चुनावी अभियानको उद्घाटन गरेका थिए। प्रचार अभियान खलंगाबाटै सुरु गर्नुको पछाडि नेपालको नयाँ नक्सालाई चुनावी एजेण्डा बनाएको तथ्य ओलीले लुकाएका थिएनन्।

    १८ कात्तिकको खलंगा सभामा गरेको २० मिनेट लामो सम्बोधनमा लगभग पुरै अवधि नेपालको भूमि आफू बाहेक अरुले फिर्ता गराउन नसक्ने बताएका थिए। दार्चुला पछि बैतडी र कञ्चनपुरको सभा पनि त्यसैदिन सम्बोधन गरेका ओलीले राष्ट्रियताको एजेण्डालाई मुख्य एजेण्डा बनाएका थिए।

    तर यी तीन वटै जिल्लामा एमालेले जित्न सकेन। दार्चुलामा त ओलीले नेपालको भूमि फिर्ता ल्याउनेसहित जिल्लाको विकास आफ्नो जिम्मा भएको बताएका थिए। ‘यहाँको मुख्य समस्या नदी नियन्त्रणको तटबन्ध निर्माण गर्नु हो। म ग्यारेन्टीका साथ भन्छु। तटबन्ध एमालेले बनाउँछ,’ ओलीले भनेका थिए, ‘महाकाली नदीले दार्चुला र खलंगा बजार भत्काउन र बगाउन पाउने छैन। त्यसको ग्यारेन्टी एमालेले गर्छ म गर्छु।’

    ओलीले प्रधनमन्त्री शेरबहादुर देउवालाई सुदूरपश्चिमको विकासमा केही गर्न नसक्ने र भूमि फिर्ता ल्याउन नसक्ने नेता भनेर आरोप लगाए। ओलीको चेतावनी लगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथमा लिएर प्रधानमन्त्री देउवा दार्चुला पुगे। देउवाले सार्वजनिक मञ्चबाट नेपालको नक्सा प्रकाशित गर्ने भूमिका तत्कालीन नेकपाका नेताहरु प्रचण्ड र माधव नेपालले गरेको मात्रै बताएनन्, प्रतिनिधिसभा विघटन समेत सम्झिए।

    पालैपालो भएको सभाबाट नेताहरुले आ–आफ्नो उम्मेदवार जिताएर पठाउन जनतासँग आग्रह गरेका थिए। तर दार्चुलाको अन्तिम मतपरिणाम अनुसार, भने कांग्रेसका दिलेन्द्रप्रसाद बडूले जितेका छन्।

    बडूले २८ हजार ५१५ मत ल्याएर जित्दा एमालेका गणेशसिंह ठगुन्ना २६ हजार ३९१ मत ल्याएर निकटतम प्रतिद्वन्द्वी रहे। बडूको यो जित अघिल्लो चुनावको बदला मात्रै नभएर स्थानीय चुनावको नतिजा उल्टिनु समेत हो।

    गत ३० वैशाखमा सम्पन्न चुनावमा बडूले जित्न सजिलो थिएन। सत्तारुढ दलहरुबीच गठबन्धन हुँदा पनि एमालेले एउटै पनि पालिका प्रमुख जित्न सकेको थिएन। ९ मध्ये एमालेले ५ र माओवादी केन्द्रले ४ पालिका प्रमुख जितेको थियो।

    वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा पनि बडूलाई जित सजिलो थिएन। एमालेले २९ हजार ३९७ मत पाउँदा कांग्रेसको २१ हजार ५५४ र माओवादी केन्द्रको ७ हजार ८८१ मत थियो। दार्चुलाको संसदीय इतिहासले पनि बडूका निम्ति अनुकूल होइन।

    २०४८ देखि चुनाव लड्दै आएका बडूले तीन पटक हारिसकेका थिए। ०४८ र ०५६ बाहेकका चुनाव बडुले जित्न सकेका थिएनन्। २०५१ मा एमालेका प्रेमसिंह धामी, २०६४ मा माओवादीका लक्ष्मणदत्त जोशी र २०७० मा एमालेका गणेशसिंह ठगुन्नासँग पराजित बडू २०७४ मा समानुपातिकमा बसेका थिए। तर ठगुन्नाका निम्ति भने दार्चुला तुलनात्मक सहज थियो। ०६४ मा पराजित भए बडू २०७० र २०७४ को चुनाव जितेका थिए। उनी ओली नेतृत्वको तत्कालिन सरकारमा मन्त्री भए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...

    प्रधानमन्त्री ओलीको पहलः विपिन जोशीको सुरक्षित र शीघ्र रिहाइका लागि सरकार सक्रिय

    काठमाडौं, भदौ २ – प्रधानमन्त्री केपी शर्मा ओलीले विद्रोही हमास समूहले बन्धक बनाएका नेपाली युवा...