News Portal

विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

१८५ पटक

काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न आफू लाग्ने बताएका छन्।

निर्वाचन आयोगमा बिहीबारको छलफलमा उनले भने, “समानुपातिक निर्वाचन प्रणाली भए पनि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनु पर्छ। सर्वोच्च अदालतको आदेश धेरै समयदेखि छ, यसलाई कार्यान्वयन गर्नु अनिवार्य छ।”

उनले थपे, “कतिपय देशमा प्रविधिको समस्या भए पनि जहाँ सकिन्छ, राजदूतावासमार्फत मतदानको व्यवस्था गरिनेछ। हाम्रो उद्देश्य सबैलाई मतदानको अवसर उपलब्ध गराउनु हो। निर्वाचन आयोगले पनि यसमा सहजीकरण गर्नेछ।”

अर्यालले भने, “राजदूतावास भएको देशमा प्रयास गर्नुपर्छ। हामी युवा पुस्तालाई राजनीतिक प्रक्रियामा ल्याउन प्रविधिको उपयोग गर्नेछौं। निर्वाचनमा उनीहरूलाई मतदानबाट बञ्चित हुनु हुँदैन।”

प्रतिकृया दिनुहोस्

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...

सच्चिन नसक्नेलाई बारम्बार छुट दिनु कायरता हो

– कमला थापा २०८२ पौष २ गते। सधैं पस्चाताप गर्नु भन्दा एक दिन कठोर निर्णय...