News Portal

विदेशमा रहेका नेपालीले मतदान पाउनु पर्छ : गृहमन्त्री अर्याल

३१९ पटक

काठमाडौं, असोज २ – गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले विदेशमा रहेका नेपालीहरूले यसपटक मतदान गर्न पाउने व्यवस्था सुनिश्चित गर्न आफू लाग्ने बताएका छन्।

निर्वाचन आयोगमा बिहीबारको छलफलमा उनले भने, “समानुपातिक निर्वाचन प्रणाली भए पनि विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनु पर्छ। सर्वोच्च अदालतको आदेश धेरै समयदेखि छ, यसलाई कार्यान्वयन गर्नु अनिवार्य छ।”

उनले थपे, “कतिपय देशमा प्रविधिको समस्या भए पनि जहाँ सकिन्छ, राजदूतावासमार्फत मतदानको व्यवस्था गरिनेछ। हाम्रो उद्देश्य सबैलाई मतदानको अवसर उपलब्ध गराउनु हो। निर्वाचन आयोगले पनि यसमा सहजीकरण गर्नेछ।”

अर्यालले भने, “राजदूतावास भएको देशमा प्रयास गर्नुपर्छ। हामी युवा पुस्तालाई राजनीतिक प्रक्रियामा ल्याउन प्रविधिको उपयोग गर्नेछौं। निर्वाचनमा उनीहरूलाई मतदानबाट बञ्चित हुनु हुँदैन।”

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...