News Portal

  • नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न : १३ विद्यार्थी संगठनको सहभागिता

    संगीता गुरुङ
    १९८ पटक

    काठमाडौं, वैशाख ८ — राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ।

    निर्वाचन मूलतः २०८१ सालको चैत ५ गतेका लागि तय गरिएको थियो। तर, विभिन्न कारणले गर्दा सो दिन मतदान हुन नसकेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको थियो। निवेदनको सुनुवाइपछि अदालतले चाँडोभन्दा चाँडो निर्वाचन गराउन परमादेश जारी गरेसँगै आज मतदान भएको हो।

    आज सम्पन्न भएको निर्वाचनमा १३ वटा विद्यार्थी संगठनले सक्रिय सहभागिता जनाएका छन्। उम्मेदवारहरूको टोलीसँगै समर्थकहरू पनि उत्साहका साथ उपस्थित थिए।

    मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। सुरक्षाको लागि सुरक्षाकर्मीहरू खटाइएको थियो भने विद्यार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

    अब केही दिनमै मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गरिने क्याम्पस प्रशासनले जनाएको छ। नयाँ नेतृत्वले विद्यार्थी हितका मुद्दामा सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल मंसिर २५ गतेको राशिफल

    आज मंसिर २५, २०८२ (डिसेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रामनाथ अधिकारीले गरे निर्वाचन नलड्ने घोषणा

    धादिङ, — नेपाली कांग्रेस धादिङका सभापति तथा निवर्तमान प्रतिनिधि सभाका सदस्य, साथै नेपाल सरकारका पूर्व...

    यात्री समाज कुवेतको प्रथम अधिवेशन भव्य रूपमा सम्पन्न

    कुवेत, कुवेतकाे खैतानस्थित राजधानी होटलमा यात्री समाज कुवेतको दोस्रो वार्षिक उत्सव तथा प्रथम अधिवेशन उत्साहपूर्ण...

    गगन थापा चार जिल्लाबाट सिफारिस, काठमाडौं–४ नै थापाको पहिलो रोजाइ

    काठमाडौँ, मंसिर २४ – आगामी संघीय निर्वाचनका लागि नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई चार जिल्लाबाट...

    बहुविवाह मामिलामा डीएसपी मधु नेपाल पक्राउ, तीन दिनको म्याद थप

    बुटवल, मंसिर २४ – बहुविवाहको आरोपमा नवलपरासी पूर्वमा कार्यरत प्रहरी नायब उपरीक्षक मधु नेपाललाई रुपन्देही...