News Portal

नेपाल ल क्याम्पसमा स्ववियु निर्वाचन सम्पन्न : १३ विद्यार्थी संगठनको सहभागिता

संगीता गुरुङ
३३४ पटक

काठमाडौं, वैशाख ८ — राजधानीको प्रदर्शनीमार्गस्थित नेपाल ल क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज सम्पन्न भएको छ।

निर्वाचन मूलतः २०८१ सालको चैत ५ गतेका लागि तय गरिएको थियो। तर, विभिन्न कारणले गर्दा सो दिन मतदान हुन नसकेपछि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेको थियो। निवेदनको सुनुवाइपछि अदालतले चाँडोभन्दा चाँडो निर्वाचन गराउन परमादेश जारी गरेसँगै आज मतदान भएको हो।

आज सम्पन्न भएको निर्वाचनमा १३ वटा विद्यार्थी संगठनले सक्रिय सहभागिता जनाएका छन्। उम्मेदवारहरूको टोलीसँगै समर्थकहरू पनि उत्साहका साथ उपस्थित थिए।

मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाइएको छ। सुरक्षाको लागि सुरक्षाकर्मीहरू खटाइएको थियो भने विद्यार्थीहरूको उल्लेख्य उपस्थिति देखिएको थियो।

अब केही दिनमै मतगणना सम्पन्न गरी नतिजा सार्वजनिक गरिने क्याम्पस प्रशासनले जनाएको छ। नयाँ नेतृत्वले विद्यार्थी हितका मुद्दामा सशक्त भूमिका खेल्ने अपेक्षा गरिएको छ।

 

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...