News Portal

  • बडादशैँको आठौँ दिन, महाअष्टमी मनाइँदै

    हिमालीसंचार संवाददाता
    ३३५ पटक

    काठमाडौँ। बडादशैँ एवं नवरात्रको आठौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ।

    महागौरी देवीको रङ पहिला केही कालो भएकाले भगवान् शिवले एक दिन ख्यालठट्टामा देवीलाई ‘ए काली’ भन्ने शब्द प्रयोग गर्नुभएछ। त्यो शब्द भगवतीलाई मन परेनछ। अनि कठोर तपस्या गरी गोरो वर्ण प्राप्त गरेकाले महागौरी नाम रहन गएको विभिन्न पुराणमा उल्लेख गरिएको छ। महागौरी सेतो वृषभमाथि चढेकी, गोरो वर्णकी र श्वेत वस्त्र धारण गरेकी स्वरूपमा हुन्छिन् भनी पुराणलगायत शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ।

    नवरात्रको पहिलो दिन असोज १० गते सोमबार दशैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको हो।

    दोस्रो दिन मङ्गलवार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन बुधबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो। चौथो दिन बिहीबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन शुक्रबार स्कन्दमाता पूजा गरिएको थियो। छैटौँ दिन शनिबार कात्यायनी देवीको पूजा आराधना गरियो। सातौँ दिन आइतबार कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो। यसै दिन दशैँ घर वा पूजा कोठामा फूलपाती पनि भित्र्याइएको थियो।

    आठौँ दिन आज महागौरी देवीको पूजा आराधना गरिँदै छ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादशैँ पर्व मनाउँछन्।

    दुर्गा पक्षसमेत भनिने दशैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ।

    नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। यस अवसरमा काठमाडौँ उपत्यका र बाहिरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ। नवरात्रको सातौँ दिनपछि सार्वजनिक बिदा पनि दिइएकाले देशभरका शक्ति पीठ एवं देवी मन्दिरमा भीड बढ्न गर्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुम्निमा हाइड्रोपावरले आईपीओ निष्काशन गर्ने, माछापुच्छ्रे क्यापिटल बिक्री प्रबन्धक नियुक्त

    काठमाडौं, कार्तिक ३ – सुम्निमा हाइड्रोपावर कम्पनीले आफ्नो प्रारम्भिक शेयर (IPO) सर्वसाधारणमा जारी गर्न माछापुच्छ्रे...

    कुवेतमा हृदयघातबाट सिटी बस चालक नेपालीको मृत्यु

    (प्रतीकात्मक फाईल तस्बिर।) कुवेत सिटी, कुवेत। कुवेतको सिटी ग्रुप कम्पनीमा ड्राइभरका रूपमा कार्यरत होम बहादुर...

    इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइपुग्यो

    काठमाडौं, कात्तिक ३ – अध्ययनका लागि इजरायल गएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको...

    कुवेतमा युवा शक्तिको अधिवेशन नोभेम्बर १४ मा हुने

    कुवेत सिटी, कुवेत। “सके राम्रो गरौँ, नसके नराम्रो पनि नगरौं” भन्ने नाराको साथ गठन भएको...

    गंगा दाहालले माओवादी सचिवालय संयोजक पदबाट राजीनामा दिइन्

    काठमाडौं, कार्तिक ३ – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की सचिवालय संयोजक गंगा दाहालले पदबाट...