News Portal

इजरायलमा मारिएका विपिन जोशीको शव काठमाडौं आइपुग्यो

१९२ पटक

काठमाडौं, कात्तिक ३ – अध्ययनका लागि इजरायल गएका कञ्चनपुरका विपिन जोशीको शव सोमबार काठमाडौं आइपुगेको छ। केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको शवलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री, मन्त्री र परराष्ट्र मन्त्रालयका अधिकारीहरू विमानस्थल पुगेका थिए।

उनको शव आजै कञ्चनपुरको भिमदत्तनगरपालिकास्थित घर पुर्याएर त्यहीँ अन्तिम संस्कार गरिने जानकारी प्राप्त भएको छ।

विपिनलाई २०२३ अक्टुबर ७ मा इजरायलको किबुत्ज क्षेत्रमा हमासले बन्धक बनाएको थियो। लामो समय अज्ञात अवस्थामा रहेका उनको मृत्यु असोज २७ मा इजरायली अधिकारीहरूले पुष्टि गरेका थिए। युद्धविरामपछि बन्दी साटासाटको क्रममा हमासले उनको शव इजरायली सेनालाई बुझाएको थियो।

शवको डीएनए परीक्षणले विपिनकै भएको पुष्टि गरेको छ भने फरेन्सिक जाँचले उनको मृत्यु अपहरणको समयमा भएको देखाएको छ। नेपाल पठाउनुअघि आइतबार इजरायलको तेल अवीवमा श्रद्धाञ्जली दिइएको थियो। शवको कफिनमा नेपाली झण्डा ओढाइएको थियो।

प्रतिकृया दिनुहोस्

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की, पुष ४ – पोखरामा एक वृद्धाको ज्यान गएको घटनामा उनकै नाति पक्राउ परेका छन्।...