News Portal

निगुरो: जैविक, पोषिलो र स्वादिलो तरकारी !

हिमालीसंचार संवाददाता
९६३ पटक

वनजंगलमा सजिलै पाइने, निगुरो। तरकारी बनाउन सजिलो हुने, निगुरो । खादा स्वादिलो हुने निगुरो। स्वास्थ्यका लागि पोषिलो निगुरो। पूर्ण अर्ग्यानिक सब्जी, निगुरो। कति गुणी निगुरो ?

हुन त अहिले सहरी क्षेत्रको करेसाबारीमा निगुरो रोप्ने प्रचलन छ। यद्यपि यो वनजंगलमा सजिलै पाइन्छ। खासगरी बर्खायाम सुरु भएसँगै निगुरो खोज्ने, टिप्ने गरिन्छ। गाउँघरमा त निगुरोले सागसब्जीको अभाव टार्न सकिन्छ। निगुरोलाई भुटेर खाए हुन्छ, आलुमा मिसाए पनि हुन्छ। आलु र निगुरोको ग्रेभी पनि स्वादिलो हुन्छ। यस्तै, निगुरोमा दही मिसाएर सेवन गर्दा पनि कम स्वादको हुँदैन।

पौष्टिकताले भरिपूर्ण

निगुरो खानुको फाइदैफाइदा छन्। आफैँ वनजंगलमा गएर खोज्ने हो भने भान्साको खर्च कटौती हुने भयो। वनजंगलमा उम्रिएका हुनाले यो जैविक र मौसमी तरकारी पनि हो। पोषणविद्हरुले निगुरो पौष्टिकताले भरिपूर्ण रहेको बताउने गर्छन्। निगुरोको सेवन स्वास्थ्यका लागि फाइदाजनक रहेको उनीहरुको भनाइ छ।

पोषणविद्हरू भन्छन्, ‘यसमा प्रोटिन, क्याल्सियम, भिटामिन ए लगायतका पोषकतत्व पाइन्छ।’ बालबालिका र गर्भवती महिलालाई त निगुरो अरू बढी लाभदायक छ। किनभने निगुरोको तरकारी सेवन गरिहरहँदा भिटामिन प्राकृतिक रुपमै प्राप्त हुन्छ। अतिरिक्त भिटामिनको चक्की चपाइरहनु पर्दैन।

पोषणविद्हरूले यसमा कोलेस्टोर एवं बोसोजन्य पदार्थ नपाइने भएकाले कुनैपनि किसिमको हानि नहुने बताएका छन्।

पूर्णत: जैविक

निगुरो यतिबेलाको मौसमी सागसब्जी हुन्। वनजंगलमा आफैँ उम्रने भएकाले यसमा कुनै रासायनिक मल वा विषादी प्रयोग हुँदैन। अर्थात् यो पूर्णत: जैविक हुन्छ।

अहिले हामीले खाने धेरैजसो सागसब्जी विषादी मिसाइएको हुन्छ। व्यवसायिक ढंगले उत्पादन गरिएका सागसब्जीमा रासयनिक मल, किटनासक औषधि प्रयोग गरिन्छ। यस्ता सागसब्जी फलाउन, बढाउन, भण्डारण गर्न पनि रसायन वा विषादी मिसाउने गरिन्छ।

के हो निगुरो ?

यो उन्यू प्रजातिको घाँस हो। पहाड र तराई सबैतिरको जंगलमा निगुरो पाइन्छ। तर, यसको जातमा केही भिन्नता हुन्छ। साथै, स्वाद पनि फरक हुन्छ। तुलनात्मक रुपमा पहाडको जंगलमा पाइने निगुरो बढी स्वादिलो हुन्छ।

पहाडदेखि तराईसम्म

निगुरोलाई कतिपय ठाउँमा निङग्रो, न्युरो वा निहुरो पनि भनिन्छ। पहाडमा कालो निगुरो बढी रुचाइन्छ। यसैगरी तराईमा हरियो।

करेसाबारीमा रोप्न सकिन्छ

त्यसो त निगुरोलाई करेसाबारीमा रोपेर पनि खान सकिन्छ। जंगलमा निगुरोको जरा जतिपनि पाइन्छन्। जरालाई करेसाबारीमा रोप्न सकिन्छ। तर, निगुरोको लागि माटो ओसिलो हुनुपर्छ। चिस्यान भएको माटोमा निगुरो उत्पादन गर्न सकिन्छ।

तर, सर्तक हुनुपर्छ

निगुरो जस्तै देखिने सबै वनस्पति खान लायक भने हुँदैन। कतिपय निगुरो जस्तै देखिने वनस्पति विषाक्त हुन्छ। निगुरोको तरकारी टिपेर खाँदा कतिपय बिरामी परेको खबर पनि बारम्बार आउनेगर्दछ। त्यसैले आफूले चिनेको अवस्थामा मात्र निगुरो खोज्ने, टिप्ने वा किन्ने गर्नुपर्छ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...