News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • धरान अपडेटः धरानको वडा नं. १० मा हर्क साम्पाङले पाए “पपुलर मत”

    हिमालीसंचार संवाददाता
    ११०३७ पटक

    धरान – धरान उपमहानगरपालिका धरानको वडा नं १० को प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक हुदा मेयर पदका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले लोकप्रिय मत प्राप्त गरेका छन् ।

    धरान वडा १० को प्रारम्भिक ३ सय मतगणनाको नतिजा सार्वजनिक हुँदा उनले सबैभन्दा बढी १२१ मत प्राप्त गरेका छन् । मेयर पदमा एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ६७ मत प्राप्त गरिन् भने गठबन्धनका मेयर पदका उम्मेदवार किशोर राईले ६६ मत प्राप्त गरेका छन् । 

    यस्तै, उपमेयरमा एमालेका उम्मेदवार पदम इस्वोले ९५ मत प्राप्त गरेका छन्। यता  गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ८९ मत प्राप्त गरेका छन् । 

    यता वडाअध्यक्षमा भने एमालेका वडाध्यक्ष पदका उम्मेदवार विवेक राई अगाडि रहेका छन् । उनले १४२ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका वडाअध्यक्षकी उम्मेदवार रुपा राईले १०१ मत प्राप्त गरेकी छिन् । जम्मा १८७५ मत खसेकोमा अहिलेसम्म ३ सय मत गणनाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरेको हो। 

    प्रतिकृया दिनुहोस्

    सरकारी वेबसाइट ठप्प, विद्युतीय अवरोधले सेवा प्रभावित

    काठमाडौं, वैशाख ५ – शुक्रबार बिहानैदेखि नेपाल सरकारका प्रमुख निकायहरूको वेबसाइटमा पहुँच अवरुद्ध भएको छ।...

    वाणगंगामा अवैध उत्खननबारे नेकपाको आवाज, नगरपालिकालाई चेतावनीसहितको ज्ञापनपत्र

    कपिलवस्तु, वैशाख ५ – वाणगंगा नगरपालिकामा भइरहेको अवैध नदीजन्य पदार्थ उत्खननविरुद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

    दाङको चिसापानीमा भारतीय पर्यटक सवार बस दुर्घटना, २१ जना घाइते

    दाङ, वैशाख ५ – दाङको गढवा गाउँपालिका–५ स्थित चिसापानीमा भारतीय पर्यटक बोकेको बस दुर्घटना हुँदा...

    कथा वाचिका देवी प्रतिभा पोखरामा, १४ दिनसम्म चल्नेछ कोटिहोम कथा वाचन

    काठमाडौं, वैशाख ५ – प्रसिद्ध धार्मिक कथा वाचिका देवी प्रतिभा २५ सदस्यीय टोलीसहित पोखरा आइपुगेकी...

    पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक अनियमितता र भ्रष्टाचार, उपसमिति निष्कर्षमा कडा सिफारिस

    काठमाडौं, वैशाख ५ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा सुरु देखिनै अनियमितता र भ्रष्टाचार भएको...