News Portal

धादिङ–१ मा राजेन्द्र पाण्डे विजयी

हिमालीसंचार संवाददाता
३३३ पटक

धादिङ – प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकिकृत समाजवादीका राजेन्द्र प्रसाद पाण्डे विजयी भएका छन्।

नेकपा एकिकृत समाजवादीका उपाध्यक्ष एवम् बागमती प्रदेशका मुख्यमन्त्री समेत रहेका पाण्डेले नेकपा एमाले र राप्रपाका साझा उम्मेदवार नेकपा एमालेका भूमि त्रिपाठीलाई ७ हजार ९ सय ८१ मत अन्तरले पराजित गराएका हुन्।

प्रारम्भिक मत परिणाम अनुसार पाण्डेले ३५ हजार ९ सय ३४ मत पाएका छन् भने उहाँका निकटतम प्रतिद्धन्दी एमालेका त्रिपाठीले २७ हजार ९ सय ५३ मत पाएका छन्। यो क्षेत्रमा ८० हजार ६ सय १५मत खसेको थियो।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले १२ हजार ४ सय ७५ मत प्राप्त गरेका छन्। पाण्डे गठबन्धनमा रहेका नेकपा एकिकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवार हुन्। त्रिपाठी एमाले र राप्रपाका साझा उम्मेदवार हुन्।

 

प्रतिकृया दिनुहोस्

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...