News Portal

कास्की जिल्ला अदालतका ६ न्यायाधीशमाथि छानबिन हुँदै

हिमालीसंचार संवाददाता
२९१ पटक

काठमाडौं। दशैंको बिदा सकिँदासम्म घर बिदा लेखेर कास्की जिल्ला अदालतमा एकैपटक ६ जना न्यायाधीश गयल भएको घटनामा न्याय परिषद्ले छानबिन गर्ने भएको छ।

शुक्रबार कास्की जिल्ला अदालतमा रहेका ७ मध्ये ६ जना न्यायाधीश बिदामा बसेका थिए। बुधबारबाटै देशभरका अदालत खुलेपनि गण्डकी प्रदेशले बिहीबार थप एक दिन बिदा दिएको थियो।

बिहीबार दिइएको बिदाले समेत नपुगेर ६ जना न्यायाधीशले शुक्रबार एकैपटक बिदा लिएका थिए। सहकारी ठगी प्रकरणमा जोडिएका रास्वपाका सभापति रवि लामिछाने विरुद्ध शुक्रबार प्रहरीले पक्राउ पूर्जी जारी गर्ने तयारी गरेको सुईको पाएपछि विवादमा तानिने डरले उनीहरुले एकैपटक बिदा लिएको चर्चा चलेको छ।

६ जना न्यायाधीश बिदामा बसेपछि नेपालगञ्ज रहेका अर्का न्यायाधीश कृष्णजग शाहलाई तुरुन्तै कास्की बोलाएर रविविरुद्ध पक्राउ पूर्जी जारी गराईएको थियो।

शाह दिउँसो २ बजे अदालतमा आएर रविसहित सो प्रकरणमा तानिएका १४ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरिदिएका थिए। रवि शुक्रबार साँझ नै काठमाडौंबाट पक्राउ परिसकेका छन्।

उनलाई आज जिल्ला अदालतमा उपस्थित गराईंँदैछ। कास्की जिल्ला अदालतमा हाल ७ जना न्यायाधीशको दरबन्दी रहेको छ।

एक नम्बर न्यायाधीश नवराज दाहालका अलावा न्यायाधीशहरू हिमलाल बेल्बासे, भोलानाथ ढकाल, हरिप्रसाद कोइराला, कृष्णजंग शाह, चन्द्रकान्त पौडेल र नीतिज राई कास्कीमा कार्यरत छन्। तर, शाहबाहेक सबै ६ जना शुक्रबार गयल भएका थिए।

न्यायालयप्रति नै प्रश्न उठ्नेगरी न्यायाधीश गयल भएपछि प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समेत गम्भीर चासो व्यक्त गरेको स्रोतको दाबी छ। राउतले न्याय परिषद्का सचिव यमबहादुर बुढालाई यसबारे बुझेर प्रतिवेदन दिन भनेका छन्। प्रधानन्यायाधीश न्याय परिषद्को अध्यक्ष पनि हुन्।

प्रधानन्यायाधीश राउतको निर्देशनपछि सचिव बुढाले शनिबार नै उच्च अदालत पोखराका मूख्य न्यायाधीश रत्नबहादुर बागचन्दलाई टेलिफोन गरेर यसबारेमा बुझेको न्याय परिषद् स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ३ गतेको राशिफल

आज पुष ३, २०८२ (डिसेम्बर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

काठमाडौँसहित देशका शहरमा वायु प्रदूषण बढ्यो

काठमाडौं, पुष २ – काठमाडौँ उपत्यका र देशका अन्य शहरमा वायु प्रदूषणको स्तर बढेको छ।...

बबरमहल बम काण्डमा दोषी राजकुमार तामाङ पार्टीबाट निलम्बित

विराटनगर, २ पुस – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष राजकुमार तामाङ (देवराज लामा)लाई...

एमाले महाधिवेशनमा प्यानल सूची हेरफेरको आरोप, एक व्यक्ति पक्राउ

काठमाडौं, २ पुस – नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी रहँदा प्यानलगत...

निर्वाचनबाहेक अर्को बाटो छैन : प्रधानमन्त्री कार्की

काठमाडौं, २ पुस – प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानको दायराभित्र सुरक्षित रूपमा अघि बढाउन निर्वाचन...