News Portal

चुनावमा पराजित भएसङै जगत सिंखडाकाे प्रतिवद्धता र सन्देश

हिमालीसंचार संवाददाता
२७६ पटक

धादिङ– प्रदेश सभाको चुनावमा हारेपछि जगत सिंखडाले आफ्नो प्रतिबद्धता यसरी जारी गरे

जगत सिंखडाको धन्यावाद तथा प्रतिवद्धता सन्देश
धादिङको प्रदेशसभा निर्वाचन क्षेत्र २ (२) मा १३१ मतान्तरले विजयी हुन सफल मेरा प्रतिस्पर्धी एमाले-राप्रपा गठबन्धनका मित्र डम्बर तामाङलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिन चाहन्छु। तपाईंले यो क्षेत्र र यहाँका जनताको पक्षमा गर्ने हरेक कार्यमा हातेमालो गर्नेछु भने सधैंझै जनविरोधी कामको खुलेर विरोध गर्नेछु।

यो निर्वाचन अभियानमा गठबन्धन संस्कार र पार्टी भावनालाई शिरमा राखी अहोरात्र खट्नुहुने सबै मित्रहरू सहकर्मी, सहयोद्धा, समर्थक शुभचिन्तकहरूप्रति कृतज्ञता प्रकट गर्न चाहन्छु। यहाँहरूको सहयोग र सद्भाव कहिल्यै भुल्ने छैन।हामीलाई थाहै छ। हामी प्रतिगमनविरोधी गठबन्धन बनाएर चुनावी अभियानमा होमिएका थियौं।

अग्रगमन, संविधान र लोकतन्त्रको रक्षाका लागि हामी सँगै उभिँदै आएका पनि छौं। यसका बावजुद जो सीमित व्यक्तिगत स्वार्थलाई केन्द्रमा राखेर गठबन्धन संस्कृति र पार्टी भावनाका विरुद्ध उभिनुभयो, उहाँहरूसँग म लोकतान्त्रिक गणतन्त्र र परिवर्तनका उपलब्धि जोगाउने अभियानमा हार्दिकतापूर्वक सहकार्य गर्ने नै छु।

किनकि सदनमा राजतन्त्रको पक्षमा, संघीयता धर्मनिरपेक्षता, समानुपातिक/समावेशिताको विरुद्धमा नारा लाग्दा हामी चुनावी अभियानमा ‘मित्रहरू’बाट भएका कमजोरी सम्झेर अल्मलिने छैनौं। त्यो सुविधा हामीसँग हुनेछैन।

समीक्षा, आत्मसमीक्षा जीवनमा गर्दै गरौंला। म लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि समर्पित सक्रिय योद्धा हुँ। गणतन्त्र स्थापनाको अभियानमा सहादत प्राप्त गर्नुहुने योद्धा, घाइते र बेपत्ता योद्धाले हाम्रो काँधमा छाडेको अभिभारा म कहिल्यै भुल्नेछैन।

म जनतासँग जगत भन्ने नाराका साथ यो क्षेत्र, यहाँका सम्मानीत मतदातासँग जोडिइरहनेछु।विभिन्न कारणले निर्वाचनको लोकतान्त्रिक विधिमा पछि परेँ, तर जनताको भरिया बनेर जनसेवामा थप मेहनतका साथ क्रियाशील भइरहनेछु। तपाईंको दुःख सुखको साथी भइरहनेछु। पाखा-पखेराहरूमा सक्रिय भइरहनेछु। हामीले हालेको विकासको जगमा समृद्धि ठड्याउन क्रियाशील भइरहनेछु।

 

प्रतिकृया दिनुहोस्

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...

आज २०८२ साल पुष १८ गतेको राशिफल

आज पुष १८, २०८२ (जनवरी २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

कुवेतमा ढाका टोपी दिवस शुभकामना आदान–प्रदान

कुवेत – प्रत्येक वर्ष मनाइने ढाका टोपी दिवसले नेपालीहरूको पहिरन, संस्कृति र आत्मपहिचानलाई सशक्त रूपमा...

रविले भने: चितवनका उम्मेदवार संख्या सीमित, जम्मा ४ जना

चितवन, पुष १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिक निर्वाचनका लागि पेश गरेको बन्दसूचीमा...

मोरङको सिक्टी नाका टायल्स तस्करीको मुख्य नाका बन्दै

रबिन्द्र बराल/मोरङ, पुष १७ – मोरङको विराटनगर भन्सार कार्यालय पछाडिको सीमावर्ती क्षेत्रहरूमध्ये सुनवर्षी–८ स्थित सिक्टी...