आज : २०२६-०७-०३, शुक्रबार

पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग

असार ८, २०८० काठमाण्डौं। पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दलाई पत्नी वियोग परेको छ। भक्तपुरको लोकन्थली बस्दै आएका चन्दकी पत्नी दिव्यश्वरी चन्दको ८३ वर्षको उमेरमा निधन भएको हो।

बिहीवार राति उपचारको क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। चन्द लामो समयदेखि पक्षघतबाट पीडित रहेको पारिवारिक स्रोतले जनाएको छ।

बैतडीको सुर्नाया गाउँपालिका कुरकुट्या पुर्ख्यौली घर भएका पूर्व प्रधानमन्त्री चन्दको धर्मपत्नी दिव्यश्वरीबाट दुई छोरा र एक छोरी छन्।

चन्दको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।