News Portal

पूर्व राज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा हत्या

हिमालीसंचार संवाददाता
५१३ पटक

काठमाडौं। पूर्व राज्यमन्त्री रामचन्द्र रायको अज्ञात समूहले हत्या गरेको छ। सर्लाहीस्थित आफ्नै घरमा सुतिरहेका बेला मध्यराति रायको हत्या भएको हो।

राति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी उनको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्यसमेत हुन्।

घटनास्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहसहितको टोली पुगिसकेको छ।

उनको हत्या कसले र किन गर्‍यो भन्ने अहिलेसम्म केही खुलेको छैन। प्रहरीले रातिबाटै सीमा सिलबन्दी गरेर अनुसन्धान शुरु गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...

सुदूरपश्चिमका सांसदसँग प्रधानमन्त्री बालेन्द्र शाहको छलफल

काठमाडौं, चैत १७ – प्रधानमन्त्री बालेन्द्र शाहले सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग छलफल गरेका छन्।...

एमाले सचिवालय बैठक च्यासलमा जारी, ओली पक्राउपछि रणनीति बनाइँदै

काठमाडौं, चैत १७ – नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा जारी रहेको...

कानेपोखरीमा ६९औं राष्ट्रिय सहकारी दिवस मनाइने

मोरङ – यस वर्षको ६९औं राष्ट्रिय सहकारी दिवस मोरङको कानेपोखरी गाउँपालिकामा मनाइने भएको छ। कानेपोखरी–रमाइलो...

क्यासिनोमा नेपालीको अवैध प्रवेश बढ्दो, प्रशासन मौन ?

काठमाडौं  -नेपालको प्रचलित कानूनअनुसार नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको...