News Portal

पूर्व राज्यमन्त्री रामचन्द्र रायको आफ्नै घरमा हत्या

हिमालीसंचार संवाददाता
४४३ पटक

काठमाडौं। पूर्व राज्यमन्त्री रामचन्द्र रायको अज्ञात समूहले हत्या गरेको छ। सर्लाहीस्थित आफ्नै घरमा सुतिरहेका बेला मध्यराति रायको हत्या भएको हो।

राति करिब १ बजे सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा सुतिरहेको बेला धारिलो हतियार प्रहार गरी उनको हत्या भएको सर्लाही प्रहरीले जनाएको छ।

उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्यसमेत हुन्।

घटनास्थलमा प्रदेश प्रहरी कार्यालय जनकपुरबाट मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल र सर्लाहीका एसपी रविन्द्रबहादुर सिंहसहितको टोली पुगिसकेको छ।

उनको हत्या कसले र किन गर्‍यो भन्ने अहिलेसम्म केही खुलेको छैन। प्रहरीले रातिबाटै सीमा सिलबन्दी गरेर अनुसन्धान शुरु गरिसकेको छ।

प्रतिकृया दिनुहोस्

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...