News Portal

तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

२५० पटक

काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल चैत १५ गते काठमाडौंको तीनकुने घटनाबारे पहिलोपटक खुलस्त प्रतिक्रिया दिएका छन्। सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले त्यतिबेलाको अनुभव र आफ्नो कदमबारे विवरण प्रस्तुत गरे।

प्रसाईंका अनुसार, घटनाको दिन आफूलाई मार्ने योजना रहेको कुरा थाहा पाएपछि उनी प्रहरीकै उपस्थितिमा गएर सुरक्षा सुनिश्चित गर्न बाध्य भएका थिए। उनले भने, “म गाडी लिएर प्रहरीकोमा गएँ। मार्ने योजना भए पनि केही व्यक्तिमा मात्र केन्द्रित थियो भन्ने लागेर मैले प्रहरीको गुँडभित्रै प्रवेश गरेँ।”

त्यसपछि एक डीएसपीले उनलाई सम्मानपूर्वक कार्यक्रम सम्पन्न गर्न सुझाव दिएका थिए। प्रसाईंले मञ्चमा पुगेर प्रहरी र आफ्ना समर्थकहरूलाई संयमित रहन आग्रह समेत गरेका थिए।

सिभिलका एक प्रहरीबाट आफूलाई मार्ने योजना रहेको सूचना पाएपछि तत्काल उपत्यका छाड्नुपरेको प्रसाईंले बताएका छन्। “कर्फ्यु लाग्दा म उपत्यका बाहिर थिएँ। मलाई इन्काउन्टरको आदेश आएको थियो,” उनले बताए।

उनी थप्छन्, “देशमा मदन भण्डारी जीवित भएको भए अरूको अवसर नआउँथ्यो। त्यसैले मदन भण्डारीको हत्या भएको हो।”

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...