News Portal

पुरुषभन्दा शारीरिक बलले कमजोर महिला

हरी न्यौपाने "निराकार"
७०० पटक

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या सम्बन्धमा छानबिन गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदन सरकारले भर्खरै सार्वजनिक गरे पनि यसले थुप्रै आशंका जन्माएको छ। हत्याको दुई महिना बितिसक्यो तर अपराधी पक्राउ पर्न सकेका छैनन्।

समयसँगै  निर्मलाको बलात्कार अनि  हत्याविरुद्ध उठेका आवाज बिस्तारै मत्थर हुँदै गएका छन्। सायद अर्को यस्तै जघन्य अपराध नघटेसम्म हामी फेरि तातिनेछैनौं। नैतिकताको खडेरी परेको सरकारले पनि नागरिक दबाब कम हुँदै गएको अवस्थामा आफूले गरेका प्रतिज्ञा बिस्तारै भुल्दै जानेछ। र, बलात्कारीलाई फाँसी दिने, लिंग छेदन गर्ने जस्ता नाराहरु एक पटक फेरि रद्दीको  टोकरीमा थन्कनेछन्, अर्को  कुनै बिभत्स हत्याको पर्खाइमा।

अपराधीलाई गतिलो सजाय दिँदैमा बलात्कार अन्त्य गर्न सकिन्छ त? बलात्करी कसरी जन्मिन्छ, कस्तो मान्छेले बलात्कार गर्छ र समाजका कुनकुन तत्वहरुले बलात्कार हुनुमा भूमिका खेलेका हुन्छन्? यी कुराको सम्बोधन नगरीकनै बलात्कारको अन्त्य गर्न असम्भव छ। त्यसैले अपराधीलाई सजाय दिनु मात्र नभई हाम्रो बहस बलात्कारको अन्त्यका तर्फ पनि मोडिनु आवश्यक छ।

प्रसिद्ध अस्ट्रियन मनोवैज्ञानिक सिग्मन्ड फ्रायडका अनुसार मानव व्यक्तित्वलाई इड, इगो र सुपरइगो गरी तिन प्रकारमा विभाजित गर्न सकिन्छ। इड भनेको मानिसको आधारभूत व्यक्तित्व हो, जुन उसले जन्मजात नै लिएर आएको हुन्छ। यो सचेत मस्तिष्कको नियन्त्रणमा हुँदैन र यसमा रिस, कामेच्छा, आवेग आदि पर्दछन्। यस प्रकारको व्यक्तित्वले इच्छा आकांक्षालाई तुरुन्तै पूरा गर्न चाहन्छ र ती इच्छा आकांक्षा  पूरा गर्न जुन हदसम्म पनि जान तयार हुन्छ। चाहनालाई पूरा गर्ने क्रममा भविष्यमा आइपर्ने परिणामलाई यस प्रकारको व्यक्तित्वले खास्सै मतलब राख्दैन। यो  तत्काल  प्राप्त हुने क्षणिक आनन्दका आधारमा चल्ने गर्दछ। भर्खर जन्मिएको बच्चामा हुने व्यक्तित्व भनेको इड मात्र हो र बिस्तारै समाजबाट उसले अरु प्रकारका व्यक्तित्व सिक्दै जान्छ।

एउटा उदाहरण लिऊँ, तपाईंआफ्नो सानो बच्चासँग बजार घुम्न जानुभयो र त्यहाँ उसलाई कुनै खेलौना मनपर्‍यो भने उसलाई त्यो जसरी पनि चाहिन्छ। तपाईंले किनिदिन इन्कार गर्नुभयो भने ऊ रुन्छ, कराउँछ, भुइँमै पल्टिछ। न त उसलाई  आफ्नो इज्जतको मतलब हुन्छ न त तपाईंसँग किनिदिने पैसा छ कि छैन भन्ने कुराको। बस जसरी भए पनि ऊ आफ्नो चाहना पूरा गर्न चाहन्छ। यही नै इड हो।

इगोले  मानिसलाई वास्तविक दुनियाँसँग सम्झौता गरेर अघि बढ्न सिकाउँछ। फ्रायडका अनुसार इगोको विकास इडबाट नै हुन्छ र इड व्यक्तित्वका गुण आवेग, रिस, कामेच्छालाई वरिपरिको समाजले स्वीकृत गर्ने रुपमा प्रस्तुत गर्दछ। इगोले आवेगमा आएर इच्छा आकांक्षा पूरा गर्न खोज्दा हुन सक्ने फाइदा र बेफाइदालाई केलाएर त्यही अनुसार व्यवहार गर्न सिकाउँछ। जस्तो कि अघिकै उदाहरणमा सामान किनिदिन भन्दै बजारमै झगडा गर्दा घर पुगेर पिटाइ पनि खान सकिन्छ भन्दै केही बच्चाले झगडा नगरी आमाबाबुलाई अनुरोध गर्दछन्  र त्यसको बदलामा आफू राम्ररी पढ्ने वाचा पनि गर्दछन्।

सुपर इगोले नैतिकता, असल-खराब, ठिक-बेठिक आदिको आधार प्रदान गर्दछ। कुनै पनि व्यक्तिले आफ्नो अभिभावक र समाजबाट सिकेका कुरा र जिन्दगीमा भोगाइबाट प्राप्त ज्ञानबाट सुपर इगोको निर्माण हुने गर्दछ। यसले मानिसका सामाजिक रुपमा अस्विकार्य इच्छा आकांक्षाहरुमा अंकुश लगाई मानिसलाई सभ्य बनाउँछ। जस्तो कि अघिकै बच्चाले बजारमा मनपरेको सामान देख्दा पनि अभिभावकलाई आर्थिकभार पर्ला कि भनी किनिदिन आग्रह नगर्नु। पाँच वर्षको उमेरबाट मानिसमा सुपर इगोको विकास हुन थाल्छ।

फ्रायडका अनुसार स्वस्थ व्यक्तित्व निर्माणका लागि इड, इगो र सुपर इगोबीच सन्तुलन कायम हुन आवश्यक छ। यदि कसैको व्यक्तित्वलाई इडले बढी नियन्त्रण गर्‍यो भने त्यो मानिस अनियन्त्रित हुने, आवेगमा आउने र आपराधिक घटनाहरुमा संलग्न हुने गर्दछ। इड मानिसले जन्मजात लिएर आएको हुन्छ र बाँकी दुई अभिभावक र समाजबाट सिक्दछ। यदि कुनै बच्चा हुर्किंदा आफ्नो आमाबाबुको राम्रो सामिप्यता माया पाएन भने उसको सुपर इगोको उचित विकास हुन सक्दैन। झगडालु परिवार र अनुचित समाज तथा  साथीभाइ भएमा पनि मानिसको व्यक्तित्वलाई इडले बढी नियन्त्रण गर्दछ किनकि त्यस किसिमको परिस्थितिमा नैतिकता के हो भन्ने कुरा प्रस्ट हुँदैन। त्यस्तो पृष्ठभूमिबाट आएका मानिसले आफ्नो आवेग र सामाजिक रुपमा अनुचित इच्छा आकांक्षालाई आफ्नो काबुमा राख्न सक्दैनन् र क्षणिक आनन्दका लागि हत्या र बलात्कार जस्ता जघन्य अपराध गर्दछन्।

रक्सी र अन्य अधिकांश लागुपदार्थले मानिसको इगो र सुपर इगोलाई सुषुप्त बनाउने हुँदा व्यक्तित्वमा इडको राज चल्दछ, र जाग्दछ कामेच्छा। अनि अर्को दिन समाचार बन्छ– रक्सी सेवन गरी बाबुले गरे छोरीको बलात्कार, दाइद्वारा बहिनीको बलात्कार, ७५ वर्षे वृद्धाको बलात्कार, छोराद्वारा बाबुको हत्या!!

के रक्सी तथा अन्य लागुपदार्थको सेवनपूर्व  ती पात्रहरुले बलात्कार/हत्याका बारेमा सोचेका हुन्छन् त? रक्सी तथा अन्य लागुपदार्थ सेवन गरेको बेला त्यस्तो कुकर्म हुँदैन भन्ने कुरामा तपाईं ढुक्क हुनुहुन्छ? नशाको तालमा इडले तपाईंको व्यक्तित्वमाथि कब्जा गर्दा आवेगमा आउनुहुन्छ। त्यसबेला इच्छा र आकांक्षाले उन्मत्त भई तपाईंले जिन्दगीमै नचिताएको अपराध गर्न सक्ने सम्भावना रहन्छ। त्यसको मतलब तपाईं पनि सम्भावित बलात्कारी हो! इडले व्यक्तित्वमा काबु जमायो भने मानिस पशुसरह व्यवहार गर्दछ। इडको राजमा विवेकले काम गर्दैन र मानिस जनावरतुल्य हुन्छ। बोकाले आफ्नो  कामेच्छा पूरा गर्न  कहिल्यै बाख्रीलाई सोधेको थाहा पाउनुभएको छ?

प्रसिद्ध अमेरिकी मनोवैज्ञानिक बिएफ स्किनरका अनुसार मानिसमा सुपर इगोको विकासमा प्रोत्साहन र सजायले अहम् भूमिका खेल्दछन्। राम्रा कामको उचित प्रोत्साहन भएन र नराम्रा कामको सजाय दिइएन भने सुपर इगोको विकास हुँदैन र त्यसले आपराधिक मानसिकतालाई जन्माउँछ। सुपर इगोको विकासका लागि नैतिक शिक्षाको ठूलो भूमिका रहने गर्दछ। अभिभावक र समाज नैतिकवान् भएमा त्यो  वातावरणमा हुर्कने बच्चामा आपराधिक मानसिकताको विकास हुन पाउँदैन र हत्या, बलात्कार जस्ता जघन्य अपराधको न्यूनीकरण हुन्छ।

इड पुरुषमा मात्र हाबी हुने भन्ने हुँदैन त्यो महिलामा पनि हाबी हुन सक्दछ। तर हाम्रो समाजमा पुरुष बलात्कृत भएको उदाहरण खासै सुनिँदैन जति महिला बलात्कार भएको सुनिन्छ। यसका केही कारण छन्।

महिलाहरु पुरुषभन्दा शारीरिक बलका हिसाबले कमजोर हुन्छन्, जसकारण उनीहरुले पुरुषमाथि जबर्जस्ती गर्न सक्दैनन्। दोस्रो कुरा हाम्रो जस्तो पुरुषप्रधान देशमा महिलालाई उनीहरु कमजोर हुन्छन् भन्ने कुरा उनीहरुको सोचमै थोपरिएको हुन्छ। त्यसैले उनीहरु आफूभन्दा कथित बलिया पुरुषमाथि जबर्जस्ती गरिहाल्न सक्दैनन्, र पुरुषले गरेको जबर्जस्ती पनि सहन बाध्य हुन्छन्। तेस्रो र सबैभन्दा महत्वपूर्ण कुरा यौन सम्पर्क वा  बलात्कारको सम्पूर्ण प्राकृतिक परिणाम (गर्भवती हुनु) महिलाले  बोक्नुपर्दछ। बलात्कारको कुनै पनि प्राकृतिक परिणामको जिम्मेवारी बहन गर्नु नपर्ने भएकाले पनि पुरुषले बढी नै बलात्कार गर्ने गरेको  देखिन्छ।

बलात्कार घटनाको न्यूनीकरणका लागि अपराधीलाई सजाय दिनु आवश्यक छ तर त्यो पर्याप्त भने हुँदैन। त्यसका लागि उचित व्यक्तित्व विकास निर्माण गर्न सभ्य परिवार र समाजको भूमिका रहन्छ। आपराधिक मानसिकता जगाउने कुरामा बन्देज लगाई लैंगिक विभेदको अन्त्य गर्नुपर्दछ। नैतिक शिक्षा प्राप्त हुने सामाजिक क्रियाकलापमा हामीले हाम्रा साना नानीबाबुहरुलाई सहभागी गरायौं भने त्यसले उनीहरुमा असल व्यक्तित्व विकास गराउन सहयोग पुर्‍याउँछ। तर अहिलेको हाम्रो बहस र सरकारको अग्रसरता त्यतातिर बढेको देखिँदैन।  पुँजीवाद, पोर्नोग्राफी आदिलाई बलात्कारको कारक मानेर सरकार त्यसैमा अल्झिरहँदा मुख्य समस्या ओझेलमा पर्छ। जसकारण बलात्कार र अन्य अपराधिक घटना दोहोरिइरहन्छन्।

अर्कोतिर बलात्कारका घटनातर्फ सरकारले देखाएको हल्कापनको प्रमुख कारण नेतृत्व समूहमा भएको पुरुषहरुको हालिमुहाली नै हो। हाम्रो जस्तो समाजमा एउटा पुरुषले कहिल्यै बलात्कारको पीडा बुझ्न सक्दैन र नेतृत्वकर्तामा यो समस्या अलि बढी नै देखिन्छ। महिला हिंसाका घटनालाई गम्भीर रुपमा नलिँदा त्यस्ता घटनामा संलग्न अपराधीको मनोबल झन् बढ्ने हुँदा समाजमा अपराध मौलाउँछ।

अन्त्यमा, हाम्रो जस्तो पुरुषप्रधान देशमा महिलाको नभएर पुरुषको बलात्कार हुने भए बलात्कारविरुद्ध कठोर कानुन उहिल्यै  बन्थ्यो होला। र, अपराधीले पनि यो वा त्यो बहानामा उन्मुक्ति पाउने थिएन होला। नेपाललाईभ

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २५ गतेको राशिफल

आज चैत २५, २०८२ ( अप्रिल ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...