News Portal

  • नेपालमा बर्सेनी २० वर्षभन्दा कम उमेरका ९ हजारले गर्भपतन गराउँछन्

    “सबैभन्दा धेरै गर्भपतन गर्ने बागमती प्रदेश!”

    हिमालीसंचार संवाददाता
    २३२ पटक

    नेपालमा सुरक्षित गर्भपतन गराउनेमध्ये कम्तिमा १० प्रतिशत २० वर्षभन्दा कम उमेरका रहेको पाइएको छ । परिवार कल्याण महाशाखाका अनुसार आर्थिक वर्ष ०७७/७८ सालमा ७९ हजार ९५३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

    नेपालमा अनिश्चित गर्भ रहेमा १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन पाइने प्रावधान छ । गएको तीन वर्षमा २० वर्षभन्दा कम उमेर समूहमा सुरक्षित गर्भपतन गराउनेहरुको आँकडा हेर्दा वार्षिक नौ हजार जनासम्मले गर्भपतन गराएको अभिलेखिकरण पाइएको छ । 

    सुरक्षित गर्भपतन गराउने २० वर्षभन्दा कम उमेर समूहका सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन् । यस्तै, सबैभन्दा कम सुरक्षित गर्भपतन गर्ने वृद्ध समूह गरेका छन् । विस २०७४/७५ सालमा सुरक्षित गर्भपतन गराउने २० वर्ष भन्दा कम उमेरका ९ हजार ८६४ जना थिए । यस्तै, २०७५/७६ सालमा ८ हजार १६० जनाले गर्भपतन गराएकोमा ७ हजार ९०८ जनाले सुरक्षित गर्भपतन गराएका थिए । यस्तै, उल्लेखित तीन वर्षमा २० वर्षभन्दा कम उमेरका युवतीले क्रमशः १० प्रतिशत, ९ प्रतिशत, ९ प्रतिशतले सुरक्षित गर्भपतन गराएको सरकारी आँकडाले देखाउँछ 

    परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको परिवार नियोजन तथा सुरक्षित गर्भपतन शाखाका प्रमुख नर्स सगुन थापाका अनुसार दैनिक १४ देखि १६ जनासम्मले सुरक्षित गर्भपतन गराउँछन् । जसमा २० वर्षभन्दा कम उमेरका दैनिक एक–दुई जना आइपुग्छन्  । महिनामा करिब ४ सय ८० जनाले सुरक्षित गर्भपतनको सेवा लिन्छन् भने तीमध्ये २० वर्षभन्दा कम उमेर समूहका १५ देखि १८ जनामा सुरक्षित गर्भपतनका लागि अस्पताल पुग्ने गर्छन् । 

    प्रसूति गृहमा वार्षिक रुपमा सरदरमा २१६ जनाले  सुरक्षित गर्भपतन गराएको अस्पतालले जनाएको छ । प्रसूति अस्पतालका नर्स थापाका अनुसार २० वर्षभन्दा कम उमेर समूहका युवती सुरक्षित गर्भपतनका लागि न्यून सङ्ख्यामा आउने गरेका छन् । सुरक्षित गर्भपतन गराउन सरकारी स्वास्थ्य संस्थामा भन्दा निजी स्वास्थ्य संस्थामा २० वर्षभन्दा कम उमेरका पुग्ने गरेको परिवार कल्याण महाशाखाका एक अधिकारीको भनाइ रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २३ गतेको राशिफल

    आज भदौ २३, २०८२ (सेप्टेम्बर ८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    ‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमान घिसिङको पनि साथ, जनाए ऐक्यबद्धता

    काठमाडौँ। उज्यालो नेपाल अभियानका अभियन्ता कुलमान घिसिङले सोमबार हुन लागेको ‘जेनजी’ पुस्ताको भ्रष्टाचारविरोधी प्रदर्शनलाई समर्थन...

    जेन जेड आन्दोलनमा दुर्गा प्रसाईं ‘नट अलाउड’

    काठमाडौं, भदौ २२ – भोलि माइतीघरमा हुने जेन जेडको स्वतःस्फूर्त आन्दोलनमा व्यवसायी दुर्गा प्रसाईंलाई सहभागी...

    बालेनले जेन-जी प्रदर्शनलाई समर्थन जनाए

    काठमाडौं, भदौ २२ – सामाजिक सञ्जाल बन्दको विरोधमा काठमाडौंमा भोलि हुने जेएनजी (Zen G) युवा...

    दुर्गा प्रसाईं जेएनजी पुस्ताको आन्दोलनमा सहभागी हुने

    काठमाडौँ, भदौ २२  – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भ्रष्टाचारविरुद्ध भइरहेको आन्दोलनमा साथ दिने भएका छन्।...