News Portal

सहिद पूर्ण स्मृति प्रतिष्ठानको आयोजनामा जिल्लाव्यापी भलिबल प्रतियोगिता हुने

हिमाली संचार संवाददाता
८८८ पटक

प्रविन शाही 
दैलेख – शहिद पूर्ण स्मृति प्रतिष्ठान दुल्लूको आयोजनामा पालिकास्तरिय जिल्ला व्यापि खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ ।

दैलेख जिल्ला क्षेत्र नं. २ का क्षेत्रिय सभापति शहिद पूर्णबहादुर भण्डारीको १६ औं स्मृति दिवसको अवसरमा असोज १४ गतेदेखि १६ गतेसम्म खुल्ला भलिबल प्रतियोगिता हुने भएको हो ।

जिल्लाका ११ वटै स्थानिय तहहरुबाट खेलाडिहरु सहभागिता रहने आयोजकले जनाएको छ । प्रतियोगिताबाट विजेतालाई प्रथम, द्वितिय र तृतियलाई क्रमशः रु ५० हजार, ३० हजार र २० हजार रकम सहित सिल्ड र प्रमाणपत्र समेत पुरस्कृत गरिने आयोजकको भनाई छ । उक्त प्रतियोगिता को राशि जिल्लाकै ठूलो रहेको आयोजकको दावि छ ।

प्रतियोगितामा सहभागी हुनसक्ने प्रत्येक टिमका १० जना खेलाडी र एक जना प्रशिक्षकलाई खान र बस्न को व्यवस्था गरेको प्रतिष्ठानका अध्यक्ष रत्नबहादुर शाहीले जानकारी दिए । सहभागि खेलाडिहरुले आफ्नो परिचय खुेल्ने गरी नागरिकत वा जन्मदर्ताको एक थान प्रतिलिपी अनिवार्य बुझाउन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...