News Portal

अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

हिमालीसंचार संवाददाता
३६५ पटक

धादिङ – अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ ।

अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा “अति आवश्यक पर्ने स्वास्थ्य उपकरण स्थानीय स्वास्थ्य निकायहरुमा वितरण गरौ, आफन्तको ज्यान बचाऔ” भन्ने नाराका साथ धादिङ समाज जापान, धादिङ समाज युएई, धादिङ समाज कोरिया, धादिङ समाज अष्ट्रेलिया, धादिङ समाज अमेरिका, धादिङ समाज बेल्जियम, धादिङ समाज भारत लगायत विभिन्न देशमा रहेका धादिङवासी प्रवासीहरुले संचालन गरेको अभियानद्धारा स्वास्थ्य सामाग्रीहरु उपलब्ध गराइएको अन्र्तराष्ट्रिय धादिङ समाजका संरक्षक भुवन गुरुङले बताए । 

पहिलो पटकको कोरोना महामारीमा पहिलो चरणमा स्वास्थ्य सामाग्री वितरण,  दोस्रो चरणमा खाद्यान्न सामाग्री वितरण र तेस्रो चरणमा “डिजिटल हेल्थ क्याम्प” संचालन गरको समाजले नेपालमा कोरोनाको दोस्रो भेरियन्ट महामारीको रुपमा फैलिएसँगै धादिङ जिल्लाका विभिन्न स्थानीय तहमा अत्यावश्यका स्वस्थ्य सामाग्री वितरण गरिएको समाजका प्रवक्ता राजन खकुरालले जानकारी दिए । 

दोस्रो चरणको कार्यक्रम अन्र्तगत धदिङ समाज अष्ट्रेलियाका सल्लाहकार निराजन गौली र अध्यक्ष सविन थपलियाको पहलमा कम्युनिटी पार्टनर्स इन्टरनेशनल र एमआईटी फाउन्डेसनबाट प्राप्त अक्सिजन कन्सन्ट्रेटर दुई दुई थान सहित समाजले खरिद गरेको नेबुलाईजर १० थान, केएन ९५ मास्क सय वटा, फेसमास्क ४०० वटा, पल्स अक्सिमिटर ५ वटा, डिजिटल थर्मोमिटर १० वटा र ग्लब्स ३ प्याकेट का दरले स्वास्थ्य सामाग्रीहरु सात स्थानीय तहमा हस्तान्तरण गरिएको थियो । 

समाजले कार्यक्रममा हस्तान्तरण गरिएका स्वास्थ्य सामाग्रीहरु रुवीभ्याली गाउँपालिकाबाट स्वास्थ्य संयोजक राजबहादुर तामाङ, खनियाबाँस गाउँपालिकाबाट स्वास्थ्य संयोजक आइत बहादुर तामाङ, नीलकन्ठ नगरपालिकाबाट सि.अ.न.मी.निरिक्षक मिश्र सिलवाल, बेनीघाट रोराङ गाउँपालिकाबाट स्वास्थ्य संयोजक शंकरबाबु दुवाडी, गजुरी गाउँपालिकाबाट स्वास्थ्य संयोजक डा.रामहरी रेग्मी, ज्वालामुखी गाउँपालिकाबाट स्वास्थ्य संयोजक सुजन श्रेष्ठ र गल्छी गाउँपालिकाबाट स्वास्थ्य संयोजक रामप्रसाद ज्ञावलीले बुझिलिएका थिए ।

अन्तर्राष्ट्रिय धादिङ समाजका अध्यक्ष नानुकाजी अर्यालको सभापतित्वमा सम्पन्न हस्तान्तरण कार्यक्रममा बरिष्ठ जनस्वास्थ्य प्रशासक भुवन पौडेलको प्रमुख आतिथ्यता रहेको थियो । महासचिव प्रमोद भट्टले संचालन गरेको कार्यक्रमलाई वरिष्ठ उपाध्यक्ष दिनेश तामाङले स्वागत गरेका थिए । 

जिल्ला जनस्वास्थ्य कार्यालय धादिङको हलमा सम्पन्न स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा समाजका प्रथम अध्यक्ष अर्जुन प्रसाद धरेल, कोषाध्यक्ष अर्जुन सिटौला, सचिव दिपक कँडेल लगायत विभिन्न राष्ट्रका प्रतिनिधी र स्वास्थ्य संयोजकहरुको उपस्थिती रहेको थियो ।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...