News Portal

  • युएईबाट अर्डर, नेपालमा डेलिभरी इकमर्स व्यवसायमा भविस्य खोज्दै -कल्पना

    हिमालीसंचार संवाददाता
    ४११ पटक

    रामप्रसाद ढुंगेल– युएई- पेसाले नर्स हुन बुटवलकी कल्पना गौंड । युएईको उत्तरी राज्री रास अल खेमाको एक अस्पतालमा कार्यरत नेपाली नर्स कल्पना गौंड सामाजिक संजाल टिकटकमा पनि सकारात्मक र देशभक्त सन्देशहरुका कारण एउटा ठुलो जमातमा प्रख्यात छिन् ।
    अस्पतालमा नियमित काम गरिरहेकी कल्पना आफ्नो पेशाका अतिरिक्त युएईमा ईकमर्स व्यावसायलाई फस्टाउदै लगेकी छन् ।

    युएईबाट अर्डर, नेपालमा डेलिभरी

    युएईबाट अर्डर गरेका सामान नेपालका मुख्यमुख्य सहरमा डेलिभरी दिने व्यवस्था फेमकलले गरेको छ ।
    बर्थडे केक, गिफ्ट आइटम लगायत गार्मेन्ट अन्य सामग्रीहरु सुपथ मुल्यमा नेपालका प्रमुख सहरमा रहेका घरघरमा पुर्‍याउने व्यवसायी कल्पनाले बताएकी छन् ।
    न्युनतम ३० दिरामदेखिका स्वादिष्ट केकहरु घरघरमा पुर्‍याउने दाबी फेमकलले गरेको छ ।
    व्यापार विस्तारको क्रममा दुवईको बर दुबईमा मुख्य कार्यालय स्थानान्तरण गर्ने र फेमकलको शाखा अन्य गल्फ देशहरुमा फैलाउने लक्ष्य लिइएको छ ।

    के-के पाइन्छ फेमकलमा ?

    नेपालीपन, नेपाली उत्पादन, नेपाली मौलिकता र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने उदेश्य लिएर यो व्यापार शुरु गरेको युवा व्यावसायी कल्पनाले बताएकी छन् ।
    कोरोनाको कारण फस्टाउन थालेको अनलाइन कल्चरलाई सदुपयोग गर्न कल्पनाले राकमा फामकल स्टोर्स एलएलसी संचालनमा ल्याएकी हुन् ।
    युएईमा कार्यरत सबै देशका बासिन्दाहरुलाई नेपाली उत्पादनहरुबारे जानकारी दिई नेपाली उत्पादनको बजारीकरण गर्न आफुले यो व्यावसाय शुरु गरेको व्यावसायी कल्पना गौंडले जानकारी दिएकी छन् ।
    नेपाली टि-शर्ट, नेपाल र नेपाली झन्डा अंकित सामानहरु, पस्मिना, चरेसका थाल, भादगाउँले टोपी, हस्तकलाका सामग्री,आकर्षक गहनाहरु लगायतका नेपालीपन झल्काउने सामानहरु बिक्री गरिने व्यावसायी गौंडले जानकारी दिएकी छन् ।
    नेपाल वा युएईमै रहेका नेपालीले कुनै मौलिक हस्तकलाका सामग्री तयार पारेको खण्डमा उक्त सामग्रीको बजारीकरण गर्न सघाउले व्यवसायी गौंडले बताएकी छन् ।अमेरिकाको लोकप्रिय अनलाइन इकमर्स व्यावसायिक संस्था अमेजनको आधिकारिक एजेन्टको रुपमा रहेको यो अनलाइन व्यावसायको औपचारिक उदधाटन गत २० अक्टोबरमा गरिएको प्रतिभाशाली युवा व्यावसायी गौंडले जानकारी दिएकी छन् ।

    सामाजिक संजालमा सक्रिय र स्मार्ट प्रयोगकर्ताको छवि बनाएकी कल्पनाका हजारौं फलोअरहरु फेसबुक, टिकटक र इन्स्ट्राग्राममा रहेका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल साउन ३१ गतेको राशिफल

    आज साउन ३१, २०८२ (अगस्त १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशिफल...

    कुवेतमा विषाक्त मदिराले ९ नेपालीसहित २३ जनाको मृत्यु, सयौं बिरामी

    काठमाडौँ, साउन ३० – खाडी मुलुक कुवेतमा लुकीछिपी बिक्री हुने विषाक्त मदिरा सेवनका कारण ९...

    बीपी राजमार्गमा राति सवारीसाधन सञ्चालनमा रोक, १५ भदौसम्म लागू

    काभ्रेपलाञ्चोक, साउन ३० – काभ्रेपलाञ्चोक र सिन्धुली प्रशासनले बाढी तथा पहिरोको जोखिमलाई ध्यानमा राख्दै बीपी...

    सभामुख घिमिरेद्वारा कुलिङ पिरियड छानबिन प्रतिवेदन कार्यान्वयन निर्देशन

    काठमाडौं, साउन ३० – संघीय निजामती सेवा विधेयक, २०८० सम्बन्धी त्रुटि उजागर गर्ने संसदीय छानबिन...

    दरभंगा विश्वविद्यालयको नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पक्राउ, ६ महिनाको जेल सजाय

    काठमाडौं, साउन ३० – नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी शिक्षक पदमा नियुक्ति लिएको प्रकरणमा विशेष...