News Portal

हाफ म्याराथनमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पहिलो

हिमाली संचार संवाददाता
७०४ पटक

काठमाडौं – नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की हाफ म्याराथनमा मंगलबार पहिलो भएका छन् ।

संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको हाफ म्याराथनको निर्धारित २१ किलोमिटर दूरी गोपीले १ घण्टा १० मिनेट ५३ सेकेन्डमा पूरा गरेका हुन् ।

उनले ५० हजार नगद पुरस्कार हात पारे । चाथौ पटक हाफ म्याराथनमा सहभागिता जनाएका पार्कीले दोश्रो स्वर्ण हो । यसअघि गोपीले २०७२ सालमा भएको कान्तिपुर हाफ म्याराथन जितेका थिए ।

नेपाली सेनाका होमलाल श्रेष्ठ दोश्रो भए । उनले १ घण्टा ११ मिनेट ०५ सेकेन्डमा दौड सिध्याए । तेश्रो भएका सेनाकै हरिकुमार रिमालले १ घण्टा १२ मिनेट २५ सेकेन्ड समय खर्चे । हरि १२ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत ५ हजार मिटर दौडका कांस्य विजेता हुन् ।

सेनाकै खगेन्द्र भाट चौथो भए । उनले निर्धारित दूरी पूरा गर्न १ घण्टा १२ मिनेट ४३ सेकेन्ड समय लगाए ।

दोश्रो हुनेले ३० हजार, तेश्रोले २० हजार पाए । त्रिपुरेश्वरस्थित राखेप हाताबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः राखेपमै आएर टुंगिएको म्याराथनमा ९५ पुरुष खेलाडी सहभागी थिए ।

संविधान दिवसकै अवसरमा राखेपले आयोजना गरेको मैत्रीपूर्ण टी- २० क्रिकेटमा नेपाल रातोले जित हात पार्‍यो । टीयू क्रिकेट मैदानमा भएको खेलमा नेपाल रातोले नेपाल नीलोलाई ६ विकेटले पराजित गर्‍यो ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...