News Portal

एसिया कपमा पाकिस्तानको विजयी सुरुवात, हङकङ ८ विकेटले पराजित

६६३ पटक

युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै टेष्ट नेशन राष्ट्र पाकिस्तानले विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा इमाम उल हकले अविजित ५० रनको अर्धशतकीय पारी खेले । उनले ६९ बलमा ३ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । बाबर आजमले ३३ र फकर जमानले २४ रन बनाए ।

पाकिस्तानविरुद्ध हङकङका इसान खानले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाउन सक्यो ।

सुरुवाती समयमै एकपछि अर्को विकेट गुमाएको हङकङले बलियो टिम पाकिस्तानविरुद्ध राम्रो रन बनाउन सकेन । हङकङका लागि अजिज खानले २७, किनचिट साहले २६ तथा कप्तान अन्सुमान रथले १९ रन बनाए । हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान खानले ३ तथा हसन अली र शहदाब खानले २-२ विकेट लिए ।

एसिया कपमा आज अफगानिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंका आफ्नो पहिलो खेलमा नै बंगलादेशसँग १३७ रनको भारी अन्तरले पराजित भएको थियो । यता, अफगानिस्तानको भने यो पहिलो खेल हो ।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...