News Portal

एसिया कपमा पाकिस्तानको विजयी सुरुवात, हङकङ ८ विकेटले पराजित

६०२ पटक

युएईमा जारी एसिया कप क्रिकेटमा हङकङलाई पराजित गर्दै टेष्ट नेशन राष्ट्र पाकिस्तानले विजयी सुरुवात गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पाकिस्तानले हङकङलाई ८ विकेटले पराजित गरेको हो । हङकङले दिएको ११७ रनको लक्ष्य पाकिस्तानले २३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

पाकिस्तानको जितमा इमाम उल हकले अविजित ५० रनको अर्धशतकीय पारी खेले । उनले ६९ बलमा ३ चौका र १ छक्काको मद्दतमा अर्धशतक पूरा गरेका थिए । बाबर आजमले ३३ र फकर जमानले २४ रन बनाए ।

पाकिस्तानविरुद्ध हङकङका इसान खानले २ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हङकङ ३७.१ ओभरमा सबै विकेटको क्षतिमा ११६ रन मात्रै बनाउन सक्यो ।

सुरुवाती समयमै एकपछि अर्को विकेट गुमाएको हङकङले बलियो टिम पाकिस्तानविरुद्ध राम्रो रन बनाउन सकेन । हङकङका लागि अजिज खानले २७, किनचिट साहले २६ तथा कप्तान अन्सुमान रथले १९ रन बनाए । हङकङलाई सस्तैमा समेट्न पाकिस्तानका उस्मान खानले ३ तथा हसन अली र शहदाब खानले २-२ विकेट लिए ।

एसिया कपमा आज अफगानिस्तानले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंका आफ्नो पहिलो खेलमा नै बंगलादेशसँग १३७ रनको भारी अन्तरले पराजित भएको थियो । यता, अफगानिस्तानको भने यो पहिलो खेल हो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...