News Portal

माल्दिभ्सको पोल्टामा च्याम्पियनसिपको उपाधि

हिमाली संचार संवाददाता
६५१ पटक

सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ ।

शनिबार भएको फाइनलमा भारतलाई २-१ गोल अन्तरले हराउँदै माल्दिभ्सले समूह चरणमा व्यहोरेको हारको बदला मात्र लिएन, उपाधि पनि उचालेको छ ।

माल्दिभ्स समूह चरणमा एउटा पनि जित निकाल्न नसकेको टिम हो । तर, सेमिफाइनलमा नेपाललाई ३-० ले हराएको उनले भारतलाई पनि पन्छाउँदै उपाधि उचाल्यो ।

ढाकास्थित बंगबन्धु अन्तराष्ट्रिय रंगशालामा भएको खेलमा माल्दिभ्सले १९ औं मिनेटमा नै इब्राहिम महुयीको गोलबाट सुरुवाति अग्रता लिएको थियो ।

खेलको ६६ औं मिनेटमा अली फासिरले गोल गर्दै अग्रता दोब्बर पारे । खेलको इन्जुरी टाइममा भारतका सुमित पासीले गोल गरेपनि उपाधि रक्षा गर्न पयाप्त रहेन ।

प्रतिकृया दिनुहोस्

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...

माघ ८ गते प्रकाशित समाचारमा उत्तम कटुवालको खण्डन प्रकाशित

काठमाडौं, — झापासँग सम्बन्धित विभिन्न विषयमा प्रकाशित समाचारप्रति उत्तम कटुवालले गम्भीर आपत्ति जनाउँदै औपचारिक खण्डन...

आज २०८२ साल चैत १८ गतेको राशिफल

आज चैत १८, २०८२ ( अप्रिल १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

मधेश केन्द्रित नेतासँग संवादमा लामिछाने, विकासमा सहकार्यको संकेत

काठमाडौं, चैत १७ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने ले मधेश केन्द्रित दलका शीर्ष...