News Portal

  • दिवंगत बुवामुवाको स्मृतिमा समाजसेवी शाहीले निर्माण गर्दै खानेपानी आयोजना

    हिमालीसंचार संवाददाता
    १४५६ पटक

    सुर्खेत – समाजसेवी तथा निर्माण व्यावसायि बखत शाहीले आफ्ना दिवंगत बुबामुमाहरुको सम्झनामा गाउँमा खानेपानी आयोजना निर्माणको थालनी गरेका छन्। वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ को चाँदनी चोकस्थित ट्यांकीबाट त्यहाँका २ सय ५० घरधुरीका लागि खानेपानी आयोजनाको निर्माण शुरु भएको छ।

    समाजसेवी शाही र उनकी पत्नी निर्मला शाहीको संयुक्त खर्चमा बुवा हर्कबहादुर शाही र मुमाहरु तुल्सीदेवी शाही, रामकुमारी शाहीको स्मृतिमा खानेपानी आयोजना निर्माण हुदैछ। असोज अन्तिम देखि शुरु भएको उक्त आयोजनालाई कार्तिक महिनाभित्र सम्पन्न गर्नेगरी तिब्र गतिमा काम भैरहेको छ।

    उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतमा कार्यरत शाही र कृष्ण संस्कृत तथा साधारण माध्यमिक विद्यालय इत्राममा शिक्षण पेशामा आवद्ध उनकी पत्नी निर्मलाले आफूहरुले कमाएको वार्षिक आम्दानीलाई लगानी गरेर खानेपानी आयोजना निर्माण गर्न लागिएको छ।

    “दिवंगत बुवामुवाहरुको स्मृतिमा हामीले बिरेन्द्रनगर जस्तो कर्णाली प्रदेशको राजधानीमा बसोबास गर्ने दाजुभाइ दिदिबहिनीलेसमेत खानेपानीबाट बन्चित हुनुको पिडालाई बोध गरेर यो परियोजना निर्माण गर्न लागेका हौं” शाहीले भने।

    शाही दम्पतीले निर्माण गर्न लागेको यस परियोजनामा गाउँकै मुहानको पानीलाई ट्यांकीमा रिर्जभ गरी त्यही धारा जडान गरिदैछ। यसको लागत ५ लाख जति लाग्ने अनुमान गरिएको छ। खानेपानी आयोजना स्थल नजिकै प्रतिक्षालयसमेत निर्माण गरिने शाही दम्पतीले बताए।

    आयोजनाको निर्माण तिब्र गतिमा भैरहेको देखेर स्थानीयहरु हर्षित भएका छन्। एक स्थानीयले स्वच्छ खानेपानी पिउन पाउने सपना साकार हुन लागेको प्रति असाध्यै खुसी व्यक्त गरेका छन्, उनले भने “राजा भनेको राजै हो”। ठकुरीहरुलाई सम्बोधन गर्दा राजा भन्ने चलन छ।

    बाल्यकाल देखिनै समाजसेवी भाव राख्ने शाहीले थुप्रै सामाजिक काम सम्पन्न गरिसकेका छन्। गतवर्ष देखी स्वर्गीय बुबामुवाहरुको स्मृतिमा शाही दम्पतीले सामुदायिक विद्यालयहरुमा एक लाख बराबरको अक्षयकोष स्थापना गरेर गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिरहेका छन्।

    बिरेन्द्रनगर नगरपालिका वडा नम्बर ९ स्थित कोपिला माध्यमिक विद्यालय, पर्सेनिमा एकलाख बराबरको अक्षयकोष शुरुआत भैसकेको छ। यस्तै अन्य थुप्रै सामुदायिक विद्यालयहरुमा अक्षयकोष स्थापना गर्ने शाहीको लक्ष्य रहेको छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ७ गतेको राशिफल

    आज असार ७, २०८२ (जुन २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    २०८२असार ६ गते शुक्रबार संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै...

    तीन दलको बैठकमा सत्य निरूपण आयोगको कार्यालय सार्ने निर्णय, अनावश्यक भाडा खर्चप्रति असन्तोष

    काठमाडौं, असार ६ – संक्रमणकालीन न्याय प्रक्रियामा सक्रिय सत्य निरूपण तथा मेलमिलाप आयोगको कार्यालय अहिले...

    भिजिट भिसा प्रकरणमा रास्वपा र राप्रपा एकै धारमा, संसद् बहिष्कार गर्दै दबाव बढाउँदै

    काठमाडौं, असार ६ – भिजिट भिसा प्रकरणलाई लिएर लामो समयदेखि आ-आफ्नै शैलीमा विरोध गर्दै आएका...

    बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

    ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ। बेनेलक्स...