News Portal

बेल्जियमस्थित नेपाली दूतावासमा अन्तरक्रिया

४३८ पटक

ब्रसेल्स। ब्रसेल्सस्थित नेपाली दूतावासले बेल्जियममा सक्रिय नेपाली संघसंस्था एवम् समाजका अगुवाहरुसंग अन्तरक्रिया गरेको छ।

बेनेलक्स एवम् युरोपेली संघका लागि नेपाली राजदुत नियुक्त भएर ३ महिना अघि कार्यभार सम्हाल्न आएकी पूर्वपरराष्ट्र सचिव सेवा लम्सालले आगामी कार्ययोजना बनाउन सहयोग पुगोस् भनेर नेपाली समुदायको सुझाव लिन अन्तरक्रियाको आयोजना गरिएको बताइन्।

डायस्पोराका संघसंस्थासंग विशेष गरि ४ वटा बुँदा “नेपालमा पर्यटन प्रबर्धन एवम पर्यटकीय गन्तब्यको प्रभावकारी प्रचारप्रसार, नेपालमा लगानी भित्र्याउन दूतावासले खेल्नुपर्ने भूमिका, बेल्जियममा उपलब्ध रोजगारीका अवसर र चुनौती, दूतावासको सेवा प्रवाहलाई सरलीकृत गर्न के कस्ता उपाय अपनाउन सकिन्छ ?” भन्ने बारेमा सुझाव मागिएको थियो ।

बुधबार आयोजित अन्तरक्रियामा उपस्थित नेपाली समुदायका अगुवा तथा विभिन्न संघसंस्थाका पदाधिकारीहरुले बेल्जियममा बिसौ बर्षदेखि भोग्दै आएका समस्या र समाधानका लागि व्यावहारिक उपाय र कूटनीतिक पहल, लगानी र पर्यटन प्रबर्धनका लागि नेपाल सरकारले गर्नुपर्ने र सुधार्नुपर्ने नीतिनियम एवं युरोपको श्रम बजारमा नेपाली जनशक्तिको पहुँचका लागि गर्न सकिने काम लगायत एनआरएन नागरिकता, दोश्रो पुस्तालाई नेपालसंग जोड्नका लागि पहल, भिसा सम्बन्धि समस्या, हवाई यातायात समस्या, युरोपमा नेपाली वायु सेवा कम्पनिहरु माथि लगाइएको प्रतिबन्ध फुकुवाको पहल साथै योग, ध्यान, नेपाली परिकार, कला संस्कृतिमार्फत नेपालको प्रबर्धन गर्ने लगायतका सुझावहरु दिएका थिए।

यसैगरी सहभागीहरुले दूतावासको सेवासुविधा चुस्त बनाउन आधुनिक प्रविधिको प्रयोग, सेवाग्राहीलाई सेवा सम्बन्धि सचेतना जगाउन कार्यक्रम, पर्यटन गन्तव्यको रुपमा नेपाललाई प्रवर्धन गर्न बेल्जियमका मिडियाहरुमा प्रचारप्रसार, नेपाली व्यावसायिक संस्था (रेस्टुरेन्ट, पसल)हरुमा नेपाल झल्काउने सामग्री वितरणको ब्यबस्था, नेपाल फेस्टिबल, फूड फेस्टिबल गरिरहेका नेपाली संघसंस्थाहरुसंग सहकार्य र प्रोत्साहन, नेपाली मूलका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र परिक्षाको ब्यबस्था, आफ्ना नजिकका बेल्जिक साथीहरुलाई नेपालको भ्रमणमा जान प्रोत्साहन गर्ने लगायतका दूतावास र नेपाली समुदायले गर्न सक्ने थुप्रै विषयमा सुझाव दिएका थिए।

नेपाली दूतावास बेल्जियमका तृतीय सचिव रमेश गैरेले सहजीकरण गरेको अन्तरक्रिया कार्यक्रममा राजदूत लम्सालले सबै सहभागीहरुलाई स्वागत गरिन्।

उनले आफ्नो बेल्जियम आगमनको १२० दिन मात्र पुगेको भएपनि आफु दशकौंदेखि बेल्जियमको वस्तुस्थितिबारे जानकार रहेको बताइनन्। उनले प्रवासमा बसेर पनि नेपाल र नेपालीको हितका लागि निस्वार्थ सेवा गरि रहेका नेपाली संघ संस्था तथा अगुवाहरुको प्रशंसा गर्दै छलफलबाट प्राप्त सुझावहरु कार्यपुस्तिका बनाएर राख्ने र सोहि अनुसार कार्या न्वयन गर्दै जाने प्रतिबद्धता पनि व्यक्त गरिन्।

उनले नेपालमा लगानीका लागि व्यवसायीहरु, नेपालको प्रचारप्रसारका लागि संचारकर्मीहरु, रोजगारीका लागि पेशाकर्मी तथा संस्थाहरु, भाषा साहित्य र कलासंस्कृतिको प्रबर्धन एबम प्रचार प्रसारका लागि कलाकार, साहित्यकार, जातीय तथा सांस्कृतिक संस्थाहरुलाई दूतावाससंग सहकार्य गर्न अनुरोध गरिन्।

कार्यक्रममा नेपाली दूतावासका द्वितीय सचिव रूस कार्की, एनआरएनए बेल्जियम अध्यक्ष सीता सापकोटा, एनआरएनए बेल्जियमका पूर्व अध्यक्षहरु एवं केन्द्रीय पदाधिकारीहरु पीजी शेर्पा, गंगाधर गौतम, लोक दाहाल, चित्र सुवेदीका साथै बेल्जियमस्थित सांस्कृतिक, सामाजिक, क्षेत्रीय संघसंस्थाका पदाधिकारीहरु र पत्रकारहरुको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...