News Portal

  • संसदको गतिबिधिले जनतामा छाएको निरासा – कमला थापा

    ३१२ पटक

    २०८२असार ६ गते शुक्रबार

    संसदमा अहिले आर्थिक बजेट ०८२/८३ माथि छलफल सुरु भैरहेको छ। साथै संसद अबरोध पनि संगसंगै भएको छ। संम्पन्न मूलुकहरुमा भिजिट भिसामा जानेहरुसंग ३ लाख र रोजगारिका लागि खाडि मूलुक जानेहरुसंग ५० हजार अध्यागमनले लिने गरेको बिषयलाई लिएर गृहमन्त्रीको राजीनामा माग गर्दै दैनिक संसद अबरोध छ। गठबन्धनको झन्डै दुई तिहाईको सरकारले प्रतिपक्षको अवरोधका बाबजुद पनि संसद पेलेर चलाई रहेको छ। यो संसदिय ब्यबस्थाको उपहास हो। संसद जहिले पनि प्रतिपक्षको हुन्छ। एमाले नेतृत्वको सरकारलाई यो हेक्का हुनुपर्ने हो। हिजो आफुले ५७ दिन, ३ महिना, १९ दिन यस्ता अनगिन्ती रुपमा संसद अबरोध गरेको थियो। आज पेलेर चलाउन मिल्छ की मिल्दैन ? त्यसैले यहाँ बाध्य भएर भन्नुपर्छ। एमालेलाई सरकारमा राखेपनि ठिक छैन। प्रतिपक्षमा भएपनि ठिक छैन। संसद‌ सधै अबरोध।

    “माओवादीको यो चरित्र नौलो होईन MCC पास गर्ने बेलामा पनि हामी कुनै हालतमा पास गर्न दिदैनौं भन्दै आएको थियो। अन्तमा सबै मिलेर पास गरे‌। त्यो उनिहरुको बार्गेनिङ हो। भ्रष्टाचारमा बराबरी डेरा जमाएकाहरु एक आपसबाट अलग हुनै सक्दैनन्। अलग भएको दिन जेल जानुपर्छ। त्यसैले चिसै पानिले नुहाउन तयार हुन्छन्।”

    अहिले प्रतिपक्ष पनि उस्तै देखियो। प्रतिपक्ष माओवादीले गृहमन्त्रीको राजिनामा माग गर्दै संसद अबरोध गर्दै आएको थियो। सरकारसंग लेनदेन र आफ्ना मान्छेलाई धरपकट नगर्ने सर्तमा प्रमुख प्रतिपक्षले आफ्नो अडान छोड्यो। माओवादीको यो चरित्र नौलो होईन MCC पास गर्ने बेलामा पनि हामी कुनै हालतमा पास गर्न दिदैनौं भन्दै आएको थियो। अन्तमा सबै मिलेर पास गरे‌। त्यो उनिहरुको बार्गेनिङ हो। भ्रष्टाचारमा बराबरी डेरा जमाएकाहरु एक आपसबाट अलग हुनै सक्दैनन्। अलग भएको दिन जेल जानुपर्छ। त्यसैले चिसै पानिले नुहाउन तयार हुन्छन्। सहायक प्रतिपक्षलाई पेलेर संसद चलाईएको छ। यो संसदिय ब्यबस्थाको शिद्वान्त बिपरित हो। त्यसैले जनता भन्न बाध्य छन्। यो ब्यबस्था पूर्ण रूपमा असफल‌ भैसकेको छ।

    “सांसदहरु बजेट बिनियोजनमा मनपरि भएको भन्दै रोष्टमबाट बिरोध जनाईरहेका छन्। उनिहरुको भाषा यतिसम्म तल्लो स्तरको छ। जुन भाषा सडकमा पनि बिरलै प्रयोग गरियोस। अस्ति “एक जना पूर्बमन्त्रीले यो सरकारले बजेट आफ्ना आसेपासे, दलाल र बिचौलियालाई मात्र दिएको छ।” तिन ठुला पार्टिहरुको सिन्डिकेटमा बितरण भएको बजेट आफुहरुलाई कुनै हालतमा मान्ने नहुने कुरा ब्यक्त गरे भने, हिजो त एकजना सांसदले संसदमै बजेट च्यादिदिए।”

    संसदिय ब्यबस्थामा रोष्टम घेर्नु मात्र अबरोध होईन। संसदमा एक जना सांसादले उठेर बिरोध जनाएको अबस्थामा मात्र पनि संसद चल्न सक्दैन। बोल्नु त परै जाओस्। अहिले संसदको गतिविधि हेर्ने हो भने यसलाई नौटंकी भन्नु बाहेक अरु छैन। संसदमा न त संसदिय मर्यादा छ न संसदिय भाषा, शैलि नै, पोसाक ! सांसदहरु बजेट बिनियोजनमा मनपरि भएको भन्दै रोष्टमबाट बिरोध जनाईरहेका छन्। उनिहरुको भाषा यतिसम्म तल्लो स्तरको छ। जुन भाषा सडकमा पनि बिरलै प्रयोग गरियोस। अस्ति “एक जना पूर्बमन्त्रीले यो सरकारले बजेट आफ्ना आसेपासे, दलाल र बिचौलियालाई मात्र दिएको छ।” तिन ठुला पार्टिहरुको सिन्डिकेटमा बितरण भएको बजेट आफुहरुलाई कुनै हालतमा मान्ने नहुने कुरा ब्यक्त गरे भने, हिजो त एकजना सांसदले संसदमै बजेट च्यादिदिए। यस्तै भाषा आन्दोलनकारीले बोलेको भरमा राजकाज, संगठित अपराध, ज्यानमार्ने उद्दोग गरेको भन्ने झुठ्ठा आरोपमा आस्थाका बन्धिहरुलाई हतकडी लगाउदै थुन्ने, मनपरी धरौटी लिने काम भैरहेको छ। त्यस्तै भाषा बोल्ने सांसदलाई छुट दिन मिल्छ ? संसद यसरी चलेको छ। त्यहाँ जनताको भावना कहाँ समेटिन्छ ? यसलाई कसरि जन-प्रतिनिधि मूलक संसद भन्ने ? यो बजेटबाट कोहि खुसी छन् भने त्यो केवल बिचौलियाहरु मात्र हो। जस्ले यो बजेटको स्वागत गरेका छन्।

    “सभामुखले गर्नुपर्ने रुलिगं सांसदहरु आफै गरिरहेको देखिन्छ। जस्तो रास्वपाका सांसदहरुले निलो स्काफ लगाएर आएको बिषयमा नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टिका प्रमुख सचेतकले सभामुखलाई आग्रह गरे की रास्वपाका सांसदहरुलाई संसदबाट बाहिर निकालियोस के यो एक सांसदको बिरुद्ध अर्को सांसदले निर्देशन गर्ने हो ? उहाँले बेलाबेला यस्तै बोलेको सुनिन्छ। कहिले नेपालमा बेस्याबृत्तिलाई कानूनी मान्नेता दिएर चलाउनु पर्यो जस्ले टुरिजमको बिकाश गर्न मद्दत पुर्याउछ। गर्न हुने नहुने काम जति नेपालमै भएको छ। अब गर्न बांकी त्यहि एउटा छ।”

    सांसदहरुको बिरोधका बाबजुद पेलेर संसद चलाउनु सरकारले संसदिय मर्यादा उलंघन गरेको हो। भने संसदमा मनलाग्दी पोषाक लगाएर जानु अर्को मर्यादाहिन काम हो। त्यस्तै सांसदहरुले बोल्दा सभामुख तर्फ हेरेर बोल्ने, सभामुख मार्फत आफ्ना भनाई सुनाउने हो। तर त्यहाँ त्यस्तो देखिदैन सभामुखले गर्नुपर्ने रुलिगं सांसदहरु आफै गरिरहेको देखिन्छ। जस्तो रास्वपाका सांसदहरुले निलो स्काफ लगाएर आएको बिषयमा नेपाली कांग्रेस जस्तो प्रजातान्त्रिक पार्टिका प्रमुख सचेतकले सभामुखलाई आग्रह गरे की रास्वपाका सांसदहरुलाई संसदबाट बाहिर निकालियोस के यो एक सांसदको बिरुद्ध अर्को सांसदले निर्देशन गर्ने हो ? उहाँले बेलाबेला यस्तै बोलेको सुनिन्छ। कहिले नेपालमा बेस्याबृत्तिलाई कानूनी मान्नेता दिएर चलाउनु पर्यो जस्ले टुरिजमको बिकाश गर्न मद्दत पुर्याउछ। गर्न हुने नहुने काम जति नेपालमै भएको छ। अब गर्न बांकी त्यहि एउटा छ। त्यो पनि यो संसदले पास गर्यो भने आश्चर्य हुने छैन। संसदिय ब्यबस्थामा संसदको सर्वोच्च स्थान हुन्छ। मनपरी बोल्नको लागि होइन।

    “राजनैतिक दलहरुमा हराउदै गएको नैतिकता, अनियन्त्रित रुपमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता, अन्याय, ब्यतितले सिमा नाघिसकेको हुनाले देश गम्भीर संकटमा फस्दै छ। अमेरिकाले नेपालीहरुलाई आफ्नोे देशको भिसा नदिने भनेर डोनाल्ड ट्रम्पले अपमान जनक रुपमा बोलिसके। यो शरमको बिषय हो। बिश्व जगत नै दन्द र आतंकबादबाट मुक्त छैन। अहिले भैरहेको ईरान र इजरायलको लडाई डरलाग्दो छ। रुस र यूक्रेन यूद्ध रोकिएको छैन। अमेरिकाको दृष्टि नेपाललाई आफ्नो “हब” बनाउने प्रयत्न जारी छ। त्यसैको लागि MCC र SPP पास गरेर जोडजुलुम गरेको हो। जुन नेपालको संसदले अनुमति दिईसकेको छ। त्यसैले पनि हामी सुरक्षित छैनौ। देश सुरक्षित राख्नको लागि एकताको आबस्यकता छ। नेपाली जनताले यो कुरा बुझेर नै राजसंस्था सहितको लोकतन्त्रलाई प्रमुख बिकल्प ठहराएका हुन। जनता जागेको दिन यो सम्भव छ।”

    जसले देशको निति नियम, ऐन, कानून निर्माण गर्नेदेखी देशको आर्थिक, सामाजिक र राजनैतिक जिम्मेवारी बहन गर्ने, योजनाहरुको तर्जुमा गर्नुका साथै बिकास बजेट ल्याउने काम सरकारले गर्छ। बजेट सहि र न्यायोचित ढंगबाट बितरण भयो की भएन भनेर हेर्ने, छलफल गर्ने काम सांसदहरुबाटै हुने भएकोले बजेट अध्ययन गरि माननिय सांसदहरुबाट गहन‌ छलफल हुने गर्दछ। आयोजनालाई आबस्यकताको पहिचान निर्धारण गरि बितरण प्रणालीमा लान सरकारलाई निर्देशन दिनेकाम गर्ने भएको हुनाले नै त्यस्लाई ब्यबस्थापिका संसद भनिएको हो। तर राजनैतिक दलहरुमा हराउदै गएको नैतिकता, अनियन्त्रित रुपमा बढ्दै गएको भ्रष्टाचार, अनियमितता, अन्याय, ब्यतितले सिमा नाघिसकेको हुनाले देश गम्भीर संकटमा फस्दै छ। अमेरिकाले नेपालीहरुलाई आफ्नोे देशको भिसा नदिने भनेर डोनाल्ड ट्रम्पले अपमान जनक रुपमा बोलिसके। यो शरमको बिषय हो। बिश्व जगत नै दन्द र आतंकबादबाट मुक्त छैन। अहिले भैरहेको ईरान र इजरायलको लडाई डरलाग्दो छ। रुस र यूक्रेन यूद्ध रोकिएको छैन। अमेरिकाको दृष्टि नेपाललाई आफ्नो “हब” बनाउने प्रयत्न जारी छ। त्यसैको लागि MCC र SPP पास गरेर जोडजुलुम गरेको हो। जुन नेपालको संसदले अनुमति दिईसकेको छ। त्यसैले पनि हामी सुरक्षित छैनौ। देश सुरक्षित राख्नको लागि एकताको आबस्यकता छ। नेपाली जनताले यो कुरा बुझेर नै राजसंस्था सहितको लोकतन्त्रलाई प्रमुख बिकल्प ठहराएका हुन। जनता जागेको दिन यो सम्भव छ। त्यसैले जनता नजुरमुराई देश सुरक्षित हुन सक्दैन। हामी सबैले बेलैमा बुझौ, बुझ नपचाउ। सबैको कल्याण यसैमा छ। श्री पशुपतिनाथले सबैको रक्षा गरुन। जय नेपाल।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    तीन जिल्लाबाट ट्रान्सफर्मर चोरी गर्ने गिरोह नियन्त्रणमा : १२ जना पक्राउ

    विराटनगर, साउन २० – कोशी प्रदेशका तीन जिल्लामा फैलिएको ट्रान्सफर्मर चोरीको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको...

    सभापति खतिवडाको कडा अडान : ‘छानबिन समितिको प्रतिवेदनमा मेरो नाम छैन, त्यसैले राजीनामाको सवाल नै उठ्दैन’

    काठमाडौं, साउन २० – राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संसदीय छानबिन समितिको...

    कञ्चनपुरकी १७ वर्षीया सम्झना भट्ट मृत फेला — आत्महत्या दुरुत्साहनमा श्रीमान्, सासू र ससुरा पक्राउ

    बेलडाँडी, साउन २० – बेलडाँडी गाउँपालिका–२ की १७ वर्षीया सम्झना भट्ट आइतबार राति आफ्नै सुत्ने...

    भारतले बाँधको ढोका खोल्दा महाकालीमा उर्लियो बाढी, नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह

    दार्चुला, साउन २० – भारतको उत्तराखण्ड प्रदेश अन्तर्गत पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधको...

    विवाहको उमेरदेखि सजाय माफीसम्म : गृहमन्त्री लेखक भन्छन्, “जनचासोअनुसार कानुन परिमार्जन गरिन्छ”

    काठमाडौं, साउन २० – हाल समाजमा चर्को बहसका रूपमा उभिएका कानुनी प्रावधानहरूमा परिमार्जन हुने संकेत...