News Portal

धुर्मुससुन्तलीले चितवनमा बनाउने क्रिकेट रंगशाला

हिमाली संचार संवाददाता
७१३ पटक

चितवन – ‘धुर्मुस-सुन्तली फाउण्डेसन’ले निर्माण गर्न लागेको अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि भरतपुर महागरपालिकाले २० बिघा जग्गा उपलब्ध गराउने भएको छ ।

महानगरपालिकाको कार्यकारी बैठकले चितवनको भरतपुर महानगरपालिका-१६ स्थित हाल कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) ले भोग चलन गरेको ४० बिघामध्ये २० बिघा रंगशाला निर्माणका लागि दिने औपचारिक निर्णय गरेको हो । धुर्मुस-सुन्तली फाउण्डेसनको प्रस्तावअनुसार जग्गा उपलब्ध गराउने निर्णय गरेको मेयर रेनु दाहालले जानकारी दिइन् ।

रंगशाला निर्माणमा प्रयोग हुने जग्गाको सट्टाभर्ना विश्वविद्यालयलाई दिने योजना महानगरको छ ।

विश्वविश्वद्यालयको १५ विघा जग्गा वडा नम्बर २० मा रहेको भीमदेवी आधारभूत विद्यालयलाई भोगचलन गर्न दिने र बाँकी ५ बिघा छिट्टै ठाउँ हेरेर दिने मेयर दाहालले बताइन् । शुक्रबार बस्ने रामपुर विश्वविद्यालयको सिनेट बैठकले आफू मातहतको जग्गा क्रिकेट रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकालाई हस्तान्तरण गर्ने निर्णय गर्ने उनको भनाइ छ ।

तीन महिनाअघि फाउण्डेसनले भरतपुर महानगरलाई रंगशाला बनाउनका लागि प्रस्ताव गरेको थियो ।

धुर्मुस-सुन्तली फाउन्डेसनको प्राविधिक टोली त्यहाँ पुगेर जग्गाको प्राविधिक पक्ष विश्लेषण गरेको थियो । रंगशाला निर्माण नेपाल सरकार, भरतपुर महानगरपालिका र धुर्मुस सुन्तली फाउन्डेसनको त्रिपक्षीय समन्वयमा गर्ने योजना छ । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...