News Portal

नेपाल सेमिफानइलबाट बाहिरियो, मालदिभ्ससँग ३–० गोलले पराजित

हिमाली संचार संवाददाता
८१६ पटक

बंगलादेशमा  जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाट बाहिरिएको छ ।

मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका कप्तान एक्रम अब्दुल घानीले करिब २० यार्ड टाढाबाट सेकेन्ड बार च्यापेर गरेको प्रहार गोलमा परिणत भएको हो ।

पहिलो हाफको अन्त्यतिर नेपालका कप्तान भरत खवासले खाली पोष्टमा नि गोल गर्न सकेनन । गोलरक्षकले बल फुत्काएपछि बनेको अवसरमा भरतले गोल लाइन नजिकैबाट प्रहार गरेपनि फ्रेमभित्र परेन ।

त्यस्तै खेलको ८४ औं मिनेटमा मालदिभ्सका खेलाडी इब्राहम हवाद हसानले ८४ औं मिनेटमा दोस्रो गोल गरेका थिए । उनै इब्राहमले २ मिनेटमा अर्को गोल गर्दै मालदिभ्सलाई जितको सुनिश्चित गरे ।

नेपाल साफ च्याम्पियनसिपको फाइनलमा अहिलेसम्म पुग्न सकेको छैन । मालदिभ्स भने एकपटकको विजेता, तीनपटकको उपविजेता र पाँचपटकको सेमिफाइनलिस्ट हो ।

यसअघि समूहगत चरणमा नेपालले पाकिस्तानसँग २–१ गोलले हारेको थियो भने भुटानलाई ४–० र बंगलादेशलाई २–० गोलले हराएको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...