
दुर्गा श्रेष्ठ/सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका वडा नं ७ घुम्थाङको नागपुजेमा गएराती भिषण पहिरो गएको छ। पहिरोले पहिरोले नागपुजेमा कम्तिमा ८ घर र भीरखर्कमा कम्तिमा १० घर पुरिएको स्थानियले जनाएका छन् भने १ जनाको शव भेटिएको र २३ जना बेपत्ता भएका छन।
स्थानीय शिक्षक बजीर भण्डारीका अनुसार नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन रहेको स्थानियको भनाई छ। गएराती आएको पहिरोको कारण बस्ती पुरिएपछि अहिले प्रहरी प्रशासन उद्दारमा खटिएको छ।
उद्दारमा कठिनाई आएका कारण सबै उद्दारमा खटिनका लागि स्थानिय सरकारले अनुरोध गरेको छ। सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सभामुख अग्निप्रसाद सापकोटा पनि घटनास्थ्लतर्फ गइरहेका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
