News Portal

संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

२८८ पटक

काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२ जना मृत भेटिए” भन्ने दाबी नेपाल प्रहरीले खण्डन गरेको छ। प्रहरीले यसलाई पूर्णतः असत्य र आधारहीन भन्दै सचेत गराएको हो।

प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको विज्ञप्तिमा अन्य मुलुकमा भएका पुराना घटनाका तस्बिर प्रयोग गरी गलत सूचना फैलाउने प्रयास भएको उल्लेख छ। यस किसिमका भ्रामक गतिविधिले समाजमा त्रास र असुरक्षा बढाउने भएकाले गम्भीर ध्यानाकर्षण गरिएको प्रहरीको भनाइ छ।

प्रहरीले सबै नागरिकलाई यस्ता अफवाह र असत्य समाचार नफैलाउन आग्रह गर्दै वर्तमान अवस्थालाई शान्त राख्न सहयोग गर्न अपिल गरेको छ।

प्रतिकृया दिनुहोस्

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...

हावाहुरी र असिनाले मध्यपहाडी लोकमार्ग बन्द, रुकुमपूर्वमा सवारी साधन रोकिए

रुकुमपूर्व, १३ वैशाख — अचानक आएको हावाहुरी र असिनापानीका कारण मध्यपहाडी लोकमार्गअन्तर्गत भूमे गाउँपालिका–२ क्षेत्रमा...

आज २०८३ साल वैशाख १३ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...