News Portal

कर्णाली प्रदेशस्तरीय खुला पुरूष भलिबलको उपाधि चुलीयुवा क्लबको पोल्टामा

हिमाली संचार संवाददाता
७६० पटक

सुर्खेत – सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि चुलीयुवा क्लव, मटेलाले जितेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको प्रतियोगितामा चुलीले फाइनलमा रुकुमको टिमलाई पराजित गर्दै उपाधि जितेको हो । रुकुम उपविजेता बन्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी पनि चुलीकै बिजय बस्नेत घोषित भएका छन् । चुलीले ५० हजार ५५५ नगदसहित मेडल र प्रमाणपत्र हात पारेको छ ।

सेमिफाइनलमा सशस्त्रलाई पराजित गर्दै चुलीले फाइनलको यात्रा तय गरेको थियो ।

प्रतियोगितामा उपविजेता रुकुमले नगद २५ हजार ५५५, मेडल र प्रमाणपत्र हात पारेको छ । प्रतियोगितामा सशस्त्रको टिम तेस्रो भयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १७ गतेको राशिफल

आज पुष १७, २०८२ (जनवरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...