News Portal

    उपसचिव सञ्‍जेललाई हातपात गर्ने कर्मचारी बर्खास्त

    हिमाली संचार संवाददाता
    ८७० पटक
    २०७७ साउन १८, आइतबार

    विराटनगर – प्रदेश नं.१ का श्रम तथा रोजगार कार्यालय विराटनगरका उपसचिव प्रेम सञ्‍जेलमाथि हातपात गर्ने दुइ महिला कर्मचारी बर्खास्त भएका छन्। शनिबार बिहान कार्यकक्षमै श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्‍जेलमाथि दुई जना महिला कर्मचारीले हातपात गरेका थिए।

    करारमा काम गर्दै आइरहेका नेत्र भट्टराई निरौला र मेनुका सापकोटा कोइरालालाई सञ्‍जेलले बर्खास्त गरेका हुन्।उनीहरुले बिदाको दिन पनि काममा बोलाएको भन्दै सञ्‍जेलमाथि कुटपिट गरेका थिए।

    करारका कर्मचारी उनीहरुलाई प्रहरीले पक्राउ गरेर कारवाही अघि बढाएको छ। पक्राउ परेकाहरूमाथि अनुसन्धान भइरहेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताएका छन्।

    उपसचिव संजेल कार्यकक्षमा कुटपिट गर्ने करारका दुई महिला कर्मचारीलाई जागिरबाट बर्खास्त गरेका छन्। बर्खास्त भएका दुई कर्मचारीलाई मोरङ प्रहरीले पक्राउ गरी अभद्र व्यवहार मुद्दामा ५ दिन म्याद थप गरेर थुनामा राखी अनुसन्धान गरिरहेको छ। 

    घटनामा मिलापत्र गर्न सञ्‍जेलले अस्वीकार गरेपछि उनीहरुमाथि मुद्दा चल्ने भएको छ। शनिबार साँझ दुवै पक्षबीच मोरङ प्रहरी कार्यालयमा छलफल भएको थियो। उपसचिव सञ्जेलले आफूमाथि कुटपिट गर्नेलाई कानूनी कारवाही हुनुपर्ने अडान राखेपछि प्रहरीले मुद्दा अगाडि बढाएको हो।

    मोरङ प्रहरीका प्रमुख एसपी खड्काले पक्राउ परेका दुवैलाई अभद्र मुद्दामा म्याद थप गरि अनुसन्धान थालिएको बताएका छन्। सञ्‍जेललाई कुटपिट गर्ने दुवै महिला कर्मचारी करारमा नियुक्त कार्यालय सहयोगी थिए।

    सहन नसक्ने गरि सञ्‍जेलले अपशब्द बोलेर दुर्व्यवहार गरेको, धेरै काममा लगाउने र जिम्मा नभएको सामानको सुरक्षामाथि प्रश्‍न उठाएको आरोपसहित उनीहरुले कुटपिट गरेका थिए। 

    कार्यालयमा रहेका पेपरवेट, नेम प्लेट र पञ्‍चिङ मेशिनले हानेका थिए। दुई महिलाको कुटपिटबाट सञ्‍जेलको निधार, ओठ र हातमा सामान्य चोट लागेको थियो। कुटिएका उपसचिव सञ्‍जेलले भ्रष्ट र कमिसनखोरको निर्देशनमा ती महिलाले आक्रमण गरेको दाबी गरेका छन्। 

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    आज २०८२ साल असार ३ गतेको राशिफल

    आज असार ३, २०८२ (जुन १७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनआरएनएको आधिकारिकताबारे कुनै पनि भ्रममा नपर्न अध्यक्ष श्रेष्ठको आग्रह

    अमेरिका, असार २ — गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए आइसीसी) का अध्यक्ष महेशकुमार...

    रंगेलीका सुनचाँदी व्यवसाय ५ दिनदेखि बन्द

    रविन्द्र बराल/ मोरङ, असार २ – सरकारले सुनचाँदीमा अनावश्यक रुपमा कर लगाएको विरोधमा रंगेलीका सुनचाँदी...

    सुनचाँदी व्यवसायीहरू सडकमा : करको बोझ हटाउन माग

    काठमाडौं, असार २ – नेपालभरका सुनचाँदी व्यवसायीहरू सरकारले लगाएको नयाँ कर संरचनाविरुद्ध आक्रोशित बन्दै आज...

    फेसबुकमा आत्महत्या गर्ने संकेत दिएका डा. केशव श्रेष्ठ बालाजुमा सकुशल फेला, प्रहरी नियन्त्रणमा

    काठमाडौं, असार २ –  सामाजिक सञ्जालमा आत्महत्या गर्ने संकेतपूर्ण स्टाटस लेखेर हराएका डा. केशव श्रेष्ठ...