News Portal

  • कोरोनाका कारण साढे तीन महिनापछि सार्वजनिक यातायात सञ्चालन

    हिमाली संचार संवाददाता
    ४६२ पटक

    २०७७ असार २६, शुक्रबार
    काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणका लागि गरेको लकडाउनको करिब साढे तीन महिनापछि सार्वजनिक यातायात खुला गरेको आजको राजधानी दैनिकमा समाचार छ।

    सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरभित्र र बाहिरका जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र सञ्चालन गर्न मिल्ने गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरेको हो।

    सरकारले छोटो दुरीका सवारी साधन सञ्चालन गर्न दिने निर्णय गरे पनि लामो दुरीको सवारी चलाउन अनुमति दिएको छैन।

    सरकारका प्रवक्ता, अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा.युवराज खतिवडाले मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै बिहीबार छोटो दुरीका सार्वजनिक यातायातका साधन सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए।

    सार्वजनिक यातायात सञ्चालकले सुरक्षाका मापदण्ड पूरा गरेर यातायात सञ्चालन गर्न सकिने उनको भनाइ छ। सरकारले सिट क्षमताको बढीमा आधा यात्रु राखेर छोटो दुरीको यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो।

    अब कुल संख्याको आधा मात्र सिटमा यात्रु राखेर बस सञ्चालन गर्न पाइने भएको छ। सिट क्षमता आधा मात्र प्रयोग हुने भएपछि भाडादर भने दोब्बर बढाइएको छ।

    अब सार्वजनिक यातायातमा ५० प्रतिशतसम्म भाडा वृद्धि हुने भएको छ। सरकारका प्रवक्ता डा. खतिवडाले सिट क्षमताअनुसार सञ्चालन नहुने भएकाले सञ्चालन खर्चका लागि हाल कायम भाडाको ५० प्रतिशत थपेर लिन पाउने निर्णय भएको बताए।

    सार्वजनिक सवारी साधनको हकमा ५० प्रतिशत भाडा वृद्धि भए पनि ट्याक्सीको भाडा भने बढाइएको छैन। ट्याक्सीले बढी भाडा लिन नपाउने प्रवक्ता खतिवडाले जनाए।

    सार्वजनिक यातायात सञ्चालन गर्दा चालक र सहचालकले मास्क र पन्जा अनिवार्य लगाउनुपर्नेछ। ढोका र यातायातका साधनभित्र स्यानिटाइजर राख्नुपर्नेछ भने यात्रुले पनि मास्क अनिवार्य लगाउनुपर्ने नियम बनाइएको छ।

    सार्वजनिक यातायात सञ्चालन गर्दा सामाजिक दूरी कायम गर्न सिटको एउटा पंक्तिमा एक जना मात्र राख्न पाइने नियम छ। यस्तै, एक दिनमा कम्तीमा एकपटक अनिवार्य रूपमा यातायातका साधनलाई संक्रमणमुक्त पनि गर्नुपर्नेछ।

    सरकारले ट्याक्सीको हकमा चालकबाहेक दुई जनासम्म यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय गरेको हो। एउटै परिवारका सदस्य भएको खण्डमा भने ५ वर्षमुनिका बालबालिकालाई राख्न दिइनेछ।

    ट्याक्सी पनि उपत्यकाको हकमा तीन जिल्ला र बाहिर जिल्लामा सम्बन्धित जिल्लाभित्र मात्र चलाउन पाइने प्रवक्ता खतिवडाले जनाएका छन्। सरकारले गत १० चैत २०७६ का दिन निर्णय गर्दै ११ चैत बिहान ६ बजेदेखि लकडाउन घोषणा गरेको थियो।

    पटकपटक थप गर्दै ३२ जेठ २०७७ सम्म लकडाउन लम्ब्याएको थियो। पछिल्लो पटक भने जोर–बिजोर प्रणाली लागू गरेर निजी सवारी साधन सञ्चालन गर्न अनुमति दिएको थियो।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २८ गतेको राशिफल

    आज असार २८, २०८२ (जुलाई १२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

    काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न...

    धरानमा मेयर हर्क साम्पाङका समर्थकबाट पत्रकारहरू दुर्व्यवहारमा, प्रहरीमा उजुरी

    धरान, असार २७ – धरानमा समाचार संकलनमा खटिएका पत्रकारहरूलाई मेयर हर्क साम्पाङका समर्थकहरूले दुर्व्यवहार गरेका...

    चन्द्रागिरिमा मोटरसाइकल र स्कुटर ठोक्किँदा एकको मृत्यु, दुई घाइते

    काठमाडौं, असार २७ — राजधानीको चन्द्रागिरि नगरपालिका–१५ तीनथानास्थित सडक खण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा...

    २० वर्ष पुगेपछि विवाह र सन्तान जन्माउन युवालाई प्रोत्साहन गर्नुपर्छ : प्रधानमन्त्री ओली

    काठमाडौं, असार २७ – विश्व जनसंख्या दिवस तथा राष्ट्रिय जनसंख्या नीति सार्वजनिक समारोहलाई शुक्रबार सम्बोधन...