News Portal

  • ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    ८६ पटक

    २०८२ असार १८ गते।

    नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन भएन। पार्टिहरुका केन्द्रीय कार्यालय छन्। बर्षमा एकपटक केन्द्रीय कार्यसमितिको बैठक बस्न गारो छ। बसिहाल्यो भने पनि त्यहाँ राष्ट्रिय मुद्वाहरुमा छलफल हुदैन।आफ्नै पार्टि भित्र भए गरेका घटना, परेका उजुरी उपर छानविन गरेर कार्यकर्ताहरुलाई न्याय दिईदैन। यतिसम्म की १२ बर्ष अगाडि निर्वाचनमा लिईएको रकम फिर्ता गरिदैन र त्यस उपर त्यत्रा नेता, महामन्त्री, पदाधिकारी, बरिष्ठ प्रभावशाली नेतामा गनिएका केन्द्रीय सदस्यहरु कोसैले कुरा उठाउदैनन्। सभापतिले ३/४ दिनमा बोलाउछु भनेको कुरा आज १२ बर्ष सधैं पर्ख-पर्ख भनेर बित्यो। पदाधिकारीहरु कुरा उठाउदैनन्। या उठाएका कुरा सभापतिले सुन्दैन तिर्नुपर्ने रकम दिन मान्दैन, उक्त कुराको जवाफ कसैले दिदैनन्। यस्तो घटनाबाट त्यस्ता बरिष्ठ नेताहरुलाई सरम हुन्छ की हुँदैन ? कुरा नेपाली कांग्रेसकै हो !

    “देश “ग्रे” लिष्टमा परिसक्यो अब Black लिष्टमा पर्न धेरै समय कुर्नु नपर्ला। तर पनि देश राम्रोसंग चलाएका छौ भन्न भ्याएकै छन्। जनता सुखि छन्। सबैको अनुहारमा चमक छ। हातहातमा मोवाइल छ। सुकिला मुकिला भएर हिडेका छन्। आफु जवान हुदां गाडिबाट हिड्दा पुतलि सडकमा डोको, खर्पन बोक्ने र नाम्लो पसल‌ राख्ने धुस्रैफुस्रै देखिने जनता आज त्यस्तो छैन भन्छन्। यस्तो भन्नेहरुले देश भनेको सिंहदरबार र पुतलिसडक मात्र देखेका छन्। जनता ऋणमा डुबेको देख्दैनन्। सवा करोड जनता बाहिर छन्। डेढ करोड जनता ऋणमा डुबेका छन्। बांकी वेरोजगार देख्दैनन्। देश चलाउने नेताहरु जनताप्रति यति निर्मम तानाशाही राष्ट्घाति भयपछी देश कसरी उभो लाग्छ ? हिजो राजाका पालामा बोल्न पाईदैनथ्यो आज बोल्न पाएका छन्। गणतन्त्रको उपलब्धि यति नै हो ?”

    संसद बैठक बेलाबेलामा बस्छ। तर त्यहाँ राष्ट्रिय मुद्वाहरुमा छलफल हुदैन। एकले अर्कोलाई घोचपेच गर्ने आ-आफ्ना पार्टिका असतुष्टि पोख्ने, सानोसानो कुरामा अबरोध गर्ने बाहेक अरु देखिदैन। देशमा यति ठुलाठुला काण्ड, भ्रष्टाचार तस्करिले देश उठ्नै नसक्ने गरि थिलथिलो भैसकेको छ। तर गणतन्त्रका माठाधिसहरुलाई त्यस्ले छुदैन, कारण आफै भ्रष्टाचारमा डुबुल्की मार्न पाएकोले हो। देश ३२ खर्व ऋणमा डुबिसक्यो २५ अर्वमा बनाउ लागेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा १४ अर्व घोटाला भएको प्रतिवेदन संसदिय छानविन समितिको रिपोर्ट आउछ। त्यस्तै कपिलवस्तु बिमानस्थलमा १० अर्वको। त्यो कहां कसरी भयो र को-को दोषी छन् कार्वाहीको प्रकृया अगाडि बढ्दैन। देश “ग्रे” लिष्टमा परिसक्यो अब Black लिष्टमा पर्न धेरै समय कुर्नु नपर्ला। तर पनि देश राम्रोसंग चलाएका छौ भन्न भ्याएकै छन्। जनता सुखि छन्। सबैको अनुहारमा चमक छ। हातहातमा मोवाइल छ। सुकिला मुकिला भएर हिडेका छन्। आफु जवान हुदां गाडिबाट हिड्दा पुतलि सडकमा डोको, खर्पन बोक्ने र नाम्लो पसल‌ राख्ने धुस्रैफुस्रै देखिने जनता आज त्यस्तो छैन भन्छन्। यस्तो भन्नेहरुले देश भनेको सिंहदरबार र पुतलिसडक मात्र देखेका छन्। जनता ऋणमा डुबेको देख्दैनन्। सवा करोड जनता बाहिर छन्। डेढ करोड जनता ऋणमा डुबेका छन्। बांकी वेरोजगार देख्दैनन्। देश चलाउने नेताहरु जनताप्रति यति निर्मम तानाशाही राष्ट्घाति भयपछी देश कसरी उभो लाग्छ ? हिजो राजाका पालामा बोल्न पाईदैनथ्यो आज बोल्न पाएका छन्। गणतन्त्रको उपलब्धि यति नै हो ?

    “राष्ट्रको प्रधानमन्त्री जस्तो व्यक्तिले “मदन भण्डारीको चारओटी श्रीमती थिए। धेरै सहकारी संस्था घोटाला गरेका थिए। भन्ने आरोप हिजो आफैले बनाएको राष्ट्रपतिलाई लगाएर हिडे। पूर्वराष्ट्रपतिले पर्खनुहोस् मेरो कुरा पनि सुनेर जानुहोला भन्दा “तपाई राम्रै बोल्नु हुन्छ” सुन्नु पर्दैन भन्दै स्पेन उडे अन्तर्राष्ट्रिय जगतमा त्यसले कति बदनामी कमायो, प्रधानमन्त्री जस्तो गरिमामय पदको समेत ख्याल नराख्ने, सधै अरुलाई गालि गर्न बाहेक अरु नजान्ने ब्यक्तिलाई प्रधानमन्त्री मान्नु पर्दा जनताको पिडा कति छ।”

    राजसंस्था हटाएर राष्ट्रपति ल्याए। पार्टिले आ-आफ्नालाई राष्ट्रपति बनाए। दुई-दुई काल राष्ट्रपति भएर पुगेन फेरि पार्टि मै फर्केर राजनिति गर्ने बिद्यादेवी भण्डारीको घोषणाले एमालेमा भुईचालो गएको छ। अस्ति मदन भण्डारी स्मृति दिवसमा प्रधानमन्त्री केपी शर्मा ओलीको भाषण सुन्दा देशै लज्जित हुनुपरेको छ। राष्ट्रको प्रधानमन्त्री जस्तो व्यक्तिले “मदन भण्डारीको चारओटी श्रीमती थिए। धेरै सहकारी संस्था घोटाला गरेका थिए। भन्ने आरोप हिजो आफैले बनाएको राष्ट्रपतिलाई लगाएर हिडे। पूर्वराष्ट्रपतिले पर्खनुहोस् मेरो कुरा पनि सुनेर जानुहोला भन्दा “तपाई राम्रै बोल्नु हुन्छ” सुन्नु पर्दैन भन्दै स्पेन उडे अन्तर्राष्ट्रिय जगतमा त्यसले कति बदनामी कमायो, प्रधानमन्त्री जस्तो गरिमामय पदको समेत ख्याल नराख्ने, सधै अरुलाई गालि गर्न बाहेक अरु नजान्ने ब्यक्तिलाई प्रधानमन्त्री मान्नु पर्दा जनताको पिडा कति छ। त्यसैलाई जयजयकार गर्ने कार्यकर्ता, धुपौरेहरुले यो देश बर्वाद गरेका छन्। नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा एमाले संगको गठबन्धन धेरै महंगो नपर्ला भन्न‌ सकिन्न। अझैपनि आंखा नखुले कहिले खुल्छ ?

    पार्टिका नेता, मन्त्री, नेतृत्वका अत्यन्त निकट रहेका सांसदहरुले केवल ८४ को निर्वाचनमा जित्ने सपना मात्र देखेका छन्। त्यसैको लागि अर्थोपार्जनमा जुटेको देखिन्छ। पार्टिले लिएको रकम फिर्ता गराउन पदाधिकारीहरु केही बोल्दैनन्। दुई निर्वाचन बरिष्ठ नेता शेखर कोइरालाले पर्खनुहोस् हामी कोसिस गर्दै छौ। भन्नु भएकोले पर्खेर्कै हो। अझैपनि ढिलो गरे यस्ता कुराहरु निर्वाचनसम्म धेरै उजागर हुनेनै छन्। समयमै ध्यान पुर्याउन अनुरोध छ। एकातिर पार्टिको अबस्था यस्तो छ भने संसदको गाईजात्रा दिनहूँ देखिन्छ। संसदिय समितिको हालत उस्तै छ। समितिलाई मिनि संसद भनिन्छ। त्याहां छलफलबाट पास भयका बुदाहरु संसदमा लागि ऐन बनाईन्छ। केही समय अगाडि देखि अबकाश प्राप्त कर्मचारीहरुलाई दुई वर्ष सम्म संबैधानिक निकायहरुमा मनोनित गर्न नपाउने “कूलिगं पिरियड” राख्नको लागि राज्य सभा समितिमा छलफल गरेर संसदमा पठाउने निर्णय भए बम्मोजिम पठाउने क्रममा समितिले पास गरेको रिपोर्टलाई सांसदहरुलाई छलेर लगियो। गर्न सकिने भन्ने शब्द राखिएको कुराले हिजोदेखि मिनि संसदको कार्य दक्षता माथि प्रश्न चिन्ह खडा भएको देखिन्छ।

    “देश बिचौलिया र माफियाहरुले चलाएका छन्। नेताहरुलाई धम्क्याउन थालेको देखिन्छ। बरिष्ठ नेता शेखर कोइरालाले केन्द्रिय समितिको बैठकमा केही ब्यक्तिहरुलाई नेपाली कांग्रेस जस्तो पार्टीले केन्द्रिय सदस्य बनाउन हुन्छ ? त्यो बिधान बिपरित भएको कुरा उठाए। ति बिचौलियाले बरिष्ठ नेतालाई ८ प्रश्न गरेका छन्। उनले भनेका छन्। हामिसंग चन्दा लिने अनि हामिलाई नेता नमान्ने ? भनेर बोलेको कुरा सामाजिक संजालमा हिजो दिनभरि छायो। जब राजनिति बिकाउ हुन्छ। बिचौलियाहरुको हैसियत यसरी नै उच्च हुने गर्छ।”

    जनताका प्रतिनिधिहरुबाटै जनता ठगिएका छन्। कस्लाई भरोसा गर्ने ? कर्मचारीहरु पहिला देखिनै बिरोधमै थिए। कर्मचारीहरुको धम्कीबाट डराएका गठबन्धनका पार्टनर र प्रधानमन्त्रीको निर्देशनमा भयको नहोला भन्न सकिन्न। अन्यथा समितिका सभापतिको मात्र मिलिभगतमा त्यति सम्भव नहुनु पर्ने हो। यो लुटतन्त्र, भ्रष्ट चरित्र र चाकरिको पराकाष्ठा हो। देश यसरी नै रित्तो बनाई सकेका छन्। देशमा संविधान छैन। आफुले बनाएको संबिधान भनेर दावी गर्नेहरुले नै यस्लाई पार्टिहरुको सम्झौताको दस्तावेज भन्छन। यसो भन्नेमा बिषेश गरेर माओवादीका नेता प्रचण्डजी अग्रपंक्तिमा हुनुहुन्छ। सम्झौताको दस्तावेज हो भने कसरी देशको संविधान हुन सक्छ ? देश संबिधानबिहिन अबस्थामा छ। त्यसैले त देश बिचौलिया र माफियाहरुले चलाएका छन्। नेताहरुलाई धम्क्याउन थालेको देखिन्छ। बरिष्ठ नेता शेखर कोइरालाले केन्द्रिय समितिको बैठकमा केही ब्यक्तिहरुलाई नेपाली कांग्रेस जस्तो पार्टीले केन्द्रिय सदस्य बनाउन हुन्छ ? त्यो बिधान बिपरित भएको कुरा उठाए। ति बिचौलियाले बरिष्ठ नेतालाई ८ प्रश्न गरेका छन्। उनले भनेका छन्। हामिसंग चन्दा लिने अनि हामिलाई नेता नमान्ने ? भनेर बोलेको कुरा सामाजिक संजालमा हिजो दिनभरि छायो। जब राजनिति बिकाउ हुन्छ। बिचौलियाहरुको हैसियत यसरी नै उच्च हुने गर्छ। जो अहिलेको नेतृत्वले हुर्काएका ऐजेरु हुन। विपी कोइराला र उनको बिराशत नबुझेकाहरुबाट हुने यस्तै हो। नेपाली कांग्रेसलाई चेतना भया। बाकी पशुपतिनाथले सबैको रक्षा गरुन।
    जय नेपाल

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    सफलताको शिखर चढ्दै मातृका लम्साल

    युएई, असार १९ — आजभन्दा १५ वर्षअघि क्लिनरको काम गर्न युएई पुगेका झापाका मातृका लम्साल...

    झापामा किशोरमाथिको कुटपिटले लियो दुईको ज्यान : दोषीमाथि कडा कारबाहीको माग

    झापा, असार १९ – झापाको शिवसताक्षी नगरपालिका–९ मा केही दिनअघि भएको एक कुटपिट घटनाले दुई...

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...

    ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    २०८२ असार १८ गते। नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन...