News Portal

नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

९७३ पटक

कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको सिलसिलामा कुवेतमा विगत दुई वर्षदेखि काम गर्दै आउनुभएको थियो। कम्पनीले सम्झौता अनुसारको पारिश्रमिक र सेवा सुविधा दिन छाडेपछि साथीसँगको लहैलहैमा लागेर गएको वर्षपछि आफूले काम गरिरहेको कम्पनी छोडेर अर्को कम्पनीमा काम गर्न थाल्नुभयो।

तर काम गर्दै जाँदा स्वास्थ्यमा समस्या आउन थालेपछि उपचार गर्न निकै कठिन भयो। आफूले काम गरिरहेको कम्पनीबाट भागेर काम गर्दा कुवेत लगायत खाडी मुलुकहरूको कानुन अनुसार अस्पतालमा उपचार गराउन निकै समस्या पर्छ। उहाँहरूको हकमा पनि त्यही भयो। सामान्य फार्मेसीबाट औषधि किन्दै र चिकित्सकको सल्लाहबिनै औषधि खाँदै बस्नुपर्‍यो तर त्यसले काम गरेन। धेरै दुःख कष्ट भोग्न बाध्य हुनुभयो। विशेषगरी भागेर काम गरेको हुनाले उहाँहरूले आफ्ना साथी–सर्कलबाट पनि भनेजस्तो साथ सहयोग पाउन सक्नुभएन। धेरै ठाउँमा हारगुहार गर्नुभयो तर केही उपाय लागेन।

अन्त्यमा नेपाली जनप्रगतिशील मोर्चाका उपाध्यक्ष कैलाश मैनालीसँग सम्पर्कमा आउनुभयो। आफ्ना सारा दुःख सुनाउँदै कम्पनी छोडेर भागेर काम गर्नु ठूलो गल्ती भयो भन्दै हारगुहार गर्न थाल्नुभयो — ‘हामीलाई जसरी पनि नेपाल फर्किने वातावरण बनाईदिनुहोस्, अझै एक–दुई महिना यहाँ बस्नुपर्‍यो भने हाम्रो लास पनि परिवारले देख्न पाउने छैन सर!’ भनेर गुहार्नुभयो।

त्यसपछि कैलाश मैनालीज्यूले बारम्बार नेपाली राजदूतावास कुवेतका महामहिम घनश्याम लम्साल र श्रम सहचारी गिरिराज आचार्यसँग प्रत्यक्ष समन्वय गर्दै पिडितहरूको आवाज निरन्तर उठाईरहे । धेरैपटक आफैं उपस्थित भएर पहल गरे । विशेषगरी उहाँहरू भागेर काम गर्नुभएको हुनाले समाधान निकाल्न निकै कठिन थियो। भागेर काम गरेपछि कम्पनीहरूले यहाँको सरकारसमक्ष विभिन्न उजुरीहरू गर्ने गर्छन् र राहदानी पनि आफूहरूसँग राख्ने गर्छन्। यी सबै झन्झट पार लगाउन चुनौतीपूर्ण थियो।

लगातार ६–७ दिनको प्रयासपछि सबै समस्या समाधान गर्दै दूतावासमार्फत ‘ट्राभल डकुमेन्ट’ अन्तर्गत तीन महिनाको पासपोर्ट बनाएर अन्ततः कैलाश मैनालीज्यूको पहलमा उहाँहरूलाई नेपाल फर्काउन सफल हुनुभयो।

यसअघि २०१५ देखि २०२२ को अवधिमा मैनालीज्यूले साउदीमा रहँदा झण्डै ६०–६२ जनाको उद्धार गरिसक्नुभएको थियो भने आठ महिनाअघि कुवेतमै घरेलु हिंसामा परेकी जाजरकोटका धनमाया सिंहलाई पनि उद्धार गरेकाे थियो।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...