News Portal

अरबमा नेपाली श्रमिक शोषण तीव्र – धिरेन सुवेदी

३४५ पटक

काठमाडौं – अरब मुलुकमा रहेका नेपाली श्रमिकको अवस्था अझै पनि चुनौतीपूर्ण बन्दै गएको छ। चम्किला शहर र सफल नेपाली उद्यमीहरूको कथा बीच लुकेको श्रमिक शोषण, तस्करी, अवैध रोजगार र कूटनीतिक बेवास्ता अझ गम्भीर रूपमा सतहमा आएका छन्।

व्यापार–व्यवसायमा नेपालीको उभार

रेस्टुरेन्ट, सुनचाँदी पसल, अनलाइन स्टोर तथा डेलिभरी कम्पनीसमेत सञ्चालन गर्दै धेरै नेपालीले मेहनत, इमान्दारी र अनुशासनको आधारमा उल्लेखनीय पहिचान बनाइरहेका छन्। श्रमिक वर्गमै पनि सुपरभाइजरदेखि म्यानेजर तथा प्रशासनिक पदसम्म पुगेका नेपालीहरूको संख्या बढ्दो छ। उनीहरूले विदेशमा ‘नेपाली मेहनत’ को पहिचान मजबुत पारेका छन्।

लुकेको अँध्यारो पक्ष : तलब रोकिने, कागजात नबन्ने बहाना साना कम्पनी, सप्लायर फर्म र सेक्युरिटी कम्पनीहरूको गैरजिम्मेवार र शोषणकारी व्यवहारले हजारौँ नेपाली अझै पनि असुरक्षामा छन्।डेलिभरी ड्राइभर, क्लिनर, हाउसकिपर र सेक्युरिटी गार्डलाई ‘कागजात नबनेको’ भन्दै ५–६ महिनासम्म तलबै नदिने प्रचलन सामान्यजस्तै बनेको छ। बैंकमा कागज अनुसार तलब गएको देखाए पनि बैंक कार्ड कम्पनीकै नियन्त्रणमा राखिने हुँदा श्रमिकले वास्तविक तलबको सानो हिस्सा मात्रै क्यासमा पाउने गरेका छन्।

घरेलु कामदार सबैभन्दा जोखिममा

अवैध रूपमा भिजिट भिसाद्वारा दुबई, कतार वा साउदी हुँदै कुवेत पुगेका महिलाको पीडा झनै भयावह देखिएको श्रमिक स्रोतले बताउँछ।भाषा, सीप र कानुनी सुरक्षा अभावका कारण उनीहरू अत्यधिक काम, गालीगलौज, झूटा आरोप तथा महिनौँ तलब रोक्ने जस्ता समस्यामा फस्ने गर्छन्।

धेरैजना मेडिकल परीक्षणमा फेल भई तुरुन्तै फर्किन बाध्य हुन्छन् भने केही बेपत्ता हुने घटनासमेत बढिरहेका छन्।

कतिपय गिरोहले काम लगाइदिने नाममा महिलालाई बन्धक बनाउने, भगाउने वा आर्थिक शोषण गर्ने गरेको प्रमाण पनि बढ्दै गएको छ।

अवैध मेनपावर र दलालीको जालो सक्रिय

नेपाली, श्रीलंकाली, बंगाली, इथियोपियन, भारतीय तथा फिलिपिनी समूहले घरेलु कामदारसहित विभिन्न श्रमिकलाई बन्धक राख्ने, मोबाइल खोस्ने, १८–२० घण्टा जबरजस्ती काम गराउने, बिरामी हुँदा उपचार नदिने र उद्धार माग्दा उल्टै पैसा असुल्ने घटना बढेका छन्।

अवैध क्रियाकलापले नेपाली छविमा गिरावट

अवैध मदिरा उत्पादन, जुवातास, लागुऔषध कारोबार तथा देहव्यवसायमा संलग्न केही नेपालीका कारण अरब क्षेत्रमा नेपाली समुदायको छवि कमजोर भएको अधिकारीहरू बताउँछन्।
हाल अरब मुलुकका जेलमा १००० भन्दा बढी नेपाली रहेका अनुमान गरिन्छ, जसमा केही निर्दोष भए पनि केही दलाल तथा अपराधी समूहसँग संगत परेर फसेका छन्

मानसिक तनाव, आत्महत्यासम्म पुग्ने अवस्था

उद्धार नपाउने डर, आर्थिक संकट र परिवार टुट्ने समस्याका कारण केही श्रमिक मानसिक तनावमा परेर आत्महत्यासम्म पुगेका उदाहरणहरू छन्। कडा मौसम, अस्वस्थ कार्यस्थल र दुर्घटनाले ज्यान जाने घटना पनि बढिरहेका छन्।

दूतावासको मिश्रित भूमिका समस्या परेका श्रमिकलाई आश्रय, सुरक्षा र स्वदेश फर्किने प्रक्रियामा सहयोग उपलब्ध गराइए पनि

डिमान्ड स्वीकृतिमा दलालसँग मिलेमतो,उजुरी बेवास्ता,घर–घर गएर उद्धार गर्न नसक्ने कानुनी सीमाजस्ता कमजोरीबारे गुनासा बढिरहेका छन्।नेपाली समुदाय तीन धारामा विभाजित

सामाजिक सञ्जालमा चलेका आरोप–प्रत्यारोपले श्रमिकको वास्तविक मुद्दा ओझेलमा परेको छ।
१. मेनपावर–दलाल नजिकका समूह
२. तस्करी र शोषणविरुद्ध आवाज उठाउने समूह
३. दुवै पक्षबाट टाढा रहने तटस्थ वर्ग

अर्धसत्य र व्यक्तिगत आक्रोशले भरिएका सामग्रीका कारण तथ्य अदृश्य बन्न थालेका छन्।

सरकारी सेवा भए पनि जानकारी अभाव

नेपाल सरकारले आप्रवासी स्रोत केन्द्र, कन्सुलर सेवा तथा सुरक्षा सहायता कार्यक्रम सञ्चालन गरिरहेको भए पनि तीबारे पर्याप्त जानकारी नपाएपछि श्रमिकले समयमै सहयोग पाउन कठिनाइ भोगिरहेका छन्।

 

 

प्रतिकृया दिनुहोस्

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...

रवि लामिछानेविरुद्धको अभियोग संशोधन प्रकरण : सर्वोच्चमा सुनुवाइ हुँदै

काठमाडौं, फागुन २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सँग सम्बन्धित अभियोग संशोधन प्रकरण...

अनुहार फेरि फेरि षडयन्त्र नगरौं !

– कमला थापा २०८२ फाल्गुन २५ गते सोमबार। “अनुहार फेरि-फेरि षडयन्त्र नगरौं” उक्त भनाइ श्री...

आज २०८२ साल फागुन २५ गतेको राशिफल

आज फागुन २५, २०८२ ( मार्च ९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सुनसरी-१ मा हर्क साम्पाङ विजयी

काठमाडौँ : श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सुनसरी–१ बाट विजयी भएका छन् । उनले...