News Portal

सुधन गुरुङ बाराका सांसद किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश

१६९ पटक

काठमाडौं, मंसिर ७ – जेनजी आन्दोलनपछि विवादित गतिविधिमा सक्रिय सुधन गुरुङले बाराका निवर्तमान सांसद किसान श्रेष्ठको घरमा अनधिकृत रूपमा प्रवेश गरेका छन्। बिहीबार बिहान करिब ११ बजे सिमरा-४, औराहीस्थित श्रेष्ठको घरमा गुरुङसँग ३–४ जना स्थानीय युवक र युट्युबर पनि साथमा थिए।

श्रेष्ठको घर हाल जिर्णोद्दारको काममा रहेको छ। घरभित्र काम गर्दै रहेका इन्जिनियर चिरञ्जीवी झा र अन्य कामदारलाई गुरुङले धम्कीपूर्ण शैलीमा भेटेका थिए। झाका अनुसार गुरुङले घरभित्र प्रवेश गर्दै ‘काठमाडौंबाट एउटा बहुला आएको छ’ भनी चेतावनी दिएका थिए।

गुरुङसँगै आएका युवक शेख सफिकले पनि प्रहरी अगाडि आफूमाथि हातपात भएको बताएको छ। घटना पछि गुरुङले आफ्ना साथीसँग भनेका छन् कि घरमा गएर सम्झाई बुझाइ गरेको र भविष्यमा यस्तो काम नगर्न सन्देश पठाएको बताएका छन्।

किसान श्रेष्ठले घटना पछि जारी गरेको विज्ञप्तिमा भनेका छन् कि गुरुङले घरमा प्रवेश गरी धम्की दिएको घटनाको उनी गम्भीर भर्त्सना गर्छन्। उनले जेनजीको नाममा भइरहेको अराजकता रोक्न सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।

डीएसपी विजयराज पण्डितले घटनामा प्रहरी संवेदनशील रहेको र विश्लेषण भइरहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...

बाल विवाह आरोपपछि पक्राउ युवकको मृत्यु प्रकरण विवादमा

सिन्धुली, १० वैशाख – बाल विवाहको आरोपमा पक्राउ परेका २३ वर्षीय श्रीकृष्ण विकको प्रहरी हिरासतमा...