News Portal

सुधन गुरुङ बाराका सांसद किसान श्रेष्ठको घरमा अनाधिकृत प्रवेश

१२६ पटक

काठमाडौं, मंसिर ७ – जेनजी आन्दोलनपछि विवादित गतिविधिमा सक्रिय सुधन गुरुङले बाराका निवर्तमान सांसद किसान श्रेष्ठको घरमा अनधिकृत रूपमा प्रवेश गरेका छन्। बिहीबार बिहान करिब ११ बजे सिमरा-४, औराहीस्थित श्रेष्ठको घरमा गुरुङसँग ३–४ जना स्थानीय युवक र युट्युबर पनि साथमा थिए।

श्रेष्ठको घर हाल जिर्णोद्दारको काममा रहेको छ। घरभित्र काम गर्दै रहेका इन्जिनियर चिरञ्जीवी झा र अन्य कामदारलाई गुरुङले धम्कीपूर्ण शैलीमा भेटेका थिए। झाका अनुसार गुरुङले घरभित्र प्रवेश गर्दै ‘काठमाडौंबाट एउटा बहुला आएको छ’ भनी चेतावनी दिएका थिए।

गुरुङसँगै आएका युवक शेख सफिकले पनि प्रहरी अगाडि आफूमाथि हातपात भएको बताएको छ। घटना पछि गुरुङले आफ्ना साथीसँग भनेका छन् कि घरमा गएर सम्झाई बुझाइ गरेको र भविष्यमा यस्तो काम नगर्न सन्देश पठाएको बताएका छन्।

किसान श्रेष्ठले घटना पछि जारी गरेको विज्ञप्तिमा भनेका छन् कि गुरुङले घरमा प्रवेश गरी धम्की दिएको घटनाको उनी गम्भीर भर्त्सना गर्छन्। उनले जेनजीको नाममा भइरहेको अराजकता रोक्न सरकार र स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन्।

डीएसपी विजयराज पण्डितले घटनामा प्रहरी संवेदनशील रहेको र विश्लेषण भइरहेको जानकारी दिएका छन्।

प्रतिकृया दिनुहोस्

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

उदयपुर मिलिजुलि समाजद्वारा रक्तदान कार्यक्रम सम्पन्न

कुवेत – उदयपुर मिलिजुलि समाजको आयोजनामा ०९ जनवरी २०२६ का दिन आयोजित रक्तदान–जीवनदान कार्यक्रम उत्साहपूर्ण...