News Portal

एसईईमा ४ जीपीए ल्याएकी गोमालाई डाक्टर बनाउन गुरुङको योगदान

४२६ पटक

काठमाडौं, असार १९ – एसईई परीक्षा २०८१ मा ४.० जीपीए ल्याएर सबैको ध्यान खिच्न सफल भक्तपुर चाँगुनारायण–८ सुडालकी गोमा श्रेष्ठको डाक्टर बन्ने सपना अब अधुरो रहने छैन। आर्थिक अभावले गोमाको बाटो रोक्ला कि भन्ने परिवारमा चिन्ता थियो। तर भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङको हातबाट अब गोमाको सपना नयाँ उचाइमा पुग्ने भएको छ।

सानैदेखि इँटाभट्टामा बाबुआमासँग बस्दै आएकी गोमाले महेन्द्रग्राम माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएकी थिइन्। शुक्रबार सार्वजनिक भएको नतिजामा उनले ४ जीपीए ल्याएर प्रतिभा देखाएकी थिइन्। तर कमजोर आर्थिक पृष्ठभूमिका कारण उनको लक्ष्य पुरा हुने कि नहुने अन्योल थियो।

यही खबर थाहा पाएपछि गुरुङले व्यक्तिगत रूपमा गोमालाई भेटेर एमबीबीएससम्मको सम्पूर्ण अध्ययन खर्च आफैंले बेहोरिदिने प्रतिबद्धता जनाएका छन्।

गुरुङको सहयोगले गोमाको मात्रै होइन, समाजका यस्ता हजारौं विपन्न प्रतिभाको सपना साकार पार्ने बाटो देखाएको छ। पढाइमा जोश, तर परिवारमा आर्थिक अभाव भएका विद्यार्थीका लागि यो उदाहरणीय सहयोग बनेको छ।

गोमाको उज्यालो भविष्यका लागि गुरुङले देखाएको हातले शिक्षा र अवसरको ढोका अझ फराकिलो बनाएको छ। समाजमा प्रतिभा खेर नजाओस् भन्ने गुरुङको सदाशय प्रयासको सर्वत्र प्रशंसा भइरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८३ साल वैशाख १२ गतेको राशिफल

आज वैशाख १२, २०८३ ( अप्रिल २४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

कांग्रेस संसदीय दलको नेता चयन रोकियो, सहमतिका लागि थप प्रयास जारी

वैशाख ११, काठमाडौं – नेपाली कांग्रेसले संसदीय दलको नेता चयन प्रक्रिया तत्कालका लागि स्थगित गरेको...

सुकुमवासी बस्ती हटाउने निर्णयविरुद्ध थापाथलीमा प्रदर्शन

काठमाडौं, ११ वैशाख – सरकारले सुकुमवासी बस्ती हटाउने निर्णय गरेपछि थापाथली क्षेत्रमा स्थानीय बासिन्दा र...

आज २०८३ साल वैशाख ११ गतेको राशिफल

आज वैशाख ११, २०८३ ( अप्रिल २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

गौतमबुद्ध विमानस्थलमा ४६ लाखको व्यापार, पोखरा विमानस्थल अझै शून्य

काठमाडौं, १० वैशाख – नेपालमा निर्माण भएका दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थलबाट अपेक्षाअनुसार वैदेशिक व्यापार हुन...