News Portal

आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

११३८ पटक

कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ।

यही जुलाई ११ तारिख शुक्रबारका दिन संस्थाको छैटौँ महाधिवेशन गर्न लागेको सोही संस्थाका संरक्षक गोविन्द प्रसाद तिम्सिनाले हिमालीसंचारसँगको कुराकानी बताए।

“हाम्रो एकता विकासको लागि” भन्ने मूल नारा बोकेर सन् २०१३ मा कुवेतमा रहेका झापा घर भएका झापाली दाजुभाई तथा दिदीबहिनीहरुको साझा संगठनका रुपमा “झापाली समाज कुवेत”काे स्थापना गरिएको थियो। त्यसयता झापाली समाज कुवेतले निरन्तर रूपमा सामाजिक कार्य गर्दै आएको छ।

सो समाजले उक्त महाधिवेशनलाई भव्य र सभ्य रूपमा सफल बनाउन कुवेतबासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा सहभागी भईदिन समाजले अनुरोध समेत गरेको छ।

        तपशील:-

मिति : ११ जुलाई २०२५, शुक्रबार
समय : दिउँसो ठीक १ बजे
स्थान : डिलाइट हल, मंगाफ, ब्लक नं. ४, रोड नं. ४०, बिल्डिङ नं. १९९
आयोजक : झापाली समाज कुवेत।

यो पनि पढ्नुहोस्।

झापाली समाज कुवेतको छैटौँ महाधिवेशन ११ जुलाईमा हुने

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १० गतेको राशिफल

आज माघ १०, २०८२ (जनवरी २४, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...