News Portal

काठमाडौं महानगरको कार्यपालिका बैठक ४५ सेकेन्डमै सकियो, नगरसभा असार २९ गते बोलाइयो

२६३ पटक

काठमाडौं, असार २७ – लामो समयपछि बसेको काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक निकै छोटो अवधिमा सम्पन्न भएको छ। आज बसेको बैठकमा मेयर बालेन साहले नगरसभा आह्वानसम्बन्धी प्रस्ताव मात्रै प्रस्तुत गरेपछि करिब ४५ सेकेन्डमै बैठक सकिएको हो।

महानगर प्रमुख साहले यही असार २९ गते आइतबार दिउँसो २ बजे नगरसभा बोलाइएको जानकारी दिएका छन्। सोही दिन बिहान ९ बजे अर्को कार्यपालिका बैठक बस्ने समेत उनले बताएका छन्। बैठकका लागि यसपटक २४ वटा एजेण्डा तय गरिए पनि नगरसभा सम्बन्धी एकमात्र प्रस्ताव प्रस्तुत भएपछि अरू विषय नउठाई बैठक समाप्त गरिएको हो।

यसअघि आजै बजेट सीमा निर्धारण समिति र राजस्व परामर्श समितिको छुट्टाछुट्टै बैठक बसेका थिए। ती बैठकहरूबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि करिब २५ अर्ब ११ करोड रुपैयाँ बजेटको सीमा निर्धारण गरिएको छ। चालू आवको तुलनामा आगामी वर्ष पूर्वाधार विकासका काममा थप बजेट विनियोजन गर्ने निर्णयसमेत समितिले गरेको छ।

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...